Dictionary

All Word

68851 भेटिनु अ.क्रि. १. भेट हुनु; भेट्नु; मिल्नु।
68852 भेटिनु अ.क्रि. २. प्राप्त हुनु; पाउनु; फेला पार्नु।
68853 भेटिनु अ.क्रि. क.क्रि. ३. भेट गरिनु।
68854 भेटी ना. देवदेवी वा पूज्य व्यक्तिलाई आदरपूर्वक चढाइने नगद तथा सुनचाँदी द्रव्य।
68855 भेटीघाटी ना. देवता वा पूज्य व्यक्तिलाई श्रद्धापूर्वक चढाइने रुपियाँपैसा, द्रव्य आदि।
68856 भेटेरिनरी वि. पशुरोगको चिकित्सा वा उपचारसम्बन्धी।
68857 भेटेरिनरी हस्पिटल ना. पशुचिकित्सालय।
68858 भेट्टाइ ना. भेटाउने क्रिया वा प्रक्रिया।
68859 भेट्टाइनु क.क्रि. प्राप्त गरिनु; फेला पारिनु।
68860 भेट्टाउनु स.क्रि. १. अघि गएकालाई पछि जानेले फेला पार्नु; भेट्नु।
68861 भेट्टाउनु स.क्रि. २. हातलागी गर्नु; प्राप्त गर्नु; पाउनु।
68862 भेट्टाउनु स.क्रि. ३. हराएको कुरो वा वस्तु फेला पार्नु।
68863 भेट्टाउनु स.क्रि. ४. अरूको बराबरीमा आउनु; समकक्षमा पुग्नु।
68864 भेट्नु / भेट्नो ना. फल, फूल, बिरुवा, पात आदिका फेदमा रहने डाँठ; वृन्।
68865 भेडा वि. हे. भेडो।
68866 भेडाबाखा ना. १. भेडा वा बाखाको समूह।
68867 भेडाबाखा ना. २. यौनछाडा भएका केटाकेटीलाई तिरस्कार गर्दा भनिने शब्द।
68868 भेडिया वि. १. भेडोका चालको; एकोहोरो।
68869 भेडिया वि. ना. २. भेडो।
68870 भेडाधसान ना. कुनै काममा एकोहोरो पाराले लगातार लाग्ने प्रक्रिया; एकोहोरोलगाइ वा खटाइ; फल नसोची अर्काको लहैलहैमा लाग्ने काम।
68871 भेडी ना. १. भेडाको पोथी रूप; पोथी भेडो।
68872 भेडी ना. २. आइमाईलाई तिरस्कार गर्दा भनि बोली।
68873 भेडीगाँठो ना. केटाकेटीहरू घेरा लागेर झुरुप्प बसी एउटाले उठेर घुम्दै गाँठो पारेको रुमाल कसैले नदेख्ने हिसाबले एक जनाको पछिल्तिर राखेर आफ्नै ठाउँमा गएर बस्न सके रुमाल खसाइएको मान्छे मर्ने र रुमाल खसाल्नेलाई खसालिएकाले थाहा पाई बिचैमा फेला पार्न सके रुमाल खसाल्ने नै मर्ने गरी खेलिने केटाकेटीको एक खेल।
68874 भेडीगोठ ना. व्यवसायका रूपमा पालिएका भेडाको बथान र भेडापालनका निम्ति लेकतिर रहेको गोठ।
68875 भेडीगोठालो ना. भेडाको रखवारी गर्ने वा चराउने व्यक्ति।
68876 भेडीगोठालो ना. स्त्री. भेडीगोठाल्नी।
68877 भेडीफुल ना. तिसदेखि साठी सेन्टिमिटरसम्म अग्लो, साधारण डल्ला आकारका पात हुने, पहेँलो फूल फुल्ने, भुवादार हुने र बयरको जस्तो झाङ हुने एक जातको झार वा त्यसैको फूल।
68878 भेडे वि. एकोहोरो चालले लाग्ने; भेडाको जस्तो बुद्धि भएको।
68879 भेडेकुरो फुस्रा लाम्चा पात र झुस भएका झुप्पे फूल फुल्ने र छुनासाथ लुगामा टाँसिने कुरोजातको एक झार; त्यसैको फूल।
68880 भेडेगाँठो ना. १. भेडीगाँठो।
68881 भेडेगाँठो ना. २. सोचविचारै नगरीकन अर्काको लहैलहैमा लाग्ने काम।
68882 भेडो ना. जिउमा मसिना, बाक्लै रौँ हुने, सिङ हुने, भ्याभ्या शब्द निकाल्दै कराउने, घिउ, दुध, मासु आदिका निम्ति पनि उपयोगी, घरपाला चारखुट्टे पशु; मेष।
68883 भेडेपन ना. १. भेडोजस्तो एकोहोरो पाराले लाग्ने बानी; अन्धोपन।
68884 भेडेपन ना. २. ठिक र बेठिक छुट्ट्याउन नसक्ने बुद्धि; कुबुद्धि।
68885 भेड्किनु अ.क्रि. १. कुनै काम गर्न तोकिएको समय वा दिन साह्रै थोरै बाँकी हुनु।
68886 भेड्किनु अ.क्रि. २. कुनै काम गर्ने बेला बित्न लाग्नु; अबेर हुनु; घर्किनु।
68887 भेड्क्याइ ना. १. भेड्किने भाव, क्रिया वा प्रक्रिया।
68888 भेड्क्याइ ना. २. भेड्क्याउने भाव वा क्रिया-प्रक्रिया।
68889 भेड्क्याइनु क.क्रि. भेड्किने पारिन्।
68890 भेड्क्याउनु स.क्रि. / प्रे.क्रि. समय गुजार्नु; ढिलो गर्नु; भेट्किने पार्नु।
68891 भेद्नु स.क्रि. १. कसैमाथि तन्त्रमन्त्र प्रयोग गरी मोहनी लाउनु; टुनामुना गर्नु।
68892 भेद्नु स.क्रि. २. कुनै वस्तुमा प्वाल पार्नु; छेड्नु।
68893 भेद्नु स.क्रि. ३. लक्ष्यभेद गर्नु।
68894 भेद्नु स.क्रि. ४. मिलेका साथीहरूलाई परस्परमा फाटो पार्नु; फुट गराउनु।
68895 भेद्नु स.क्रि. ५. चिर्नु; टुक्रयाउनु; काट्नु; फार्नु।
68896 भेद ना. १. एक वस्तुभन्दा अर्को वस्तुमा रहने अन्तर; भिन्नता; फरक; विषमता।
68897 भेद ना. २. कुनै विषय वा वस्तुको किसिम; प्रकार।
68898 भेद ना. ३. रहस्यमय कुरा खुलस्त गर्ने काम; गोप्यताभङ्ग।
68899 भेद ना. ४. एक-अर्कामा हुने विरोध वा फाटो; फुट।
68900 भेद ना. ५. आन्तरिक कुरो; रहस्य; मर्म; तात्पर्य।