Dictionary

All Word

69101 भोटिया वि. १. भोट मूल भएको (भाषा, जाति आदि)।
69102 भोटिया वि. ना. २. भोट वा भुटान देशको मान्छे; भोटे।
69103 भोटाङ ना. हे. भुटान।
69104 भोटी ना. एक जातको कालो रङको हिले माछो।
69105 भोटे ना. १. भोट वा तिब्बतमूलको प्रसिद्ध जाति।
69106 भोटे ना. २. त्यस जातिको मान्छे।
69107 भोटे ना. वि. ३. भोटको; भोटसम्बन्धी।
69108 भोटे ना. ४. भोटमा बसोबास गर्ने; तिब्बती।
69109 भोटे ना. स्त्री. भोटिनी, भोटेनी।
69110 भोटेकुकुर ना. ठुलो टाउको र भयाप्ल्याङ्ङ परेका भुत्ला हुने एक जातको जङ्गे कुकुर।
69111 भोटेखयर ना. कपडा, ऊन आदि रँगाउने काममा प्रयोग हुने, रातो रङ हुने एक जातको खयर।
69112 भोटेघोडा ना. लेकमा विशेष गरी भोटतिरबाट आउने लामा - लामा बाक्ला रौँ हुने एक जातको घोडा।
69113 भोटेताल्चा ना. ढोकाका खैमलमा साङ्लोमा छिराएर लाइने ठुलो खालको ताल्चा।
69114 भोटेनुन ना. भोटबाट आउने एक किसिमको नुन।
69115 भोटेभेडो ना. भोटबाट आउने ठुलठुला सिङ र झ्याप्ले भुत्ला हुने एक जातको भेडो; भ्याङलुङ।
69116 भोटेमार्सी ना. मार्सी धानका विभिन्न भेदमध्ये मोटो खालको मार्सी।
69117 भोटेसाङ्लो ना. कुकुर बाँध्ने काममा प्रयोग हुने मोटो खालको साङ्लो।
69118 भोटेसेलो ना. भोटे वा तामाङहरूले गाउने लोकगीतको एक विशेष लय; सेलो।
69119 भोटो ना. दौराका बान्कीको र त्यसरी नै तुना बाँधिने अगाडिपछाडि फेर नभएको तथा कमरमुनि र जाँघमाथिसम्म मात्र आउने एक पोसाक।
69120 भोटो जात्रा ना. बर्सेनि ललितपुरको जाउलाखेलमा राता मत्स्येन्द्रनाथको रथबाट ऐतिहासिक भोटो देखाइने एक प्रसिद्ध जात्रा।
69121 भोर्नु स.क्रि. १. भोर गर्नु; बोर्नु; लसपस गर्नु।
69122 भोर्नु स.क्रि. २. भद्रगोल पार्नु।
69123 भोर १ ना. १. प्रातःकाल; बिहान।
69124 भोर १ ना. क्रि.वि. २. बिहानीपख; सखारै।
69125 भोर २ ना. १. झुक्याउने वा झुक्किने काम; झुकान; भ्रम।
69126 भोर २ ना. २. कुनै कामकुरामा पर्न आउने अव्यवस्था; गडबडी; गोलमाल।
69127 भोर २ ना. ३. छुवाछूत; बोर।
69128 भोरजुवा ना. बन्द हुन लागेको समयको अव्यवस्थित जुवा।
69129 भोरस ना. सहारा, भरोसा, आधार (उखान- गाई भए गोरस, भाइ भए भोरस)।
69130 भोराइ ना. भोर पार्ने क्रियाप्रक्रिया।
69131 भोराउनु क.क्रि. भोर्न लाइनु।
69132 भोराउनु प्रे. क्रि. भोर्न लाउनु; बोराउनु।
69133 भोरिनु क.क्रि. भोरमा परिनु; भोर गरिनु।
69134 भोर्जन ना. भोजन; खानेकुरो।
69135 भोर्जन ना. ( उदा.- भोक मिठो कि भोर्जन मिठो महाराज !)।
69136 भोर्तलक ना. एक जातको माछोविशेष।
69137 भोर्लो ना. कोइरालाका आकारका र ठुलठुला पात हुने, सेता फूल फुल्ने च्याप्टा र लाम्चा टाटा फल्ने, पात दुनाटपरी गाँस्न र घुम छाप्ने काममा प्रयोग हुने, लहराका बोक्राबाट पाट निकालिने एक जातको लहरादार बोट।
69138 भोला वि. १. सरल स्वभावको; सिधासाधा आनीबानी भएको; सोझो; भलादमी; साधु।
69139 भोला वि. ना. २. शिव; महादेव।
69140 भोलाउलो वि. भोलाभाला स्वभावको; भलादमी पाराको।
69141 भोलानाथ ना. १. शिव; शङ्कर।
69142 भोलानाथ ना. वि. २. छलकपट नभएको मानिस; साह्रै सरल र सोझो व्यक्ति।
69143 भोलापन ना. भोला हुनाको भाव, गुण वा अवस्था।
69144 भोलाभाला वि. छलकपट नभएको; सिधासाधा; निष्कपट।
69145 भोलि क्रि.वि. आजभन्दा पछि आउने पहिलो दिन; आउँदो दोस्रो दिन; आउने दिन; अर्को दिन।
69146 भोलिपल्ट क्रि.वि. भोलिको दिनमा; आउने दिनमा।
69147 भोलिपल्टै क्रि.वि. अर्को दिनभित्रै; आउने दिनमै।
69148 भोलिपर्सि क्रि.वि. एकदई दिनपछि; भविष्यमा।
69149 भोलिबेर ना. अर्को दिन; भोलिपल्ट।
69150 भोले १ ना. फलाँटका जस्ता पात र बोट हुने, पाउलाको अचार खाइने एक जातको बोट।