Dictionary

All Word

69251 भ्यूँट ना. हे. भिउँट।
69252 भ्रंश ना. १. कुनै वस्तु वा स्थिति बिस्तारै खस्ने काम; पतन; ह्रास।
69253 भ्रंश ना. २. पथभ्रष्ट हुने काम मार्गबाट विचलित हुने स्थिति।
69254 भ्रंश ना. ३. नाश; ध्वंस।
69255 भ्रंशित वि. भ्रंश भएको; तलतिर खसेको; खस्केको।
69256 भ्रंशित वि. २. भ्रष्ट।
69257 भ्रंशी वि. १. भ्रंश वा पतन हुने; खस्ने।
69258 भ्रंशी वि. २. नाश हुने वा गर्ने; भ्रष्ट हुने।
69259 भ्रम ना. १. कुनै विषयवस्तुलाई अर्कै सम्झने स्थिति वा प्रक्रिया; मिथ्या ज्ञान; गलत आभास।
69260 भ्रम ना. २. शङ्का; सन्देह।
69261 भ्रम ना. ३. भुल; बिराम।
69262 भ्रम जाल ना. वेदान्तवादीहरूले जीवन र जगत्लाई भ्रम ठान्ने काम; मायाजाल; मोहपाश।
69263 भ्रम निवारण ना. धुकचुक नरहेको अवस्था; भ्रम हटाउने काम।
69264 भ्रमण ना. १. घुमफिर वा डुलफिर गर्ने काम; नजिक वा टाढाको आइजाइ।
69265 भ्रमण ना. २. देशदेशावरको विचरण; देशाटन।
69266 भ्रमण ना. ३. यात्रा; सफर।
69267 भ्रमण आदेश ना. कार्यालयले कसैलाई आवश्यक काममा कतै खटाउँदा यति समयसम्म यस - यस साधनद्वारा यहाँसम्म जाने भनी भत्तासमेत दिई प्रदान गरिने औपचारिक पत्र; भ्रमणको अनुमति प्रमाणित गर्ने काग।
69268 भ्रमण केन्द्र ना. पर्यटकहरूलाई आकर्षित पार्न सक्ने ठाउँ; पर्यटकले मूल केन्द्र मानेको ठाउँ।
69269 भ्रमण पेस्की ना. कार्यालयद्वारा कसैलाई भ्रमणमा पठाउँदा अग्रिम रूपमा दिइने रकम; भ्रमणमा जानुअगावै पाइने रकम।
69270 भ्रमण भत्ता ना. काज खटिई जाने व्यक्तिले नियमबमोजिम पाउने भ्रमणका अवधिको थप सुविधा; काजभात्।
69271 भ्रमण साधन ना. भ्रमण गर्दा प्रयोग गरिने रेल, मोटर, हवाईजहाज, पैदाल आदि साधन।
69272 भ्रममूलक वि. मूल रूपमा भ्रम पार्ने; भ्रमका कारणले उब्जिएको।
69273 भ्रमर ना. भमरो; भँवरो।
69274 भ्रमात्मक वि. १. भ्रम उत्पन्न भएको; भ्रममूलक; भ्रम पैदा गर्ने।
69275 भ्रमात्मकता ना. भ्रमात्मक हुनाको भाव वा स्थिति।
69276 भ्रमित वि. १. फनफनी घुमेको; चक्कराएको।
69277 भ्रमित वि. २. भ्रममा परेको; भुल परेको।
69278 भ्रमी वि. १. चक्कर लाउने; फनफनी घुम्ने।
69279 भ्रमी वि. २. भ्रममा परेको; चक्कराएको।
69280 भ्रष्ट वि. १. कहीँबाट फ्यात्त खसेको; च्युत भएको; गिरेको।
69281 भ्रष्ट वि. २. आचरण र अनुशासनबाट तल झरेको; दुश्चरित्र।
69282 भ्रष्ट वि. ३. अपवित्र; दूषि।
69283 भ्रष्ट वि. ४. बिग्रेको; विनाश भएको।
69284 भ्रष्टा ना. चरित्र वा आचरण भ्रष्ट भएकी नारी; दुश्चरित्र स्त्री; कुलटा।
69285 भ्रष्टाचरण ना. नीतिनियमले मनाही गरेको व्यवहार; कानुनले निषेध गरेको आचरण; दुराचरण।
69286 भ्रष्टाचार ना. १. पतित आचरण; दूषित मर्यादा।
69287 भ्रष्टाचार ना. २. नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम; भ्रष्ट मनसाय वा घुसखोरीको काम।
69288 भ्रष्टाचार निवारण ना. भौतिक वा नैतिक रूपमा हुने भ्रष्टाचारलाई रोक्ने काम; घुसखोरी र अवैध व्यवहार हुने वातावरणलाई हटाउने काम।
69289 भ्रष्टाचार निवारण आयोग ना. प्रशासनिक क्षेत्रबाट हुने भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरी आदि निवारण गर्ने उद्देश्यले पहिले गठित विशेष समिति।
69290 भ्रष्टाचारी वि. भ्रष्टाचार गर्ने आचरण भएको; नैतिक र भौतिक दुवै रूपमा आचरणको पतन भएको।
69291 भ्राता ना. १. एकै गर्भबाट वा एउटै बाबुका छोरा भएर जन्मेका दाजु वा भाइ; सहोदर दाजु वा भाइ।
69292 भ्राता ना. २. बन्धुवर्ग।
69293 भ्राता ना. ३. समान स्तरका पुरुषलाई सम्बोधन गरिने शब्द।
69294 भ्रातृ ना. हे. भ्राता।
69295 भ्रातृक वि. दाजु वा भाइ भएको (जस्तै- सभ्रातृक)।
69296 भ्रातृज ना. १. भतिजो।
69297 भ्रातृज ना. २. भदो।
69298 भ्रातृजाया ना. १. दाजु वा भाइकी पत्नी।
69299 भ्रातृजाया ना. २. भाउजू वा बुहारी।
69300 भ्रातृत्व ना. दाजुभाइमा रहने आत्मीयता; भ्रातृभावको सम्बन्ध।