Dictionary

All Word

70001 मदिरालय ना. मदिरागृह; भट्टी।
70002 मदिरोन्मत्त वि. रक्सीका नशाले चुर भएको; मदिराले मात्तिएको।
70003 मदिलो ना. अण्डाकार लाम्चिला पात हुने, पातका तल्लापट्टि चाँदीको जलप झैँ सेतो टल्कने, मञ्जरीका आकारका प्रशस्त फूल फुल्ने, दिसा खलास गर्ने औषधीका रूपमा तथा हृदयरोगमा समेत सेवन गरिने, भुईंमै लत्रेर फिँजारिएको एक बोटविशेष।
70004 मदिसा ना. चाँगे जस्तै फुल्ने, ठुलठुला, लाम्चा आकारका पात भएको, मसिना, काला रङका चेप्टा दाना फल्ने, अमलपित्त र गर्मीको औषधी मानिएको एक जातको भार।
70005 मदिसे वि. १. मदेसमा बस्ने; मदेसको बासिन्दा।
70006 मदिसे वि. २. मदेससम्बन्धी; मदेसको।
70007 मदिसे वि. ३. मध्यप्रदेशको निवासी।
70008 मदिसे काँढो ना. च्याप्टो खालको सिउँडी; मदिसे सिउँडी।
70009 मदिसे बदाम ना. एक प्रकारको बदाम; कागजी बदाम।
70010 मदिसे सिउँडी ना. रोटीजस्ता ठुला र लाम्चा पात हुने, पातबाटै अर्को पात पलाउने, पातभरि लामा र तिखा काँडा हुने एक प्रकारको सिउँडी; नागफणी; नागबिहिनी; मदिसे काँडो।
70011 मदिसे सुप ना. बास्ना आउने खालको, ठुलो जातको सुप।
70012 मदीय वि. मेरो; आफ्नो।
70013 मदुस ना. काठको ठुलो आकारको, अनेक सामान राखनधरन गर्न मिल्ने र खाटको कामसमेत लिन सकिने; ठुलो सन्दुस खाटे बाकस।
70014 मदेस / मदेश ना. हे. मधेस।
70015 मदोन्मत्त वि. १. मदिराको सेवनले मातिएको; नशाले चुर भएको; मदान्ध।
70016 मदोन्मत्त वि. २. धन, यौवन, अधिकार, मान आदिले भुईंमा खुट्टा नभएको; मदमत्।
70017 मद्दत ना. मद।
70018 मद्दतगार ना. मदतगार।
70019 मद्दतिया ना. १. सहायक व्यक्ति।
70020 मद्दतिया ना. वि. २. सहायक।
70021 मद्दती वि. मद्दत गर्ने; मदती।
70022 मद्धिम ना. मध्यम; ठिक्क; साधारण।
70023 मद्य ना. रक्सी, जाँड आदि मादक पेय पदार्थ; मदिरा; सराब।
70024 मद्य निषेध ना. १. जाँडरक्सी आदि मादक पदार्थको प्रचलनमा प्रतिबन्ध लगाउने काम।
70025 मद्य निषेध ना. २. बुद्धधर्मका पञ्चशील सिद्धान्तमध्येको एक।
70026 मद्यप वि. जाँडरक्सी पिउने; रक्सीबाज; जँड्याहा।
70027 मद्यप पान ना. जाँड, रक्सी आदि मादक पदार्थ सेवन गर्ने काम; मदिराको पान।
70028 मद्यपपायी वि. मद्यपान गर्ने; सराबी।
70029 मधानी ना. प्रायः बाँसको सरोमा चारैतिर छेडिएको च्याप्टा चारपाटे पोरा राखी नेतीले तान्दा ठेकीको दही मथ्ने साधन; मही पार्ने उपकरण; मन्थनी ; मदानी।
70030 मधाने वि. १. ठुलो र चाक्लो।
70031 मधाने वि. २. कामकुरो बिथोल्ने; अघिसरा; भाले।
70032 मधाने वि. ना. ३. लप्सीका जस्ता तर गाढा हरिया पात हुने, काठ, टेबुल, कुर्सी आदि बनाउने काममा प्रयोग गरिने एक वृक्ष।
70033 मधिसे वि. मदिसे।
70034 मधिसे काँडो ना. मदिसे काँडो; च्याप्टे सिउँडी।
70035 मधिसे सुप ना. मदिसे सुप।
70036 मधु ना. १. माहुरीले चाकामा जम्मा गरेको गुलियो पदार्थ; मह।
70037 मधु ना. २. फूलका कलिकामा जमेर बस्ने र भँवरा, माहुरी आदिले चुस्ने गुलियो रस; पुष्परस; मकरन्द।
70038 मधु ना. ३. मदिरा।
70039 मधु ना. ४. चैत- वैशाख; वसन्त ऋतु।
70040 मधु ना. ५. पानी; जल।
70041 मधु ना. ६. मदिरा बनाउने काममा प्रयोग हुने टपजस्तो आकारका फूल फुल्ने एक वृक्ष; महुवा।
70042 मधु ना. ७. पुराणअनुसार विष्णुका कानेगुजीबाट उत्पन्न भएका र विष्णुले आफ्नै जाँघमा राखेर मारेका मधु र कैटभ नामक दुई राक्षसमध्ये एक।
70043 मधु ना. ८. औषधीमा प्रयोग गरिने, सानो नली भएको, गुलियो स्वाद हुने लेकाली बुटी; जेठीमधु।
70044 मधु ना. . अमृ।
70045 मधु ना. वि. १०. मिठो; मधुर; गुलियो।
70046 मधुकर ना. १. भवँरो; भ्रमर।
70047 मधुकर ना. २. कामुक पुरुष; स्त्रीलम्पट व्यक्ति।
70048 मधुकारी ना. १. पोथी भँवरो; भ्रमरी।
70049 मधुकारी ना. २. जोगीसन्न्यासी र भाटहरूलाई दिइने पकाएका अन्नको भिक्षा।
70050 मधुकर्कटी ना. निबुवा जस्तै आकारका बास्नादार पात हुने, त्यस्तै खालको फूल फुल्ने, डल्ला हरिया, पाक्दा पहेँलो बोक्रो हुने फल फल्ने, भित्र केस्राकेस्रामा रस हुने काँडादार बोट वा त्यसैको फल।