Dictionary

All Word

69651 मञ्जूषा ना. २. मजिटो।
69652 मटक ना. १. अभिरुचि; इच्छा।
69653 मटक ना. २. घिउ, बोसो आदि खाएर हराएको अरू चिज खाने इच्छा; अमन।
69654 मटकिलो ना. १. माटाको ढिस्को; माटाको थुप्रो।
69655 मटकिलो ना. २. माटोजस्तो वा माटाको रङको; माटो मिसिएको।
69656 मटकिलो ना. ३. चहक नभएको; मटमैलो।
69657 मटक्क क्रि.वि. १. बेसरी निमोठ्ने वा निचोर्ने गरी।
69658 मटक्क क्रि.वि. २. अरुचि भएर।
69659 मटर १ ना. ठुलठुला दाना हुने सेतो केराउ; ठुलो केराउ।
69660 मटर २ ना. मोटर (लोकजिब्रो अनुसार।)।
69661 मटमैलो ना. हे. मटकिलो।
69662 मटान ना. घरमा कोठाबाहिर रहेको खाली ठाउँ; तलामा कोठा नबारी खुला छाडिएको ठाउँ।
69663 मटितेल ना. लाल्टिन, टुकी, स्टोभ आदिमा हालेर बाल्न उपयोग गरिने प्रसिद्ध खनिज तरल पदार्थ; मट्टीतेल।
69664 मटिनु क.क्रि. माटोजस्तो हुनु; हे. माटिनु।
69665 मटिया ना. माटाको सानो भाँडो (घैँटो, गोल्फु आदि)।
69666 मटिया मेट ना. नामनिसानै नरहने हिसाबले मासिने काम; नामेट हुने काम; सखाप।
69667 मटिलो वि. पत्थर, बालुवा आदि नभई मलिलो माटैमाटो भएको; मट्याइलो।
69668 मटिहानी ना. १. सीताको बिहे हुँदा वेदी बनाउन माटो लगिएको भनिने र बर्सेनि रामजानकीको विवाहोत्सव हुने, जनकपुर धामका दक्षिणपूर्वमा रहेको एक प्रसिद्ध ठाउँ।
69669 मटिहानी ना. २. सोही ठाउँमा रहेको प्रसिद्ध एक मठ वा उक्त मठवरिपरि पर्ने गाउँ।
69670 मटीतेल ना. हे. मटितेल।
69671 मटे ना. माटाको सानो भाँडो वा भुँड्को।
69672 मटेइलो वि. राम्रो माटो भएको; माटैमाटो भएको; मटिलो।
69673 मटेउलो वि. मटिलो; मट्यौलो।
69674 मटेङ्ग्रो ना. मट्याङ्ग्रो; माटाको सानो गोली।
69675 मट्क्यानु ना. माटाको खानी।
69676 मट्टिनु अ.क्रि. कुनै वस्तु सडेर वा गलेर माटो हुनु; कामै नलाग्ने हुनु।
69677 मट्टी ना. १. मृत्तिका; माटो।
69678 मट्टी ना. २. मृत्युस्थान; मर्ने ठाउँ।
69679 मट्टी ना. ३. शव; लास।
69680 मट्टी तेल ना. मटीतेल।
69681 मट्टी दिनु स.क्रि. मुर्दालाई गाड्नु।
69682 मट्टै क्रि.वि. १. चाहिएभन्दा पनि धेरै हुने; सस्तै; छेलोखेलो।
69683 मट्टै क्रि.वि. २. तुरुन्तै; झट्टै।
69684 मट्ठा ना. १. पानी, चिनी आदि मिसाएर दहीलाई मन्थन गरी तयार पारिएको पेय पदार्।
69685 मट्ठा ना. २. नौनी झिकिसकेपछि बचेको तरल वस्तु; मही।
69686 मट्याइ ना. १. माटोमा मिल्ने वा मटिने क्रियाप्रक्रिया।
69687 मट्याइ ना. [मट्याउ+आइ] २. मट्याउने क्रिया वा प्रक्रिया।
69688 मट्याइनु क.क्रि. माटो पारिनु।
69689 मट्याइलो वि. मटेइलो; मट्यौलो; मटिलो।
69690 मट्याउनु स.क्रि. / प्रे. क्रि. माटो बराबर पार्नु; माटो झैँ पारी सडाउनु; मटिने पार्नु।
69691 मट्याङ्ग्रे वि. मट्याङ्ग्रोजस्तो; सानो काँटीको; पुसुने (मान्छे, बस्तुभाउ आदि)।
69692 मट्याङ्ग्रो ना. आगोमा पोली साह्रो पारेको माटाको डल्लो; गुलेलीमा राखेर हान्ने गोली।
69693 मट्यौलो वि. माटैमाटो भएको; मट्याइलो।
69694 मठ १ ना. धनु, गुलेलीजस्ता हतियारको समात्ने ठाउँमा जोडिएको काठको लाम्चो टुक्रो; धनु वा गुलेलीको समात्ने ठाउँ; मुठ।
69695 मठ २ ना. १. जोगीसन्न्यासी वा सन्तमहन्त बस्ने ठाउँ; साधुहरूको आश्रम।
69696 मठ २ ना. २. अध्ययन गर्ने विद्यार्थी वा वटुहरू बस्ने ठाउँ; गुरुकुल।
69697 मठ २ ना. ३. देवदेवीको मन्दिर; देवालय।
69698 मठ २ ना. ४. प्रायः घरको आँगनमा तुलसी रोप्न अग्लो पारी बनाइएको चौकी; तुलसी रोप्ने ठाउँ।
69699 मठ २ ना. ५. योगी वा तपस्वीहरूको पुरश्चरण गर्ने ठाउँ।
69700 मठधारी ना. मठको प्रधान व्यक्ति; मठाधीश; महन्।