Dictionary

All Word

70101 मध्य ना. ३. फरक; अन्तर।
70102 मध्य ना. ४. दश अरबको सङ्ख्या।
70103 मध्य ना. वि. ५. बिचको; माझको।
70104 मध्य ना. ६. मध्यस्।
70105 मध्य काल ना. प्राथमिक काल र आधुनिक कालका बिचमा पर्ने काल; मध्ययुग; माध्यमिक काल।
70106 मध्यकालिक/कालीन वि. प्राचीन काल र आधुनिक कालका बिचको; भाषाको विकासका दृष्टिले मोटामोटी रूपले सातौँ शताब्दीदेखि सत्रौँ वा अठारौँ शताब्दीका बिचको; मध्ययुगीन ; मध्ययुगको।
70107 मध्यकालिक/कालीन आर्य भाषा ना. विक्रमपूर्व पाँचौँ शताब्दीदेखि दसौँ शताब्दीसम्म प्रचलनमा आएको प्राकृत भाषा।
70108 मध्यकालिक/कालीन ऋण ना. कुनै संस्था वा राष्ट्रले दिने ऋणको अल्प, मध्य र दीर्घकालीन हिसाबले तोकेअनुसार बिचको समय तोकेर दिइएको ऋण।
70109 मध्यगत वि. बिचमा रहेको; बिचमा आएको वा ल्याइएको; मध्यस्।
70110 मध्यगति ना. तटस्थ रहने नीति वा स्थिति।
70111 मध्यजीवक ना. भूगर्भशास्त्रअनुसार संसारमा जीवको सृष्टि भएका समयको विभाजनमा दोस्रो खण्डको समय।
70112 मध्यता ना. मध्य हुनाको क्रिया, भाव, धर्म वा अवस्था।
70113 मध्यदिन ना. दिनको पूर्वार्द्धको समाप्ति र उत्तरार्द्धको प्रारम्भमा पर्ने समयरेखा; दिनको माझ; आधा दिन; मध्याहन।
70114 मध्यदेश ना. १. मदेस; मधेस।
70115 मध्यदेश ना. २. बिचमा पर्ने ठाउँ; केन्द्रस्थल।
70116 मध्यनजर ना. १. दृष्टिग।
70117 मध्यनजर ना. २. ध्यान।
70118 मध्य नूतनाश्म युग ना. भूगर्भशास्त्रअनुसार आजभन्दा तीन करोड पचास लाख वर्षपहिले प्रारम्भ भएको एक युग; नवजीवक युगभित्र पर्ने एक युग।
70119 मध्यपाषाण ना. १. अपरपुरापाषाणयुगभन्दा पछि र नवपाषाणयुगभन्दा पहिलेका मानिसहरूले प्रयोग गर्ने ढुङ्गाहरूको हतियार।
70120 मध्यपाषाण ना. २. प्रागैतिहासिक पुरातत्त्वशास्त्रका अनुसार अपरपाषाणयुग र नवपाषाणयुगका बिचको पूर्वी र दक्षिणी अफ्रिकालीहरूको व्यवसाय; ढुङ्गे व्यवसाय।
70121 मध्यपाषाण ना. ३. युरोप, उत्तरी अफ्रिका र मध्यपूर्वको मुस्तेर शैलीको हाते बन्चरो प्रयोग हुने समय।
70122 मध्य पुरापाषाण ना. पुरातत्त्वशास्त्रका अनुसार पुरापाषाण युगलाई पनि गरिएको विभाजनअनुसार दोस्रो चरण प्रयोग हुने पाषाण-औजारहरूको समय; पुरापाषाणका शाखामा दोस्रो।
70123 मध्यपूर्व ना. १. एसियाको दक्षिण तथा पश्चिम दिशामा रहेको भूभाग; इरानदेखि इजिप्टसम्मका देश।
70124 मध्यपूर्व ना. २. अफ्रिकामा पर्ने इजिप्ट, सुडान, लिबिया आदि र पश्चिमी एसियामा रहेका सउदी अरब, लेबनान, प्यालेस्टाइन, इजरायल, सिरिया आदि देश तथा तिनका वरिपरिका देशको समूह।
