Dictionary

All Word

69851 मत सङ्ग्रह ना. कुनै आवश्यक प्रश्न, विषय, स्थिति आदिमा र प्रतिनिधिका छनोटको निर्णयका लागि सम्बन्धित व्यक्तिहरूबाट मत लिने तथा एकत्र गर्ने काम वा परिपाटी।
69852 मताधिकार ना. निर्वाचनमा नियमानुसार प्रतिनिधि छान्नका लागि मत वा भोट दिने अधिकार; राय दिने हक।
69853 मताधिकारी ना. निर्वाचनमा मतदान गर्ने अधिकार पाएको व्यक्ति; मतदाता।
69854 मतानुयायी वि. कुनै व्यक्तिको वा धार्मिक सम्प्रदायका मत वा सिद्धान्तको अनुसरण गर्ने; मतावलम्बी।
69855 मतान्तर ना. १. अर्को म।
69856 मतान्तर ना. २. अलग सम्प्रदाय।
69857 मतान्तर ना. ३. विरोधी राय वा विचार।
69858 मताप ना. १. कमबेसी नभएको चाल; एकनासको गति।
69859 मताप ना. २. उग्र वा मन्द नभएको प्रकृति, आगो आदि; सरल स्वभाव।
69860 मतापी वि. १. सधैँ मध्य गतिले चल्ने; मतापको।
69861 मतापी वि. २. सुहाउँदो; मनासिब।
69862 मतावलम्बी वि. कुनै सिद्धान्त, मत वा सम्प्रदायको अवलम्बन गर्ने; मतानुयायी।
69863 मतावली ना. कुनै खास विषय वा समस्याबारे व्यक्तिका आफ्ना विचार, दृष्टिकोण वा मत प्रकट गर्न वा सङ्कलन गर्न उपयोग गरिने प्रश्नावली।
69864 मति ना. १. ज्ञान; बुद्धि, समझ।
69865 मति ना. २. राय; मत; सम्मति।
69866 मति ना. ३. इच्छा; मनसुबा।
69867 मतिभ्रम ना. बुद्धि बिग्रने काम; बुद्धिको विभ्रम।
69868 मतिमान् वि. समझदार; बुद्धिमान्।
69869 मतियार वि. १. कसैलाई कुनै खराब काम कुरा गर्न प्रेरित गर्ने वा हौस्याउने; नराम्रो काम गर्नेका साथमा लाग्ने।
69870 मतियार वि. २. कुनै गुटबन्दीमा संलग्न।
69871 मतियारी ना. कसैको गुट वा सम्प्रदायको अनुसरण गर्ने काम; मतियार हुनाको भाव वा अवस्था।
69872 मतिशाली वि. बुद्धिमान्; समझदार।
69873 मतिहीन वि. बुद्धि नभएको; नासमझ; मूर्ख।
69874 मतुवाली ना. / वि. हे. मतवाली।
69875 मतैक्य ना. कुनै विषयमा दुई वा दुईभन्दा बढी व्यक्तिका बिच हुने एकै मत वा राय; विचारको एकता वा समानता।
69876 मतो ना. १. मिलेर गरिने सल्लाह; परामर्श।
69877 मतो ना. २. मत; राय।
69878 मतो ना. ३. समान विचार; मिल्दो म।
69879 मतो जतो ना. अठोट भएको मतो; सरसल्लाह; विचारविमर्श।
69880 मतो न जतो ना. अठोट नभएको मतो; बेसल्लाह।
69881 मतो बाँध्नु टु. केही कुरा गर्नका निम्ति सल्लाह मिलाउनु।
69882 मत्त वि. १. मात्तिएर भुईंमा खुट्टा नभएको; बढेचढेको; प्रमत्।
69883 मत्त वि. २. नशा आदिले चुर; उन्मत्त; पागल।
69884 मत्त वि. ३. घमन्डी; सेखीवाल।
69885 मत्त वि. ४. ज्यादै खुसी; अति प्रसन्न।
69886 मत्त वि. ना. ५. मतवाला।
69887 मत्त वि. ६. मत्ता हात्ती।
69888 मत्त वि. ७. भाले हात्ती।
69889 मत्त मयूर ना. १. बर्सातमा बादल गड्केको सुनेर नाच्ने मुजुर।
69890 मत्त मयूर ना. २. प्रत्येक चरणमा क्रमैले यगण, मगण, यगण, सगण र मगण हुने, पन्ध्र अक्षरको एक वार्णिक छन्द।
69891 मत्तता ना. मत्त हुनाको भाव वा अवस्था।
69892 मत्ता १ ना. १. गण्डस्थल फुटेर मद चुहिरहेको हात्ती; जवान हात्ती।
69893 मत्ता १ ना. २. भाले हात्ती।
69894 मत्ता २ ना. भाववाचक शब्द बन्दा प्रत्ययका रूपमा अन्तमा आउने शब्द (बुद्धिमत्ता, नीतिमत्ता इ.)।
69895 मत्ताइ ना. मत्ताउने भाव, क्रिया वा प्रक्रिया।
69896 मत्ताइनु अ.क्रि. मत्त होइनु।
69897 मत्ताउनु अ.क्रि. १. मत्त हुनु; मातिनु।
69898 मत्ताउनु अ.क्रि. २. मद चढ्नु; सेखी बढ्नु।
69899 मत्ताउनु अ.क्रि. ३. उन्मत्त वा विक्षिप्त हुनु; बहुलाउनु।
69900 मत्ताउनु अ.क्रि. ४. हात्तीको गण्डस्थलबाट मद फुट्नु।