Dictionary

All Word

69501 मङ्गला ना. ३. योगिनी दशाका आठवटा योगिनीमध्ये चन्द्रमाकी पत्नी मानिने पहिलो दशा; अष्टयोगिनीमध्ये एक योगिनी।
69502 मङ्गलाचरण ना. १. कुनै मङ्गलकार्यको प्रारम्भमा पढिने वा गाइने मन्त्र वा श्लोक।
69503 मङ्गलाचरण ना. २. ग्रन्थको आरम्भमा मङ्गल- कामना तथा सफल समाप्तिका निम्ति लेखिने पद्य।
69504 मङ्गलामुखी ना. रन्डी, वेश्या (व्यङ्ग्यार्थमा)।
69505 मङ्गलिनी ना. विवाह आदि शुभ कार्यमा मङ्गलगान गाउने स्त्री; मङ्गलेनी।
69506 मङ्गलु ना. मङ्गलकार्यमा गाइने गीत; मङ्गलगान।
69507 मङ्गले वि. १. मङ्गलगीत गाउने।
69508 मङ्गले वि. २. मङ्गलवार जन्मेको; मङ्गलबारे।
69509 मङ्गले वि. स्त्री. मङ्गली।
69510 मङ्गलेनी ना. मङ्गलगान गर्ने स्त्री; मङ्गलिनी।
69511 मङ्गलेरी वि. मङ्गल गीत गाउने (महिला); मङ्गलेनी।
69512 मङ्गाल ना. ढलको पानी छानेर निकासी गरिने खाल्टो।
69513 मङ्गोल ना. १. अनुहार चेप्टो र नाक थेप्चो हुने मङ्गोलिया आदिम थलो भएको भोटबर्मेली भाषा - परिवारसमूहको एक जाति।
69514 मङ्गोल ना. वि. २. उक्त जातिको।
69515 मङ्सिर ना. वर्षको आठौँ महिना; कात्तिक र पुसका बिचमा पर्ने महिना; मार्गमास।
69516 मचक ना. कुल्चाइथिचाइको चाल।
69517 मचक्क क्रि.वि. १. कुनै ठाउँमा बलियो किसिमले खुट्टा टेक्ने गरी।
69518 मचक्क क्रि.वि. २. गह्रौँ वस्तु लच्कँदाको आवाज निस्केर; मच्याक्क।
69519 मचकमचक क्रि.वि. मचक्को चाल बराबर हुने गरी।
69520 मचमच क्रि.वि. १. दह्रो पाइलाले बिस्तारै टेकेर हिँड्ने गरी।
69521 मचमच क्रि.वि. २. लुगाफाटा धुँदा बेसरी मिचमाच पारेर।
69522 मचमच क्रि.वि. ३. च्याप्पच्याप्प समाएर गोडा मिच्ने गरी।
69523 मचमच क्रि.वि. ४. कुनै लचिलो पदार्थमा भार पर्नाले शब्द आउने किसिमसँग।
69524 मङ्सिर ना. वर्षको आठौँ महिना; कात्तिक र पुसका बिचमा पर्ने महिना; मार्गमास।
69525 मचक ना. कुल्चाइथिचाइको चाल।
69526 मचक्क क्रि.वि. १. कुनै ठाउँमा बलियो किसिमले खुट्टा टेक्ने गरी।
69527 मचक्क क्रि.वि. २. गह्रौँ वस्तु लच्कँदाको आवाज निस्केर; मच्याक्क।
69528 मचकमचक क्रि.वि. मचक्को चाल बराबर हुने गरी।
69529 मचमच क्रि.वि. १. दह्रो पाइलाले बिस्तारै टेकेर हिँड्ने गरी।
69530 मचमच क्रि.वि. २. लुगाफाटा धुँदा बेसरी मिचमाच पारेर।
69531 मचमच क्रि.वि. ३. च्याप्पच्याप्प समाएर गोडा मिच्ने गरी।
69532 मचमच क्रि.वि. ४. कुनै लचिलो पदार्थमा भार पर्नाले शब्द आउने किसिमसँग।
69533 मचमचती/ मचमची क्रि.वि. अझै तीव्र रूपमा मचमच पारेर।
69534 मचाकथी प्रायः छ महिनाभित्रका बालकलाई घाममा सुताउन, खेलाउन वा झिँगा, भुसुनाका दुःख हटाउन तीनवटा नरकट ठड्याई वरिपरि कपडा अल्झाइने चुच्चे आकारको तीनखुट्टे साधन।
69535 मचान ना. १. खाँबा गाडेर फल्याक बिछ्याई बनाइएको बस्ने वा घाँस- पराल आदि राख्ने ठाउँ।
69536 मचान ना. २. ठुलो र अग्लो टाँड; मञ्च।
69537 मचान ना. २. सिकार पर्खेर बस्ने अग्लो ठाउँ।
69538 मचिया ना. एक जना मात्र सुत्न हुने खटियाका छाँटको चारखुट्टे आसन; सानो खटिया।
69539 मच्कनु अ.क्रि. १. घर, खाट, टॉड आदिका दलिन थर्केर वा भार बढ्ता भएर लच्कनु; मच्किनु।
69540 मच्कनु अ.क्रि. २. कुनै गह्रौँ वस्तु हल्लेर लच्कनु वा नुहुनु।
69541 मच्कनु अ.क्रि. ३. सङ्कोच मान्नु; धक मान्नु।
69542 मच्काइ ना. १. मच्कने भाव, क्रिया वा प्रक्रिया।
69543 मच्काइ ना. [मच्काउ + आइ] २. मच्काउने भाव, क्रिया वा प्रक्रिया।
69544 मच्काइनु क.क्रि. मच्कने पारिनु।
69545 मच्काउनु प्रे. क्रि. मच्कने पार्नु; लच्काउनु; नुहाउनु।
69546 मच्किनु क.क्रि. मच्कने होइनु।
69547 मच्चनु अ.क्रि. १. पिङ, रुख, लहरा आदिमा समातेर खुब हल्लनु; झुल्नु।
69548 मच्चनु अ.क्रि. २. कुनै कामकुरामा सुरिएर लाग्नु।
69549 मच्चनु अ.क्रि. ३. कस्सिएर कतै हिँड्नु।
69550 मच्चनु अ.क्रि. ४. एकदमै खैलाबैला हुनु; होहल्ला चम्कनु।