Dictionary

All Word

70151 मध्यवर्ती वि. ३. कुनै वृत्त वा रेखालाई बराबरी पार्ने गरी बिचमा सङ्केतको रूपमा रहेको (बिन्दु)।
70152 मध्यवर्ती वि. ४. कुनै भुजाको शीर्षबिन्दुबाट सम्मुख भुजाको मध्य बिन्दुमा पारी खिचिएको (रेखा)।
70153 मध्यवित्त वि. आर्थिक दृष्टिले मझौला स्तर भएको; न धनी न गरीब।
70154 मध्यवित्त वर्ग ना. मध्यवित्त भएका मानिसहरूको समूह; मध्यम वर्ग।
70155 मध्यवित्त समाज ना. मध्यवित्त वर्ग।
70156 मध्य व्यञ्जनागम ना. माझमा व्यञ्जन थपिने भाषावैज्ञानिक प्रक्रिया।
70157 मध्य सप्तक ना. सङ्गीतशास्त्रका अनुसार स्वरहरूको सामान्य उच्चारण हुने अवस्था।
70158 मध्यस्थ वि. १. बिचमा रहेको; माझको।
70159 मध्यस्थ वि. २. कसैको पक्षमा नलाग्ने, तटस्थ; उदासीन।
70160 मध्यस्थ वि. ना. ३. दुई पक्षका बिचमा रही कुनै विवादको निर्णय गर्ने वा झगडा आदि मिलाउने व्यक्ति।
70161 मध्यस्थता ना. खेल, वादविवाद, मुद्दामामिला आदिमा दुई थरीका बिचमा रही हारजितको निर्णय गर्ने वा मिलाउने काम; मध्यस्थको काम।
70162 मध्यस्थता ना. २. मध्यस्थ हुनाको भाव वा अवस्था।
70163 मध्यस्थ निर्णय ना. कुनै पक्षविपक्षका बिचमा उठेको विवादमा दुवै पक्षलाई मर्का नपर्ने हिसाबले गरिने निर्णय वा फैसला।
70164 मध्यस्वर लोप ना. कुनै शब्दका व्यञ्जनका बिचमा रहेको स्वरध्वनिको लोप हुने काम (जस्तै- समाचार > सम्चार, तमसुक > तम्सुक आदि)।
70165 मध्य स्वरागम ना. शब्दका बिचमा दुवैतिरका व्यञ्जनध्वनिका बिचमा स्वर थपिन आउने काम ( जस्तै- क्रिया > किरिया, प्लेट > पिलेट)।
70166 मध्या ना. १. यौवन चढेकी, केही धृष्ट र कम लज्जालु नायिका; मझौली खालकी नायिका।
70167 मध्या ना. २. रजस्वला भइसकेकी स्त्री।
70168 मध्या ना. ३. हात वा गोडाका सबैभन्दा लामो औँला; माझीऔँला।
70169 मध्या ना. ४. छन्दशास्त्रअनुसार प्रत्येक चरणमा तीन अक्षर हुने एक वर्णवृत्।
70170 मध्यानी ना. १. दिनको ठिक मध्य समय; आधा दिन।
70171 मध्यानी ना. २. पुराण, यज्ञ आदिमा दिउँसो केही क्षणसम्म विश्राम गर्ने समय; मध्यान्तर; मध्याह्न।
70172 मध्यान्तर ना. चलिरहेको कुनै कार्यक्रम थोरै बेर विश्रामका लागि रोकिने समय; बिचको विश्राम; मध्य- समय।
70173 मध्यान्न ना. मध्याह्न; दोपहर।
70174 मध्यावकाश ना. चालु कार्यक्रमलाई स्थगित राखेर केही छिनका लागि गरिने विश्राम; मध्यान्तर; अल्पावकाश।
70175 मध्यावधि ना. १. बिचको अवधि वा समय।
70176 मध्यावधि ना. २. कुनै खास योजना वा कार्यक्रमका कार्यान्वयनको बिचको चरण वा अवस्था।
70177 मध्यावधि चुनाव ना. निर्धारित अवधिका लागि चुनिएका सदस्यहरूद्वारा गठित प्रतिनिधिसभा आदिको समय पूर्ण नहुँदै विशेष परिस्थितिवश बिचैमा हुने अर्को चुनाव वा निर्वाचन।
70178 मध्यावधि मूल्याङ्कन ना. त्यस चरणमा गरिने कार्यप्रगतिको मूल्याङ्कन वा लेखाजोखा।
70179 मध्यासव ना. १. धयेँराका फूलमा लाग्ने गुलियो रस; धयेँराको पुष्परस।
70180 मध्यासव ना. २. पानी र मह मिलाएर बनाइने एक किसिमको मद।
70181 मध्याह्न ना. दिनको बिचको समय; आधा दिनको बेला; मध्यदिन; मध्यानी।
70182 मध्याह्न रेखा ना. हे. देशान्तररेखा।
70183 मध्याह्नोत्तर ना. दिनको आधा भाग बितिसकेपछिको समय; अपराह्ण।
70184 मध्ये ना.यो. कुनै वस्तु वा समूहका माझमा; धेरै वा अनेकका बिचमा।
70185 मध्ये ना.यो. (उदा.- पाठ्यक्रममा निर्धारित विभिन्न विषयमध्ये आफूलाई मन परेको विषय रोज्नुपर्छ)।
70186 मध्वाचार्य ना. दक्षिणी भारतमा प्रचलित वैष्णव सम्प्रदायका प्रवर्तक एक प्रसिद्ध आचार्य; वैष्णवाचार्य।
70187 मन १ ना. माने चालिस सेर वजन बराबरको तौल वा परिमाण।
70188 मन २ ना. १. प्रणीहरूको अनुभव, इच्छा, बोध, विचार, सङ्कल्प-विकल्प आदिलाई नियन्त्रित तथा परिचालित गर्ने अन्तकरणको अंश वा वृत्ति, नाक, कान, आँखा आदिबाट थाहा पाइने कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय; अन्तःकरण; चित्त; दिल; हृदय।
70189 मन २ ना. २. इच्छा; कामना; अभिलाषा; रुचि।
70190 मन २ ना. ३. स्वभाव; प्रकृति।
70191 मन २ ना. ४. आशय; इरादा; विचार।
70192 मनकन्थे वि. मनले कथेको; मनगढन्।
70193 मनकल्पाइ ना. मन कल्पने काम वा भाव; अग्घोर चाहना।
70194 मनकल्पित वि. मनगढन्त; मनचिन्ते।
70195 मनकान्छे ना. मनको आकाङ्क्षा; मानसिक इच्छा वा आकाङ्क्षा; मनको धोको; मनोर।
70196 मनकामना ना. १. नेपालको गण्डकी अञ्चलअन्तर्गत गोरखा जिल्लामा अवस्थित एक प्रसिद्ध भगवती।
70197 मनकामना ना. २. मनको इच्छा वा अभिलाषा; मनकान्छे; मनोकामना।
70198 मनकारी वि. फुक्का दिलको; उदार मन भएको; दिलदार।
70199 मनखत ना. मनमा लागेको चोट; मानसिक दुःख; खेद।
70200 मनगढन्त वि. मनमा गढेको; मनले कल्पना गरेको; कपोलकल्पित; निराधार।