Dictionary

All Word

69351 भ्वास्स क्रि.वि. ३. धुलो, धुवाँ आदि उड्ने चालले।
69352 म १ देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पच्चिसौँ वर्ण; ओष्ठ्य, सघोष, अल्पप्राण, अनुनासिक ध्वनि; पवर्गको अन्तिम तथा पाँचौं वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; राम्रो म।
69353 म २ सर्व. व्याकरणमा उत्तम पुरुषको एकवचनलाई बुझाउने सर्वनाम शब्द; आफू; स्वयम्।
69354 मइन ना. हे. मैन।
69355 मइन्टोल ना. लाल्टिनमा जस्तै मटितेल हालेर जाली सल्काई दम दिएर बालिने चहक प्रशस्त भएको बत्ती (पेट्रोमाक्स)।
69356 मइमत्त वि. हे. मैमत्।
69357 मई ना. ग्रेगोरी पात्रोअनुसार वर्षको पाँचौँ महिना; वैशाखको आधाआधीदेखि सुरु भएर जेठको आधाआधीसम्म पर्ने इस्वी वर्षको महिना।
69358 मकमक क्रि.वि. १. परेवा घुर्दाको आवाज निस्कने गरी वा सो घुराइको चालसँग।
69359 मकमक क्रि.वि. २. दाँत नहुँदा अलि अलि चपाएर।
69360 मकमक क्रि.वि. ३. सर्दी, बाथ, जरो आदिले आङअठिङर दुख्ने गरी।
69361 मकमकाइ ना. मकमकाउने क्रिया वा प्रक्रिया।
69362 मकमकाउनु अ.क्रि. १. सर्दी, बाथ, जरो आदिले आङअठिङर दुख्नु।
69363 मकमकाउनु अ.क्रि. २. मकमक हुनु।
69364 मकमकिनु अ.क्रि. अलि अलि चपाइनु; मकमक हुनु।
69365 मकमक्याइ ना. मकमकिने तथा मकमक्याउने क्रिया वा प्रक्रिया।
69366 मकमक्याइनु क.क्रि. मकमक्याउने काम गरिनु।
69367 मकमक्याउनु स.क्रि. दाँत नहुँदा दनासाद्वारा अलि अलि चपाउनु।
69368 मकमक्याहट ना. मकमक्याउने भाव, स्थिति वा क्रिया; मकमक्याइ।
69369 मकर ना. १. ज्योतिषको बाह्र राशिमध्ये धनुभन्दा पछि र कुम्भभन्दा अघि पर्ने दसौँ राशि।
69370 मकर ना. २. मकरसङ्क्रान्तिदेखि प्रारम्भ हुने महिना; माघ महिना।
69371 मकर ना. ३. ठुलो र डरलाग्दो एक जलजन्तु।
69372 मकर ना. ४. ग्राह।
69373 मकर ना. ५. माछो।
69374 मकर ना. ६. कुबेरका नौ निधिमध्ये एक।
69375 मकर काँची ना. तिउरेका ढबका गुलाफी वा सेता फूल फुल्ने, पुरुनीका जस्ता कलेजी रङका छिर्कामिर्का परेका र ऐँसेलुका आकारका पात हुने, विशेष गरी भिरपहरामा पलाउने, त्यसै वा अचार बनाएर खान हुने अमिलो रस भएको बुटो।
69376 मकरध्वज ना. १. पारोबाट बन्ने चन्द्रोदय नामको आयुर्वेदीय रसौषध।
69377 मकरध्वज ना. २. कामदेव।
69378 मकरध्वज ना. ३. पुराणअनुसार हनुमान्पुत्र मानिने अहिरावणको द्वारपाल।
69379 मकरन्द ना. १. फूलका पुष्पपुटमा रहने गुलियो रस; पुष्पमधु।
69380 मकरन्द ना. २. फूलको केसर; किञ्जल्क।
69381 मकरराशि ना. ज्योतिष शास्त्रअनुसार बाह्रराशिमध्ये दसौँ राशि; उत्तराषाढाको पछिल्ला तीन चरण, श्रवण पुरै र धनिष्ठाको आधासम्मको नक्षत्रगत अवधि।
69382 मकररेखा ना. भूगोल अथवा ज्योतिषका अनुसार विषुवत्रेखादेखि साढे तेइस अंश दक्षिणमा पर्ने एक रेखा; कर्कटरेखाको ठिक विपरीत रेखा।
69383 मकर सङ्क्रान्ति ना. सूर्यले मकरराशिमा प्रवेश गरेको समय वा दिन; माघे सग्राँती।
69384 मकल ना. आगो बालेर वा गोल हालेर तापिने आरीका छाँटको धातु वा माटाको भाँडो; बोर्सी; अटल।
69385 मकवानपुर ना. नेपालको नारायणी अञ्चलमा पर्ने एक पहाडी जिल्ला; ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिने मकवानपुरे राजाहरूले आफ्नो राजधानी बनाएको ठाउँ।
69386 मकवानपुरगढी ना. मकवानपुर जिल्लामा पर्ने, सेनवंशी मकवानपुरे राजाहरूका पालामा बनेको दुर्ग वा किल्ला।
69387 मकवानपुरे वि. मकवानपुरसित सम्बन्धित; मकवानपुरको; मकवानी।
69388 मकवानी वि. १. मकवानपुरसँग सम्बन्धित; मकवानपुरे।
69389 मकवानी वि. २. मकवानपुरको बासिन्दा।
69390 मकाइ ना. मकाउने क्रिया वा प्रक्रिया।
69391 मकाउनु अ.क्रि. चिसो, पानी, माटो, धमिरा आदिका सम्पर्कले कुनै वस्तु गल्दै जानु; सड्नु; पुरानो हुनु।
69392 मकार ना. १. 'म' अक्षर; पवर्गको अन्तिम वर्ण।
69393 मकालु ना. कोसी अञ्चलको उत्तर-पश्चिम सीमामा पर्ने कुम्भकर्ण हिमालको २७,७५९ फिट अग्लो एक चुचुरो।
69394 मकिनु अ.क्रि. मकाउनु।
69395 मकुनु ना. छावाको उमेर नाघेको तर दाहो नआएको जवान हात्ती।
69396 मकुन्डो ना. हे मखुन्डो।
69397 मकुला बाँस ना. कठबाँस।
69398 मकै ना. जुनेलाका आकारका पात हुने, चारदेखि दश फिटसम्म अग्लो र सुलुक्क परेको ठिङ्गो बोट हुने, सप्रिएमा दुईतीन घोगासम्म लाग्ने, घोगाका बाहिर खोस्टाले ढाक्ने र टुप्पामा जुँघा लाग्ने, खोयामा सेता - पहेँला रङका गेडा फल्ने एक बोट; बारीमा फल्ने मुख्य अन्न।
69399 मकैकिरो ना. मकै फलेर पाक्ने बेलामा आउने एक थरी किरो; लाटा।
69400 मकैचरी ना. मकैमात्र उब्जाई जीवन पाल्ने व्यक्ति; मकैका भरमा जीवन यापन गर्ने व्यक्ति।