Dictionary

All Word

70201 मनगढन्ते वि. मन गढन्।
70202 मनग्गे/मनग्य वि. मनले चिताएजति; प्रशस्त; यथेष्ट; पउल; पुग्दो; छ्यालब्याल।
70203 मनचरी ना. १. मनको चञ्चलता; मानसिक अस्थिरता।
70204 मनचरी ना. २. मनरूपी चरो; मन।
70205 मनचिन्ते वि. मनले चिताएजस्तो दिने; मनले चिताएजति; मनमाफिकको; इच्छाअनुसारको।
70206 मनचिन्ते झोली ना. मनले चिताएको कुरा तुरुन्तै झिक्न सकिने भनी प्रसिद्ध, एक प्रकारको काल्पनिक झोली (दन्त्यकथा आदिमा प्रचलित)।
70207 मनतातो वि. सहन सकिनेजति तातो; केही मात्र तातो; अलिअलि तातो।
70208 मनन ना. १. मन लगाएर कुनै कुरा सोच्नेसम्झने काम वा प्रयास; गौरसाथको सोचाइ; विचार; चिन्तन।
70209 मनन ना. २. अनुमान; अन्दाज; अडकल।
70210 मननशील वि. मनन गर्ने स्वभावको; सोचविचार गर्ने आदत भएको; चिन्तनशील; विचारशील।
70211 मननीय वि. मनन गर्न योग्य; सोच्न लायक; विचारणीय।
70212 मन पर्नु अ.क्रि. १. रुचिकर हुनु; चित्तबुझ्दो हुनु; हृदयले स्वीकार गर्नु।
70213 मन पर्नु अ.क्रि. स.क्रि. २. मन पराउनु; दिलदेखि नै चाहना गर्नु।
70214 मन पराइ ना. मनपर्ने भाव, क्रिया वा प्रक्रिया।
70215 मनपरी क्रि.वि. १. राम्रोनराम्रो, असलखराब केही नसोचेर; मनलागी; मनपर्दी; मनमानी।
70216 मनपरी क्रि.वि. वि. २. जस्तो मन लाग्यो त्यस्तो; उटपट्याङ चालको; जथाभाबी।
70217 मनपर्दी क्रि.वि. १. मनपरी; जथाभाबी।
70218 मनपर्दी क्रि.वि. वि. २. मनले चाहेकी वा रुचाएकी; प्रिय लाग्ने (स्त्री.)।
70219 मनपर्दो वि. १. मनले चाहेको वा रुचाएको; प्रिय; चित्तबुझ्दो।
70220 मनपर्दो वि. क्रि.वि. २. मनपरी; जथाभाबी।
70221 मनपाहा ना. लामालामा खुट्टा, लाम्चो शरीर र जालीदार पन्जा हुने एक प्रकारको लेकाली भ्यागुतो।
70222 मनपुत वि. मनले पवित्र वा शुद्ध ठहऱ्याएको; अन्तरात्माले अनुमोदन गरेको।
70223 मनपेट ना. भित्री आशय वा अभिलाषा; मन र हृदय; आँतभेउ।
70224 मनबहलाउ ना. कुनै कुरामा मनलाई संलग्न गरी प्रसन्न रहने वा समय काट्ने काम - काइदा।
70225 मनभोग ना. सुजी, मैदा आदि घिउमा भुटी चिनी, दुध आदि हालेर पकाइने स्वादिष्ठ नरम खानेकुरो; हलुवा।
70226 मनमती ना. काठमाडौँ उपत्यकाको ईशान कोणमा रहेको मणिचूड पर्वतबाट निस्की काठमाडौँ र भक्तपुरको बिचबाट बग्ने एक नदी; मनहरा।
70227 मनमन क्रि.वि. अरूले नसुन्ने गरी; मनमा मात्र; आफैमा।
70228 मनमनै क्रि.वि. मनमनमा; मनभित्रै (मनमन हर्क डोली चढी लर्क - उखान)।
70229 मनमानी क्रि.वि. इच्छाअनुसार; मनपरी; मनलागी; जथाभाबी।
70230 मनमुटाउ ना. दुई थरीका बिच मनमनै हुने फाटो; वैमनस्य; अमेल।
70231 मनमोज ना. १. मनले चाहेको जस्तो आनन्द वा सुख; मनमाफिकको मोज; मनमौज।
70232 मनमोज ना. वि. २. मनले चिताएजस्तो; मनपर्दी।
70233 मनमोजी वि. १. मनले चाहेको जस्तो मोज गर्ने; मनमोजमा लाग्ने; मनमौजी।
70234 मनमोजी वि. २. निश्चिन्त; अलमस्।
70235 मनमोहक वि. १. मनोहर; सुन्दर।
70236 मनमोहक वि. २. मनलाई मोहित पार्ने।
70237 मनमोहकता ना. मनमोहक हुनाको भाव, अवस्था वा विशेषता।
70238 मनमौज ना. हे. मनमौज।
70239 मनमैजी वि. मनमोजी।
70240 मन रत्यौली ना. मनको रत्याइ; मनोरञ्जन; मनोविनोद; मोजमज्जा।
70241 मनलागी क्रि.वि. जस्तो मन लाग्यो त्यस्तै गरेर; मनपरी; जथाभाबी।
70242 मनशक्ति ना. मानसिक शक्ति; मनोबल।
70243 मनशिला ना. आयुर्वेदीय औषधीमा प्रयोग गरिने एक प्रशोधित खनिजपदार्थ; मैनसिल।
70244 मनश्चक्षु ना. १. भित्री मनको आँखा; अन्तर्दृष्टि।
70245 मनश्चक्षु ना. २. ज्ञान; विवेक।
70246 मनश्चिकित्सक ना. मानसिक रोगको उपचार गर्ने चिकित्सक वा डाक्टर।
70247 मनश्चिकित्सा ना. मनोविज्ञानका क्षेत्रमा रोगीको मनको विश्लेषण गरी औषधोपचार गर्ने एक विशेष चिकित्साविधि; मनको उपचार।
70248 मन संस्कार ना. मनको परिष्कार; चित्तशुद्धि।
70249 मनसा १ क्रि.वि. १. मनले मनद्वारा; मनबाट।
70250 मनसा १ क्रि.वि. ना. २. कश्यपकी एक छोरीको नाम; नागराज अनन्तकी बहिनी तथा जरत्कारु मुनिकी पत्नी।