Dictionary

All Word

69301 भ्रातृ द्वितीया ना. कार्तिक शुक्लपक्षको द्वितीया; भाइटिका; भाइतिहार।
69302 भ्रातृभाव ना. दाजुभाइमा रहने आत्मीय स्नेह; भ्रातृत्व।
69303 भ्रान्त वि. १. भुलेको; भ्रममा परेको।
69304 भ्रान्त वि. २. देशदेशावर घुमफिर गरेको; चक्कर खाएको; घुमेको।
69305 भ्रान्तापहनुति ना. भ्रम पर्दा भ्रम हटाउका लागि सत्य कुरा बताउँदा हुने एक काव्यालङ्कार; अपह्नुति अलङ्कारको एक भेद।
69306 भ्रान्ति ना. १. कुनै कुरो देख्दा वा सुन्दा त्यस्तै अर्को कुराको भान हुने अवस्था; कुनै कुराको आभास।
69307 भ्रान्ति ना. २. चक्कर; भ्रमण; घुमफिर।
69308 भ्रान्ति ना. ३. मानसिक असन्तुलनबाट आउने भ्रम।
69309 भ्रान्ति ना. ४. भुलचुक; सामान्य गल्ती।
69310 भ्रान्ति ना. ४. उपमानलाई देखेर उपमेयको भ्रम पर्दा हुने एक अर्थालङ्कार।
69311 भ्रान्तिमान् वि. १. भ्रान्ति भएको; भ्रमयुक्।
69312 भ्रान्तिमान् वि. २. घुमेको; चक्कराउँदै गरेको।
69313 भ्रान्तिमान् वि. ना. ३. भ्रान्ति नामको अर्थालङ्कार।
69314 भ्रामक वि. १. भ्रम उत्पन्न गराउने; भ्रममा पार्ने।
69315 भ्रामक वि. २. शङ्का उत्पन्न गर्ने; सन्देहकारक।
69316 भ्रामक वि. ३. घुमाउने; चक्कर लगाउने; रिँगाउने।
69317 भ्रामरी ना. १. अष्टयोगिनी दशामध्ये मङ्गलकी पत्नी मानिने, जम्मा चार वर्ष पालो रहने एक योगिनी।
69318 भ्रामरी ना. २. दुर्गाको एक नाम।
69319 भ्रामरीको दशा ना. यता र उता भौँतारिरहनु पर्ने अवस्था।
69320 भ्रुकुंश ना. आइमाईका पोसाक लगाएर नाच्ने लोग्नेमान्छे; नट; मारुनी।
69321 भ्रुकुटी ना. १. दुवै आँखाभन्दा माथि पर्ने रौं पलाएको ठाउँ; आँखीभौँ।
69322 भ्रुकुटी ना. २. ईडा, पिङ्गला र सुषुम्णा नाडीको सङ्गमस्थल; चन्द्रमण्डल।
69323 भ्रू ना. दुवै आँखाका माथिल्लापट्टि छोटाछोटा रेखी पलाउने ठाउँ; आँखीभुईं।
69324 भ्रुकुटी ना. आँखीभुईं; भृकुटी।
69325 भ्रूक्षेप ना. रिस वा आवेगले हुने आँखीभौँको खुम्च्याइ; भ्रूभङ्ग।
69326 भ्रूण ना. पाठेघरमा रहेको सालनालसहितको बच्चो; जरायुज जन्तुको पेटमा रहेको विकासशील अवस्थाको गर्भ; पेटको नानी।
69327 भ्रूणहत्या ना. १. औषधोपचारको प्रयोगबाट गर्भमा रहेका शिशुको हत्या; गर्भ पतन गर्ने काम; गर्भपा।
69328 भ्रूणहत्या ना. २. धर्मसङ्कटमा परेको अवस्था; साह्रै असजिलो काम।
69329 भ्रूभङ्ग ना. आँखीभुईंको भङ्गिमा।
69330 भ्रूमध्य ना. दुई आँखाका बिचको नाकको डाँडी निधारमा ठाउँ; आँखीभुईंको जोर्नी।
69331 भ्वाँक क्रि.वि. भ्वाँक्को आवाजका साथमा; भ्वाँक्क।
69332 भ्वाँक्क क्रि.वि. १. अधोवायु छोड्दा आवाज आउने गरी।
69333 भ्वाँक्क क्रि.वि. २. मोटर आदिको हर्न बज्ने किसिमले।
69334 भ्वाँरपैठना ना. १. थारू समाजमा घरज्वाइँ बस्ने चलन।
69335 भ्वाँरपैठना ना. २. घरज्वाइँ।
69336 भ्वाँला ना. बढी परिश्रम, क्रोध वा अन्य कुनै कारणका आवेगले शरीरमा उत्पन्न हुने ज्वाला।
69337 भ्वाक्क क्रि.वि. तिखो चालले भ्वाक्क भएर।
69338 भ्वाङ ना. १. कुनै वस्तु वा ठाउँमा फाटेर, चिरिएर आदि किसिमले परेको ठुलो प्वाल; ठुलो प्वाल वा दुलो।
69339 भ्वाङ ना. २. भडखारो; खाडल।
69340 भ्वाङपाल ना. ठुलो र डरलाग्दो दुलो; टाल्न नसकिने खाडल।
69341 भ्वाङसी ना. खेतबारी वा अन्य जग्गा जमिनमा परेको ठुलो प्राकृतिक खाडल; होक्सी।
69342 भ्वाङ्ग/भ्वाङ्ङ क्रि.वि. १. ठुलो वा गह्रौँ वस्तु बजारिँदा शब्द आउने गरी।
69343 भ्वाङ्ग/भ्वाङ्ङ क्रि.वि. २. ठुलो र खाली भएको प्वालमा कुनै वस्तु बज्दा आवाज आउने किसिमले।
69344 भ्वाङ्ग/भ्वाङ्ङ क्रि.वि. ३. ठुलो कुकुर एकैपल्ट भुक्दाको आवाज निस्केर।
69345 भ्वाङलाखे ना. १. लाखे नाचमा नाच्ने व्यक्तिलाई जिस्क्याउने पुड्को व्यक्ति; लाखे नाचको ढँटुवारे।
69346 भ्वाङलाखे ना. वि. २. ढँटुवारेजस्तो।
69347 भ्वात्त क्रि.वि. तिखो चालले भ्यात्त हुने गरी।
69348 भ्वार्र क्रि.वि. तिखो रूपमा भ्यार्र हुने गरी।
69349 भ्वास्स क्रि.वि. १. फ्यास्स परेको वस्तु वा माटा आदिको डल्लो खस्दा आवाज आउने गरी।
69350 भ्वास्स क्रि.वि. २. खुकुलो पोकोपन्तुरो एकैपल्ट फुक्दा तिखो शब्द निस्केर।