Dictionary

All Word

69451 मगराँत/मगरात ना. विशेष रूपमा मगरहरूको बसोबासो तथा प्राचीन राज्य भएको क्षेत्र।
69452 मगही वि. १. मगधप्रदेशमा हुने; मगध- प्रदेशसम्बन्धी।
69453 मगही वि. २. मगधवासी।
69454 मगही वि. ३. मगधप्रान्तमा हुने, असल एक जातको पान।
69455 मगाइ ना. १. माग्ने क्रिया वा प्रक्रिया।
69456 मगाइ ना. [मगाउ+आइ] २. मगाउने क्रिया वा प्रक्रिया।
69457 मगाइनु क.क्रि. माग्न लाइनु; झिकाइनु।
69458 मगाउनु प्रे. क्रि. टाढाको मानिस वा वस्तु पठाउने वा आउने पार्नु; माग्न लाउनु; झिकाउनु।
69459 मगिया ना. नेपालमा हुने, धोबी जातिको एक वर्ग वा भेद।
69460 मग्न वि. १. कुनै विषय वा चिन्तनमा डुबेको; तन्मय; तल्लीन।
69461 मग्न वि. २. सुखसयलमा लट्ठ; मस्।
69462 मग्नमस्त वि. १. सुख- सयलमा डुबेको; हर्षविह्वल।
69463 मग्नमस्त वि. २. सुखसम्पन्नताले मात्तिएको।
69464 मग्नमस्त वि. ३. नशालु वस्तुमा निश्चिन्।
69465 मग्राहा ना. १. प्रायः गोहीको झैँ थुतुनोबाट झर्ने काठ, ढुङ्गा वा धातुको धारो।
69466 मग्राहा ना. ( उदा.- हिउँद तातो बर्खा चिसो मग्राहाको पानी/सुख धीर दुःख धीर सज्जनको बानी )।
69467 मग्राहा ना. २. झरीको पानी पर हुत्याउनलाई टिन वा झिँगटीका छानामा खास-खास ठाउँमा जडिने विशेष प्रकारको डुँड।
69468 मघा ना. ज्योतिषमा सत्ताइस नक्षत्रहरूमध्ये दसौँ नक्षत्र; अश्लेषा र पूर्वाफाल्गुनी नक्षत्रका बिचमा पर्ने नक्षत्र।
69469 मघै ना. मगही; मगध।
69470 मघै बङ्गला ना. भेट्ना लामा हुने एक जातको पान; अम्लसरा।
69471 मघैया ना. १. प्राचीन कालमा स्तुति, गाथा आदि गाएर जीवनवृत्ति गर्ने एक जाति।
69472 मघैया ना. २. एक असल जातको पान; मगही।
69473 मघैया जिरा ना. मसिना दाना हुने एक जातको जिरा।
69474 मघैसाँची ना. बाटुला खालका असल जातको पान; श्रीवाटी।
69475 मङ्गल ना. १. शुभ लक्षणले युक्त, शुभ हुने तथा श्रेयकारी मानिने कुनै पनि काम वा कुरो; कल्याण; हित; भलाइ।
69476 मङ्गल ना. २. सौरमण्डलको एक प्रसिद्ध ग्रह; नवग्रहमध्ये एक; भौम।
69477 मङ्गल ना. ३. उक्त ग्रहका नाममा रहेको, सात वारमध्ये तेस्रो वार; सोमवार र बुधवारका बिचको वार।
69478 मङ्गल ना. ४. शुभ अवसर, शकुन वा लक्षण।
69479 मङ्गल ना. वि. ५. कल्याणकारी; भलो हुने; हितकर।
69480 मङ्गल ना. ६. शुभ लक्षणले युक्।
69481 मङ्गलकर्म ना. कुनै कार्य निर्विघ्न पूर्ण होस् भनी गरिने गणेश, सरस्वती आदिको पूजा तथा प्रार्थना; माङ्गलिक कर्म।
69482 मङ्गलकलश ना. १. शुभकार्यका अवसरमा देवताका सन्मुख राखिने जलपूर्ण कलश।
69483 मङ्गलकलश ना. २. मङ्गल वा सगुनका निम्ति द्वार, मार्ग, पूजास्थान आदिमा राखिने जलपूर्ण घडा।
69484 मङ्गलकामना ना. शुभ वा भलो चिताउने काम; शुभ-कामना।
69485 मङ्गलकारक /कारी वि. मङ्गल वा भलाइ गर्ने; कल्याणकारी।
69486 मङ्गलकार्य ना. विवाह- व्रतबन्धजस्ता शुभकार्य।
69487 मङ्गलगान / गीत ना. शुभ अवसरमा गाइने गी।
69488 मङ्गलग्रह ना. १. सौरमण्डलमा रहेको एक ग्रह; नवग्रहमध्येको एक ग्रह।
69489 मङ्गलग्रह ना. २. शुभग्रह; कल्याणकारी फल प्रदान गर्ने ग्रह।
69490 मङ्गलध्वनि ना. शुभ अवसरमा बजाइने बाजाको ध्वनि; मङ्गलवाद्य।
69491 मङ्गलमय वि. १. सबै प्रकारको मङ्गल हुने; कल्याणमय; मङ्गलस्वरूप।
69492 मङ्गलमय वि. ना. २. परमेश्वर।
69493 मङ्गलयात्रा ना. १. कुनै माङ्गलिक कार्यका निम्ति हुने यात्रा।
69494 मङ्गलयात्रा ना. २. आनन्द वा मनबहलाउका निम्ति कतै जाने काम।
69495 मङ्गलवाद्य ना. मङ्गलकार्यमा बजाइने बाजा; मङ्गलध्वनिका निम्ति बजाइने बाजा; मङ्गलध्वनि।
69496 मङ्गलवार ना. भौमवार।
69497 मङ्गलसूत्र ना. १. मङ्गलका निम्ति घाँटीमा वा नाडीमा बाँधिने रक्षासूत्र।
69498 मङ्गलसूत्र ना. २. सधवा स्त्रीले घाँटीमा लगाउने सौभाग्यको प्रतीक, एक किसिमको आभूषण।
69499 मङ्गला ना. १. पार्वती; दुर्गा; शक्ति।
69500 मङ्गला ना. २. पतिव्रता स्त्री; सती नारी।