Dictionary

All Word

70051 मधुकोश ना. १. माहुरीले मह सञ्चय गर्ने चाका; महको घार।
70052 मधुकोश ना. २. फूलको परागमन्तिर पुष्परस जम्ने ठाउँ; रसकुड्मल।
70053 मधुप ना. १. भवँरो।
70054 मधुप ना. २. माहुरी।
70055 मधुप ना. वि. ३. मद्यपान गर्ने; रक्सीबाज; सराबी।
70056 मधुपर्क ना. मह, घिउ, चिनी, सखर र जल मिलाएर बनाइएको, देवता, वर, अतिथि आदिलाई अर्पण गरिने पदार्थ; घिउ, मह र चिनीको मिश्रण।
70057 मधुप्राशन ना. नवजात बालकलाई पहिलोपल्ट मह, घिउ चटाउने एक संस्कार।
70058 मधुबिमिरो ना. पहाडखण्डमा हुने, बोक्रो बाक्लो भएको निबुवाभन्दा केही ठुलो फल लाग्ने एक बोट; त्यसकै फल।
70059 मधुबिमिरो ना. पहाडखण्डमा हुने, बोक्रो बाक्लो भएको निबुवाभन्दा केही ठुलो फल लाग्ने एक बोट; त्यसकै फल।
70060 मधुमक्खी / मक्षिका / मक्षी ना. माहुरी।
70061 मधुमती ना. योगशास्त्रअनुसार रजोगुण र तमोगुणको नाश भएर सत्त्वगुणको पूर्ण प्रकाश हुने मनको स्थिति।
70062 मधुमय वि. मधु वा मिठासले युक्त; गुलियो रसले भरिएको।
70063 मधुमल्लिका ना. मालतीको लता; मधुमालतीको लहरो।
70064 मधुमाधव ना. चैत्र र वैशाख दुई महिना ; वसन्त ऋतु।
70065 मधुमालती ना. १. भेट्नु खस्रो भएको ठुला पात हुने, झुप्पो भएर फूल फुल्ने जलन, कफ, वातज्वर आदिमा औषधी हुने एक जातको बोट वा त्यसकै फूल।
70066 मधुमालती ना. २. प्राचीन आख्यानमा प्रसिद्ध एक सुन्दरी युवती; सोही नामको नेपाली आख्यान।
70067 मधुमास ना. १. चैत्र महिना।
70068 मधुमास ना. २. वसन्त याम।
70069 मधुमेह ना. पिसाबसँगै महजस्तो केही बाक्लो तरल पदार्थ आउने रोग; प्रदरको रोग; प्रमेह।
70070 मधुर वि. १. मिठो महक भएको; स्वादिलो।
70071 मधुर वि. २. सुन्दा कानलाई आनन्द दिने; कर्णप्रिय (बोली)।
70072 मधुर वि. ३. कोमल; मृदु।
70073 मधुर वि. ४. मधुरो; मन्द; हल्का।
70074 मधुर वि. ना. ५. मिठो स्वाद; मिठास।
70075 मधुरता/त्व ना. मधुर हुनाको भाव वा अवस्था; मिठोपन; माधुर्य।
70076 मधुरभाषी वि. मिठो बोली बोल्ने; मृदुभाषी।
70077 मधुरस वि. १. मधुर रस भएको; मिठो।
70078 मधुरस वि. २. गुलियो।
70079 मधुरस वि. ना. ३. मह।
70080 मधुरिमा ना. माधुर्य; मधुरता; मिठास।
70081 मधुरो वि. १. चर्को राप वा ताप नभएको; मिठो वा न्यानो लाग्ने (घाम, आगो आदि)।
70082 मधुरो वि. २. हल्का खालको; बिस्तारै चल्ने; मत्थर; मन्द (हावा आदि)।
70083 मधुरो वि. ३. गुलियो वा पिरो आदि अलिअलि मात्र लागेको ( खानेकुरो )।
70084 मधुरो वि. ४. हलौँ खालको बास्ना भएको (कमल, गुलाफ आदिका फूलको जस्तो )।
70085 मधुरो वि. ५. सुन्दा राम्रो वा मिठो लाग्ने (कुरो)।
70086 मधुरो वि. ६. मधुर; मिठो।
70087 मधुशाला ना. जाँडरक्सी आदि मादक पदार्थ बनाउने, बेच्ने वा खाने ठाउँ; मदिरागृह; भट्टी; बार।
70088 मधुश्री ना. वसन्त ऋतुको आनन्ददायक सौन्दय; वसन्तशोभा।
70089 मधुसार ना. चिनी र यस्तै तागतदार वस्तु।
70090 मधुसूदन ना. मधु नामक राक्षसलाई मार्ने देवता; विष्णु।
70091 मधूलिका ना. १. जेठीमधु।
70092 मधूलिका ना. २. गहुँबाट बनाइएको रक्सी।
70093 मधेस ना. १. अग्लो होचो र डाँडाकाँडा नभएको,एकदम समथर भूमि; तराई; मधेश।
70094 मधेस ना. २. हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टि पर्ने समथर भूभागको पुरानो नाउँ; मध्यप्रदेश।
70095 मधेसी वि. १. मदेसमा बस्ने; मदेसको बासिन्दा।
70096 मधेसी वि. २. मदेसको; मदेससँग सम्बन्धि।
70097 मधौरु/मधौरो ना. रोगले थला परेको व्यक्ति वा प्राणी; रोगी; बिरामी।
70098 मधौरु/मधौरो ना. (भूतले पाएको मधौरु बाँच्न सक्तैन - उखान)।
70099 मध्य ना. १. कुनै चिजको बिचको भाग; माझ; केन्द्र।
70100 मध्य ना. २. शरीरको मध्यभाग; कटि; कमर।