70125 मध्य प्रतिनूतनाश्म ना. भूगर्भशास्त्रका अनुसार प्रातिनूतनाश्म युगलाई विभाजन गर्दा पर्ने दोस्रो चरण; आजभन्दा दश लाख वर्षपहिले प्रारम्भ भएको समय।
70126 मध्य बिन्दु ना. कुनै घेरा, परिधि, वस्तु वा रेखालाई ठिक आधामा छुट्ट्याउने हिसाबले सङ्केतका लागि लगाइएको बिन्दु; बिचको बिन्दु; केन्द्रबिन्दु।
70127 मध्यम वि. १. गुण, परिमाण, स्तर आदिका दृष्टिले न घटीको न बढीको; बिचको; मझौला।
70128 मध्यम वि. २. जेठोभन्दा पछिको; माहिलो।
70129 मध्यम वि. ना. ३. सङ्गीतका सप्तस्वरमध्येको तीन सय बिस नादलहरी हुने 'म'-स्वर।
70130 मध्यम काव्य ना. भित्री व्यङ्ग्य अर्थ भए पनि वाच्यार्थलाई जित्न नसक्ने भई व्यङ्ग्यार्थ गौण भएको काव्य; गुणीभूतव्यङ्ग्य काव्य।
70131 मध्यम छँटाइ ना. साधारण किसिमको र बिच समयमा पर्ने हिसाबले बिरुवाहरू छाँटेर मिलाउने काम।
70132 मध्यम पुरुष ना. व्याकरणअनुसार आफूले कुरा गरिरहेको वा आफ्नो कुरा सुन्ने मानिस; तीन पुरुष - उत्तम, मध्यम र प्रथममध्ये एक; द्वितीय पुरुष (तँ, तिमी आदि )।
70133 मध्यमलोक ना. भूलोक; मर्त्यलोक; पृथ्वी।
70134 मध्यम वयस्क वि. आधा उमेर गुमेको; अधबैँसे।
70135 मध्यम वर्ग ना. १. बौद्धिक दृष्टिले सचेत भए पनि आर्थिक दृष्टिले पुगीसरी नआउने श्रेणीका मानिसहरूको समूह; मझौला स्तरका जनता।
70136 मध्यम वर्ग ना. २. आर्थिक दृष्टिले बिचको श्रेणीका मानिस।
70137 मध्यमवर्ण लोप ना. शब्दका माझको वर्ण लोप हुने भाषावैज्ञानिक प्रक्रिया।
70138 मध्यमा ना. १. हात वा खुट्टाका पाँच औँलामध्ये बिचको औँलो; माझी औँलो।
70139 मध्यमा ना. २. नायकका गुण वा दोषका आधारमा मानअपमान गर्ने नायिका।
70140 मध्यमा ना. ३. मध्यम श्रेणीको परीक्षा; प्रमाणपत्र वा इन्टरमिडिएट तहको परीक्षा।
70141 मध्यमा ना. ४. रजोवती स्त्री।
70142 मध्यमाङ्क ना. पूर्णाङ्कभन्दा पछिका अङ्कहरूमा प्रत्येक दशका बिचमा पर्ने अङ्क; दशमलवपछिको पाँच अङ्क।
70143 मध्यमाञ्चल ना. नेपाललाई विकासक्षेत्रका आधारमा विभाजन गर्दा बाग्मती, जनकपुर र नारायणी अञ्चललाई गाभेर बनाइएको एक क्षेत्र।
70144 मध्यमुण्ड ना. नृतत्त्व - शास्त्रअनुसार मझौला आकारको मुण्ड।
70145 मध्ययुग ना. एसिया र युरोपको इतिहासका आधारमा सभ्यता, संस्कृति, शिक्षा आदिका दृष्टिले इसाका सातौँदेखि सत्रौँ शताब्दीसम्मको समय; प्राचीन र आधुनिक कालका बिचको काल; मध्यकाल।
70146 मध्ययुगीन वि. मध्ययुगसम्बन्धी; मध्यकालको।
70147 मध्यरात ना. रातको पूर्वार्द्ध र उत्तरार्द्धका बिचको समय; रातका बिचको समय; आधा रा।
70148 मध्यरात्र/ मध्यरात्रि ना. मध्यरा।
70149 मध्यवर्ती वि. १. बिचमा रहेको; मझमा रहेको; मध्यस्।
70150 मध्यवर्ती वि. २. कुनै पनि पक्षमा नलाग्ने; तटस्।