Dictionary

All Word

69401 मकैपर्व ना. वि. सं. १९७७ मा 'मकैको खेती' पुस्तक लेखेबापत त्यससँग सम्बन्धित कृष्णलाल सहित लेखकहरूलाई राणाहरूद्वारा दमन, उत्पीडन गरिएको पर्व।
69402 मकैबोडी ना. मकै पाक्ने बेलामा मकैबारीभित्र फल्ने, लहरामा तनाजस्ता तन्द्रड्ङ परेका कोसा लाग्ने, तरकारी खाइने र सुकेपछि दालसमेत खान मिल्ने एक जातको लहरा; सोही लहराका कोसा वा गेडा।
69403 मकोई ना. खोर्सानीका जस्ता पात र पहेँला रङका फूल हुने, खैरा रङका खोस्टाभित्र गोल फल फल्ने, डाँठका बिचबिचमा गाँठा हुने एक बोट; त्यसै बोटमा फल्ने फल।
69404 मक्ख वि. १. आनन्द, हर्ष आदिले लट्ठ परेको; फुरुक्क परेको; मस्त क्रि.वि. २. आनन्द वा हर्षले मस्त हुने गरी; फुरुक्क परेर।
69405 मक्खन ना. हे. मखन १।
69406 मक्खी ना. १. माखो; झिँगो।
69407 मक्खी ना. २. काँक्रो, बदाम आदि खाँदा साथीहरूले नदेख्ने गरी थोरै लुकाएर खाइसकेपछि देखाई 'कि यो खा, कि यति दण्ड तिर् ' भनी अड्को थाप्न राखिने अंश; मखी।
69408 मक्खीचुस वि. १. भरसक झिँगाका खुट्टामा लागेको चिज पनि चुसेर खाने खालको साह्रै लोभी; द्रव्यपिशाच; कन्जुस; कृपण।
69409 मक्खीचुस वि. २. महाको छुच्चो।
69410 मक्खीबुट्टे वि. सेतो भुईंमा झिँगा बसेजस्तो देखिने बुट्टा भएको; झिँगाका आकारको बुट्टा भएको (कपडा, चोलो आदि)।
69411 मक्याइ ना. मकिने स्थिति, क्रिया वा प्रक्रिया।
69412 मक्ल्याकमुक्लुक क्रि.वि. खानेकुरा मकमक्याउने वा त्यसो गर्दा शब्द निस्कने गरी।
69413 मक्षिका ना. १. झिँगो; मक्खी।
69414 मक्षिका ना. २. माहुरी।
69415 मखन १ ना. दुध वा दही मथेर निकालिने बाक्लो, चिल्लो सारपदार्थ; नौनी; नवनीत; मक्खन।
69416 मखन २ ना. हे. मखाना।
69417 मखमल ना. एकापट्टि नरम भुवा राखी अर्कातिर चिल्लो हुने गरी बुनिएको एक जातको, असल, मोटो रेसमी कपडा।
69418 मखमली ना. १. दुईतीन फिटसम्मको अग्लो, राता डाँठ हुने र लाम्चा पात हुने, खस्रा गाढा सेता वा राता रङका फूल फुल्ने एक जातको बोट; सोही बोटको प्रसिद्ध फूल।
69419 मखमली ना. वि. २. मखमलसम्बन्धी।
69420 मखमली ना. ३. मखमलका छाँटको।
69421 मखमली किरो ना. वर्षाकालमा आउने रातो रङको एक जातको किरो; इन्द्रगोप।
69422 मखाना ना. पानी वा सिमसार जग्गामा उम्रने, बीज भुटेर मसलाको रूपमा खाइने एक जातको लहरो; सोही लहराका गाँठामा फल्ने फल; मखन।
69423 मखिबुट्टे वि. माखा झैँ बुट्टा भएको।
69424 मखी ना. हे. मक्खी।
69425 मखीचुस वि. मक्खीचुस।
69426 मखुन्डी वि. १. काम गर्ने ढङ्ग वा सिप नभएको; सिकारु; मखन्डी।
69427 मखुन्डी वि. २. मखुन्डो लाउने; मखुन्डोधारी।
69428 मखुन्डे वि. १. मखुन्डो लगाएर खेल्ने वा नाच्ने; मखुन्डो भिर्ने।
69429 मखुन्डे वि. २. मुखले एउटा र कामले अर्को कुरा गर्ने।
69430 मखुन्डो ना. लाखे वा ढँटवारेले सकली चेहरा छिपाउन मुखमा लगाउने, देव-देवता, राक्षस आदिका अनुहारको कृत्रिम साधन; मखुन्डी; मुकुन्डो।
69431 मखुन्डोधारी वि. मखुन्डो लाउने।
69432 मखौरो ना. लौरीका टुप्पामा कागतका टुक्रा, घोडाका पुच्छरको रौँ आदि बाँधेर बनाइएको, झिँगा आदि धपाइने चमरजस्तो साधन।
69433 मख्याहा ना. मुखमा निस्कने कोठीजस्ता मसिना खालका काला दाग।
69434 मख्ले ना. चामल कुटेर वा पिँधेर बचेको कनिका।
69435 मगज ना. १. मस्तिष्क; गिदी।
69436 मगज ना. २. अक्कल; दिमाग; बुद्धि।
69437 मगण ना. छन्दशास्त्रअनुसार तीनैवटा गुरु हुने गण (SSS)।
69438 मगन वि. मग्न।
69439 मगनमस्त वि. सुख वा हर्षमा डुबेको; हर्षविहवल।
69440 मगनमस्ती ना. आनन्दातिरेक।
69441 मगनी ना. १. कुनै वस्तुको याचना; माग्ने काम।
69442 मगनी ना. २. मागिएको वा माग्दा पाएको चिज।
69443 मगनी ना. ३. राई, लिम्बु आदिका समाजमा कन्यार्थी हुनेले पहिलोपल्ट जाँड, रक्सी, कुखुरा आदि कोसेली लाने रीतभाँ।
69444 मगनी ना. ४. नेपाल तराईका मधेसी समुदायमा केटी माग्न जाने काम।
69445 मगन्ता / मगन्ते ना. १. मागेर जीविका चलाउने; मागी खाने।
69446 मगन्ता / मगन्ते ना. २. मागेकै भरमा टार्न खोज्ने।
69447 मगन्ता / मगन्ते ना. ३. कङ्गाल; फुङ्गिन; गरिब।
69448 मगमग क्रि.वि. मिठो सुवास फैलिने गरी; बास्ना आउने किसिमले।
69449 मगमगती / मगमगी क्रि.वि. मगमगाएर बास्ना आउने गरी।
69450 मगर ना. नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बस्ने भोटबर्मेली भाषिक समूहको एक जाति; मगरातका आदिवासी।