Dictionary

All Word

69801 मण्डलाकार वि. वरिपरि धेरै मात्रामा गोलो आकार भएको; वृत्ताकार; बाटुलो।
69802 मण्डली ना. हे. मन्डली।
69803 मण्डले ना. हे. मन्डले।
69804 मण्डलेश्वर ना. १. कुनै एक मण्डलको शासक; सानो क्षेत्रको राजा।
69805 मण्डलेश्वर ना. २. साधुसन्न्यासीहरूका सम्प्रदायको प्रमुख आचार्य; महामठाधीश।
69806 मण्डित वि. सिँगारिएको; सजिसजाउ; भूषि।
69807 मण्डूक ना. भ्यागुतो।
69808 मण्डूकपर्णी ना. चार प्रकारका ब्राह्मी बुटीमध्ये एक; घोडताप्रे।
69809 मण्डूक ब्राह्मी ना. घोडताप्रे।
69810 मण्डूर ना. फलाम गाल्दा निस्केको कसर; फलामको कीट।
69811 मत १ ना. लेप्चा जातिको कर्मकाण्ड गराउने पुरोहित; लेप्चाको धर्मगुरु।
69812 मत २ ना. मादक पेय पदार्थ; मदिरा; रक्सी, जाँड आदि।
69813 मत ३ ना. १. कुनै विषयका सम्बन्धमा सोची-सम्झी प्रकट गरिने विचार; राय; सम्मति।
69814 मत ३ ना. २. कुनै धार्मिक भावनाले प्रेरित सम्प्रदाय; पन्।
69815 मत ३ ना. ३. आन्तरिक अभिप्राय; आशय।
69816 मत ३ ना. ४. निर्वाचनमा कुनै व्यवति, व्यवस्था वा पक्षलाई छान्न दिइने सम्पति; भोट।
69817 मत गणना ना. चुनावमा मतपत्रहरू गन्ने काम; भोटको गन्ती।
69818 मतदाता ना. मतदान गर्ने कानुनी हैसियत तथा अधिकार प्राप्त नागरिक (नेपालको संविधानअनुसार मतदाता हुन १८ वर्ष उमेर पुग्नुपर्छ)।
69819 मतदान ना. निर्वाचनमा कुनै उम्मेदवारलाई मत दिने काम; भोट खसाल्ने काम।
69820 मतदान अधिकृत ना. मतदान केन्द्रको व्यवस्था मिलाउन खटिएको अधिकारी; मतदान केन्द्रको अधिकारी।
69821 मतदान केन्द्र ना. चुनावमा मतदाताले मत दिन व्यवस्था गरिएको तोकिएको ठाउँ; भोट खसाल्ने ठाउँ (बुथ)।
69822 मतपत्र ना. निर्वाचनमा कुनै उम्मेदवारलाई रोज्न मतदाताले मतपेटिकामा खसाल्ने सरकारी छाप लागेको पत्र; प्रतिनिधि छान्ने टिकट (ब्यालेट पेपर)।
69823 मतपेटिका / मतपेटी ना. मतदाताहरूले मतपत्रहरू खसाल्ने बाकस (ब्यालेट बक्स)।
69824 मतप्रणाली ना. १. मत दिएर आफूले चाहेको प्रतिनिधि छान्ने पद्धति।
69825 मतप्रणाली ना. २. मत खसाल्ने प्रक्रियाको जानकारी दिने नियम।
69826 मतभेद ना. मत वा राय नमिल्ने स्थिति; ठ्याक नमिल्ने वा राय बाझ्ने काम।
69827 मतमत ना. रूप, यौवन, शक्ति, सम्पन्नता आदिले मत्त भएको अवस्था; मदमत्।
69828 मतमताइ ना. मतमत हुने भाव वा क्रियाप्रक्रिया।
69829 मतमताइनु अ.क्रि. मदले मत्त होइनु।
69830 मतमताउँदो वि. १. एकदम मात्तिएको; उन्मत्त; मात लागेको।
69831 मतमताउँदो वि. २. बैँस आदिले गर्दा ज्यादै उरन्ठेउलो।
69832 मतमताउनु अ.क्रि. १. यौवनले मत्त हुनु, बैँस चढ्नु।
69833 मतमताउनु अ.क्रि. २. धन, मान, उमेर आदिले मत्त हुनु; घमन्डले मात्तिनु।
69834 मतमतान्तर ना. फरकफरक विभिन्न मत; अनेक मत; मत- मतका बिचको अन्तर।
69835 मतमुखी ना. जाँडरक्सी खाने व्यक्ति।
69836 मतया: ना. ललितपुर इलाकाको बौद्ध, विहार, चैत्यादिमा सीमित क्षेत्रमा गाईजात्राको भोलिपल्ट दिनमा घुमेर गरिने दीप- जात्रा।
69837 मतलब ना. १. आन्तिरक भाव; आशय; तात्पर्य; अभिप्राय।
69838 मतलब ना. २. कुनै भनाइको अर्थ; माने।
69839 मतलब ना. ३. आफ्नै मात्र हित सिद्ध गर्ने नियत; स्वार्।
69840 मतलब ना. ४. लक्ष्य; उद्देश्य।
69841 मतलब ना. ५. सरोकार; वास्ता; सम्बन्ध; प्रयोजन।
69842 मतलबी वि. आफ्नो मात्र मतलब सिद्ध गर्ने; स्वार्थी।
69843 मतवाला १ वि. कसैको मतका पछि लाग्ने; मतियार।
69844 मतवाला २ वि. १. मादक पदार्थ सेवन गरेको; नशा लागेको; मदमत्।
69845 मतवाला २ वि. २. वंशपरम्पराबाट नै मदिरा खाने।
69846 मतवाला २ वि. ३. विक्षिप्त; पागल।
69847 मतवाला २ वि. ४. कसैको मत वा सिद्धान्तको अनुयायी।
69848 मतवाली ना. १. जाँडरक्सी खाने जाति, मदिरा सेवन गर्ने वंश; मतमुखी।
69849 मतवाली ना. वि. २. वंशपरम्पराबाट मदिरा खाँदै गरेको।
69850 मत व्यवस्था ना. मतदानका आधारमा निर्णय गरिने शासन- व्यवस्था।