Dictionary

All Word

69701 मठार्नु स.क्रि. ताछतुछ पारेर काट्नु; पातलो र छोटो पार्नु।
69702 मठार ना. कुनै वस्तुलाई हतियारले काटेर ठिक्क बनाउने काम; मठाराइ।
69703 मठाराइ ना. मठार्ने क्रिया वा प्रक्रिया।
69704 मठारिनु क.क्रि. मठार्ने काम गरिनु।
69705 मठी ना. १. सानो मठ; मदुली।
69706 मठी ना. २. मठको मूल महन्त; मठाधीश।
69707 मठ्या/ मठ्याहा वि. १. तल्लो जातकी आमाबाट जन्मेको सन्तान; वर्णसङ्कर; ठिम्मल।
69708 मठ्या/ मठ्याहा वि. ना. २. त्यसरी जन्मेको व्यक्ति; ठिमाहा सन्तान।
69709 मडा ना. प्रायः पूर्वी तराईमा पाइने, सुपारीका जस्ता दाना फल्ने, शीतल हुने र टाउको दुखेको रोगमा फाइदा गर्ने नरिवलका जातको एक बोट वा त्यसैको फल।
69710 मडाइ ना. माड्ने भाव, क्रिया वा प्रक्रिया।
69711 मडाइनु क.क्रि. माड्न लाइनु।
69712 मडाउनु प्रे.क्रि. माड्न लाउनु।
69713 मडार्नु स.क्रि. कुनै चिज साहो वस्तु वा भुईंमा दल्नु; रगड्नु; माड्नु; दल्नु।
69714 मडार ना. माडमुड पार्ने काम।
69715 मडाराइ ना. मडार्ने भाव, क्रिया वा प्रक्रिया।
69716 मडारिँदो वि. मडारिने स्वभावको; मडारिन थालेको।
69717 मडारिनु अ.क्रि. १. छटपटी वा बेचैनीले अतासिनु।
69718 मडारिनु अ.क्रि. २. अकासमा घना बादल खुबसित खेल्नु।
69719 मडारिनु अ.क्रि. ३. नदीको पानी जोडले उर्लीउल बग्नु।
69720 मडारिनु अ.क्रि. ४. मनमा नाना थरी कुरा खेल्नु।
69721 मडारिनु अ.क्रि. ५. अरूको उन्नति वा वृद्धि देखेर मनमा डाहा हुनु; ईर्ष्या हुनु; इखिनु ६. बटारिनु; उमेठिनु।
69722 मडाऱ्याइ ना. मडारिने भाव, क्रिया-प्रक्रिया।
69723 मडाऱ्याहट ना. मडाऱ्याइ।
69724 मडिलो ना. १. घुम अड्याउनाका निम्ति टाउकामा अडाइने डोरी।
69725 मडिलो ना. २. परबरका आकारका फल फल्ने र गुन्दरका जस्ता गाना हुने एक जातको लहरो।
69726 मडिलो ना. ३. धानसँगै फल्ने गुदी नभएको दाना; मल्लिँडो।
69727 मडिलो सर ना. गहुँ वा सामाका जस्ता पात र जौका जस्तै बाला फल्ने खेतमा हुने एक किसिमको बर्खे झार।
69728 मडुवा १ वि. १. मिसिन आदिमा पेलेर नरम पारिएको वा सिउन सजिलो हुने गरी माडिएको (छाला)।
69729 मडुवा १ वि. २. गोरु, मिसिन आदिले माडेर झारेको; माडेर वा दाइँ गरेर पराल, कुसाउरो आदि छुट्ट्याइएको (अन्न)।
69730 मडुवा २ वि. १. माड लगाएर बाक्लो पारेको; मड्याएको (कागज, कपडा आदि)।
69731 मडुवा २ वि. २. चिनीका चास्नीमा डुबाएर बनाइएको अमलाको अचार।
69732 मडुवा ३ ना. आँख्ला - आँख्लाबाट हाँगा पलाई फल्ने एक जातको कोदो।
69733 मडेउली ना. विवाहमा मङ्गलगीत गाउने स्त्री; बेहुलीका साथीहरूको समूह; मड्यौली।
69734 मडेल ना. मडेउलीको पुरुष साथी।
69735 मड्कनु अ.क्रि. कागज, कपडा आदिमा लगाइएको कलप, रोगन, पालिस, घोट आदि बिग्रनु; पुरानो भएर उज्जर नदेखिनु; घसिटिनु; मड्किनु; खुइलिनु।
69736 मड्काइ ना. १. मड्कने भाव, क्रिया वा प्रक्रिया।
69737 मड्काइ ना. [मड्काउ+आइ] २. मड्काउने क्रिया वा प्रक्रिया।
69738 मड्काइनु क.क्रि. मड्कने पारिनु।
69739 मड्काउनु स.क्रि. मड्किलो तुल्याउनु; मड्किने पार्नु।
69740 मड्किनु अ.क्रि. १. मड्कनु।
69741 मड्किनु अ.क्रि. २. मड्कने होइन; घसिटिनु; घस्टिनु।
69742 मड्किलो वि. १. मड्किन वा घसिटिन लागेको; मड्किने अवस्थामा पुगेको; पुरानो हुँदै गएर उज्जर नदेखिने भएको; मड्किएको; घसिटिएको।
69743 मड्किलो वि. २. मटकिलो।
69744 मड्किलोपन ना. मड्किलो हुनाको भाव वा अवस्था।
69745 मड्क्याइ ना. मड्किने भाव, क्रिया वा प्रक्रिया।
69746 मड्क्याइनु क.क्रि. मड्किन लाइनु; घसिट्याइनु।
69747 मड्क्याउनु प्रे.क्रि. १. कागज, कपडा आदिको कलप, पालिस, घोट आदि बिगार्नु; घस्ट्याउनु।
69748 मड्क्याउनु प्रे.क्रि. २. माटाको जस्तो रङ पार्नु; मड्किलो तुल्याउनु।
69749 मड्क्याउनु प्रे.क्रि. ३. उज्जरपन नष्ट पार्नु।
69750 मड्याइ ना. मड्याउने भाव, क्रिया वा प्रक्रिया।