Dictionary

All Word

69601 मजिपाटे वि. ना. २. कृष्णाष्टमीको दिनमा नचाइने लाखे।
69602 मजिपाटे लाखे ना. मजिपाटे।
69603 मजिस्ट्रेट ना. नगरको शान्ति-सुरक्षासम्बन्धी काम गर्ने र फौजदारी मुद्दामामिला हेर्ने सरकारी उच्च अधिकारी; जिल्लाधीश।
69604 मजुर ना. मुजुर; मयूर।
69605 मजुरा ना. मुजुरा।
69606 मजुरी ना. मजदुरी; ज्यालाबनी।
69607 मजुवा वि. / ना. हे. मझुवा।
69608 मजेत्रो ना. स्वास्नीमासिनहरूले शिर ढाक्न ओढ्ने सानो एकसरो कपडा; पछ्यौरा; बर्को।
69609 मजेदार वि. मजा लाग्ने; मजाको; आनन्ददायक।
69610 मज्जा १ ना. प्राणीहरूका हाडभित्र रहने सेतो र स्निग्ध पदार्थ; मासी।
69611 मज्जा २ ना. मजा; आनन्द; रमाइलो।
69612 मझ पश्चिमा ना. नेपाली भाषाको डोटी र डँडेलधुरामा बोलिने भाषिका।
69613 मझाइ ना. माझ्ने भाव, क्रिया वा प्रक्रिया।
69614 मझाइनु क.क्रि. माझ्न लाइनु।
69615 मझाउनु प्रे. क्रि. माझ्ने काम गराउनु; माझ्न लाउनु।
69616 मझिया ना. गाउँघरको थरीसरहको काम गर्ने मान्छेको एक पद; एक प्रकारको थरी।
69617 मझुवा वि. १. माझेर सफा पारिएको; माझिएको; मजुवा।
69618 मझुवा वि. २. माझ्ने काम गर्ने; माझ्ने।
69619 मझुवा वि. ना. ३. दुई डाँडाका माझमा गाउँ रहेको ठाउँ; मजुवा।
69620 मझुवाली वि. मझुवामा बस्ने मान्छे; मझुवाको बासिन्दा।
69621 मझेरी ना. घरभित्र चुलो, ओछ्‌यान र कोठाका अतिरिक्त खाली छोडिएको बिचको ठाउँ; छिँडीको भुईं; मझेरो; मजेरी।
69622 मझेरो ना. १. माझको ठाउँ वा गाउँ; मझुवा।
69623 मझेरो ना. २. टापु।
69624 मझेरो ना. ३. मझेरी।
69625 मझौ ना. १. मझेरो; मझुवा।
69626 मझौ ना. २. टप्पु; टाकुरो।
69627 मझौला वि. १. साधारण कोटिको; मध्यम कक्षको बिचको।
69628 मझौला वि. २. रोजी पनि नभएको छाडी पनि नभएको।
69629 मझौला उद्योग ना. उद्योगसम्बन्धी कानुनमा उल्लेख भएअनुसार न्यूनतमभन्दा धेर र अधिकतमभन्दा थोर लगानीबाट चलेको उद्योग; मध्यम खालको उद्योग।
69630 मझौला खाले वि. मध्यम किसिमको; न उत्तम किसिमको न कमसल किसिमको; ठिक्कको।
69631 मञ्च ना. १. सर्वसाधारण जनताका सामु सभासम्मेलन गर्न वा नाटक आदि कार्यक्रम प्रस्तुत गर्न तयार गरिएको उच्च मण्डप वा आसन (स्टेज)।
69632 मञ्च ना. २. रङ्गमञ्च; रङ्गभूमि।
69633 मञ्च ना. ३. लाक्षणिक अर्थमा, कुनै विशष्ट क्रियाकलापको क्षेत्र (जस्तो- राजनीतिक मञ्च )।
69634 मञ्च ना. ४. खाट वा पिँढी जस्तै बस्ने, आराम गर्ने कुनै ठाउँ (चौतारी, मचान इ.)।
69635 मञ्चन ना. नाटक, कविता, गीत आदिलाई मञ्चमा दर्शकसमक्ष प्रस्तुत गर्ने काम।
69636 मञ्चिका ना. सानो खालको मञ्च; मचिया।
69637 मञ्चित वि. रङ्गमञ्चमा खेलाइएको; प्रदर्शन गरिएको; अभिनी।
69638 मञ्चीय वि. मञ्चसँग सम्बन्धित, मञ्चको अनुकूल भएको।
69639 मञ्जरित वि. मञ्जरी लागेको; मञ्जरी भएको; मुना हालेको।
69640 मञ्जरी ना. बोट, बिरुवा, लहरा आदिमा निस्कने नयाँ पालुवा; नयाँ पात वा मुनासहितको टुप्पो; मुजुरा; कोपिला; आँकुरो।
69641 मञ्जीर ना. घुँगरुका आकारको, हल्लिँदा छमछम गर्ने, गोडामा लाउने सानो खालको पाउजेब; नूपुर।
69642 मञ्जु वि. मनोहर; मनपर्दो; सुन्दर; राम्रो।
69643 मञ्जु घोष ना. १. मिठो बोली; सुमधुर वचन।
69644 मञ्जु घोष ना. २. बौद्ध दर्शनका एक प्रसिद्ध आचार्य; मञ्जुश्री।
69645 मञ्जु पतन ना. काठमाडौँ उपत्यकाको प्रागैतिहासिक कालको नाम।
69646 मञ्जु भाषिणी ना. १. छन्दशास्त्रअनुसार सगण, जगण, सगण, जगण र गुरु अक्षर मिलेर बन्ने एक वार्णिक छन्द।
69647 मञ्जु भाषिणी ना. वि. २. अत्यन्त मिठो र प्यारो बोलीवचन भएकी (स्त्री.)।
69648 मञ्जुल वि. सुन्दर; मनोहर; मञ्जु।
69649 मञ्जुश्री ना. काठमाडौँ उपत्यकाका दक्षिणतिरको चोभार डाँडो काटेर पानी बगाई उपत्यकामा बस्ती बसाउने भनी किंवदन्ती चलेका एक बौद्धाचार्य महापुरुष; मञ्जुघोष।
69650 मञ्जूषा ना. १. सानो खालको सन्दुस; सानो पेटारो; पेटिका।