Dictionary

All Word

69951 मद १ ना. १. मुख्य कार्यालय वा संस्थाको वर्गीकृत; विभाग फाँट।
69952 मद १ ना. २. रकम; बजेट।
69953 मद २ ना. १. मादक पदार्थको सेवनबाट उत्पन्न मानसिक विकृति; नशा।
69954 मद २ ना. २. धन, सम्पत्ति, रूप, यौवन, अधिकार आदिबाट हुने घमन्ड; अभिमान।
69955 मद २ ना. ३. हात्तीको गण्डस्थल फुटी निस्कने गन्धयुक्त तरल पदार्।
69956 मद २ ना. ४. जाँडरक्सी आदि मादक पदार्थ; मदिरा।
69957 मद २ ना. ५. नाभिमा सुवासयुक्त दाना हुने एक मृगविशेष; कस्तूरी।
69958 मद २ ना. ६. वीर्य।
69959 मद कल वि. १. मदले मधुर आवाज गर्ने; मधुर स्वरको।
69960 मद कल वि. २. मदले मात्तिएको; मदोन्मत्त; मदमत्।
69961 मद जल ना. हात्तीको गण्डस्थलबाट चुहुने तरल पदार्थ; मदवारि।
69962 मदत/मदद ना. एकले अर्कालाई गर्ने सहयोग; सहायता; सहारा।
69963 मदत/मददगार वि. १. अर्कालाई सघाउने भावना भएको; मदत दिने; सहायक।
69964 मदत/मददगार वि. २. मतियार; साथी।
69965 मदती वि. मदत पुऱ्याउने; मदतगार; सहायक।
69966 मदन ना. १. रतिको पति; कामदेव।
69967 मदन ना. २. भँवरो; भ्रमर।
69968 मदन ना. ३. मैना चरो।
69969 मदन ना. ४. प्रेम।
69970 मदन ना. ५. मइन- फल।
69971 मदन गृह ना. भग; योनि।
69972 मदन पुरस्कार ना. मदन शमशेरकी पत्नी जगदम्बाले आफ्ना पतिका नाममा स्थापना गरेको, नेपाली वाङ्मयका विशिष्ट साधकका उत्कृष्ट कृतिलाई प्रदान गरिने एक पुरस्कार।
69973 मदनोत्सव ना. १. वसन्त ऋतुमा कामदेवको अर्चना गरी मनाइने विशेष उत्सव।
69974 मदनोत्सव ना. २. फागु; होलिकोत्सव।
69975 मद भट्टी ना. १. रक्सीको उत्पादन र वितरण गरिने कारखाना।
69976 मद भट्टी ना. २. रक्सीपसल; सराबखाना।
69977 मदमत्त वि. १. धन, यौवन, अधिकार आदिको घमन्डले मात्तिएको; मदले मत्।
69978 मदमत्त वि. २. घमन्डी; सेखीवाल।
69979 मदरसा ना. पाठशाला।
69980 मदलेन ना. मदलेन मानवले प्रयोग गरेको एक पुरातात्त्विक उपकरण।
69981 मदलेन मानव ना. नृतत्त्वशास्त्रअनुसार फ्रान्सको वेजेर नदीको उपत्यकामा भएको एक मानवजाति; बल्छीको आविष्कार गर्ने जाति।
69982 मदवारि ना. हे. मदजल।
69983 मद विकृति ना. नशालु वा यस्तै वस्तुको सेवनबाट बुद्धिमा पर्ने असर; मतिभ्रम।
69984 मदसार ना. रासायनिक क्रियाबाट देखा पर्ने एक अर्गानिक यौगिक पदार्।
69985 मदाना ना. रुबिएसी समूहमा पर्ने एक किसिमको वन्य फल; मइनफल।
69986 मदानी ना. हे. मधानी।
69987 मदान्ध वि. १. मद वा कामवासनाले आँखै नदेख्ने भएको; जवानीले मातिएको।
69988 मदान्ध वि. २. मदमत्त; विवेकहीन।
69989 मदारी ना. चटके; चटक देखाउने व्यक्ति।
69990 मदालस वि. मद वा नशाले अल्छी भएको; लट्ठिएको।
69991 मदिना ना. अरबको प्रसिद्ध सहर, जहाँ हजरत महम्मदले आश्रय लिएका थिए।
69992 मदिर वि. १. नशा लाग्ने।
69993 मदिर वि. २. आनन्द दिने।
69994 मदिर वि. ३. नयनाभिराम।
69995 मदिरा ना. १. जाँडरक्सी आदि नशालु पदार्थ; मद्य; सराब।
69996 मदिरा ना. २. सात भगण र अन्तमा एक गुरु भएको बाइसअक्षरे वार्णिक छन्द।
69997 मदिराक्ष वि. मदले लट्ठिएका आँखा भएको; मत्तलोचन।
69998 मदिराक्षी वि. १. मदले लट्ठिएका आँखा हुने (स्त्री)।
69999 मदिराक्षी वि. २. जादूले जस्तो आकर्षण गर्ने आँखा भएकी (युवती)।
70000 मदिराक्षी गृह ना. जाँडरक्सी बनाउने, बेच्ने वा बसेर खाने ठाउँ; भट्टी; बार।