Dictionary

All Word

69551 मच्चनु अ.क्रि. ५. मुद्दामामिला, झैझमेला आदि चर्कनु।
69552 मच्चनु अ.क्रि. ६. कुनै कुरामा उत्कण्ठित हुनु; चौचौ हुन थाल्नु।
69553 मच्चाइ ना. १. मच्चने तथा मच्चिने क्रिया वा प्रक्रिया।
69554 मच्चाइ ना. [मच्चाउ + आइ] २. मच्चाउने क्रिया वा प्रक्रिया।
69555 मच्चाइनु क.क्रि. मच्चिने पारिनु; खुबसित मच्चाइनु वा हल्लाइनु।
69556 मच्चाउनु स.क्रि. / प्रे. क्रि. १. हल्ला आदि चलाउनु।
69557 मच्चाउनु स.क्रि. / प्रे. क्रि. २. हल्लाउनु; झुलाउनु।
69558 मच्चामच्ची ना. १. परस्परमा मच्चिने वा मच्चाउने काम।
69559 मच्चामच्ची ना. २. धमाधम मच्चिने वा मच्चाउने काम।
69560 मच्चामच्ची ना. २. धमाधम मच्चाउने प्रक्रिया।
69561 मच्चिनु अ.क्रि. १. मच्चने काम गरिनु।
69562 मच्चिनु अ.क्रि. २. मच्चनु।
69563 मच्चे ना. सानो खटिया; खटौली।
69564 मच्च्याइ ना. मच्चिने भाव, क्रिया वा प्रक्रिया।
69565 मच्च्याहट ना. मच्चिने भाव, स्थिति, क्रिया वा प्रक्रिया।
69566 मच्छड/मच्छर ना. लाम्खुट्टे।
69567 मच्छड / मच्छरदानी ना. मच्छडबाट बच्नका लागि प्रयोग गरिने साधन; झुल।
69568 मच्याक ना. किचाइ, मिचाइ वा लच्काइको चाल।
69569 मच्याकमुचुक क्रि.वि. १. लच्कने वा लच्कँदा शब्द आउने गरी।
69570 मच्याकमुचुक क्रि.वि. २. मिचामिच पार्ने गरी; मऱ्याकमुरुक।
69571 मच्याकमुचुक क्रि.वि. ३. थिच्ने, किच्ने वा मिच्ने किसिमले; कच्याककुचुक।
69572 मच्याक्क क्रि.वि. मचक्क।
69573 मछाइनु ना. धसिङ्गरेका जस्ता पात र ससाना काला दाना हुने बोटविशेष; त्यसै बोटमा फल्ने फल।
69574 मछुवा ना. १. माछा मारेर जीवननिर्वाह गर्ने जाति वा व्यक्ति।
69575 मछुवा ना. वि. २. माछा मार्ने; जलाहारी।
69576 मजकुर वि. ऐजन; उक्त; निज; मौसुफ।
69577 मजदुर ना. १. अर्काको काममा शारीरिक श्रम गरी ज्यालाबनीद्वारा जीवननिर्वाह गर्ने व्यक्ति; कलकारखाना, कृषिफारम, सडक, भवननिर्माण आदि कार्यमा शारीरिक श्रम वा काम गरेर दुखजिलो गर्ने व्यक्ति; श्रमजीवी।
69578 मजदुर ना. २. कुल्ली; ज्यामी।
69579 मजदुर सङ्गठन ना. मजदुरहरूको पेसा, ज्याला, स्वास्थ्य, बसोबास, तालिम आदिको निश्चितता तथा उनीहरूको हकहितका लागि मजदुरहरूकै एकताबाट निर्माण गरिएको सङ्घ; मजदुरहरूको सङ्गठन।
69580 मजदुरी ना. १. मजदुरले पाउने पारिश्रमिक; ज्याला; मजुरी।
69581 मजदुरी ना. २. मजदुरको काम वा पेसा।
69582 मजबुत वि. १. दह्रो; दह्रिलो; बलियो।
69583 मजबुत वि. २. नडग्ने; दृढ; पक्का।
69584 मजबुत वि. ३. बलवान्; तागतदार; बलिष्ठ।
69585 मजबुती ना. १. मजबुत हुनाको भाव वा स्थिति; दृढता; दह्रिलोपन।
69586 मजबुती ना. २. तागत; बल; आँट।
69587 मजबुन ना. कुनै सिङ्गो लेख वा अनुच्छेदको सङ्क्षेपीकृत रूप; सार अंश वा रचना।
69588 मजलिस ना. १. कुनै सभा, सम्मेलन आदि हुने घर; सभाभवन; बैठक।
69589 मजलिस ना. २. परिषद्; सभा।
69590 मजलिस घर ना. सभागृह।
69591 मजहब ना. १. धार्मिक सम्प्रदाय; पन्थ; म।
69592 मजहब ना. २. धर्म।
69593 मजा ना. कुनै कामकुराको गराइ वा भोगाइमा मानसिक तथा भौतिक रूपले हुने रमाइलो; आनन्द; सुबिस्ता; सुख; मज्जा।
69594 मजाक ना. ठट्टा रमाइलो; परिहास; हँसी; दिल्लगी।
69595 मजाकी वि. मजाक गर्ने; दिल्लगीबाज।
69596 मजाको वि. १. उत्तम र राम्रो; भनेसम्मको सुन्दर।
69597 मजाको वि. २. मनपर्दो; आनन्ददायक; रमाइलो।
69598 मजाल ना. तागत; शक्ति; बल; सामर्थ्य।
69599 मजिटो / मजिठो ना. पानका आकारका अलिक लाम्चा पात तथा अपामार्गको जस्तो डाँठ हुने, पहेँलो फूल फुल्ने र रातानिला र अन्य रङका मसिना फुल लाग्ने, रङ बनाउने काम लिइने र जरीबुटीमा उपयोग हुने एक जातको लहरो; त्यसै लहरामा फल्ने फल।
69600 मजिपाटे वि. १. काठमाडौँ उपत्यकाको मजिपाट भन्ने ठाउँमा रहेको।