Dictionary

All Word

68701 भूदेव ना. ३. भुँयार।
68702 भूधर ना. १. पहाड; पर्व।
68703 भूधर ना. २. शेषनाग।
68704 भूधर ना. ३. कृष्ण।
68705 भूप/भूपति ना. १. महाराज; राजा; भूपति।
68706 भूप/भूपति ना. २. बादशाह; सम्राट्।
68707 भूपरिवेष्टित वि. चारैतिर अरू देशको भूभागबाट घेरिएको व समुद्री मार्ग नभएको (देश)।
68708 भूपाल ना. राजा; भूप।
68709 भूपेन्द्र ना. राजाहरूमा शक्तिशाली र सर्वश्रेष्ठ राजा; सम्राट्।
68710 भूप्रकृति ना. पृथ्वीको धरातलको प्राकृतिक बनोट।
68711 भूभाग ना. १. कुनै महाद्वीप वा उपद्वीपको खण्ड; प्रदेश।
68712 भूभाग ना. २. जमिनको खण्ड; भूक्षेत्र; भूखण्ड।
68713 भूभार ना. १. पृथ्वीको भार।
68714 भूभार ना. २. ठुलो जिम्मेदारी; गहन उत्तरदायित्व।
68715 भूभार ना. ३. बेहोर्न गाह्रो पर्ने टन्टा; झमेला; नचाहिँदो झ्याउलो।
68716 भूभारत ना. ठुलो जिम्मेवारी; टन्टा; झमेला; झ्याउलो।
68717 भूभौतिक वि. पृथ्वीको बाह्य भौगोलिक वस्तु (पानी, नदी, हावा आदि) को अध्ययन गर्ने; विज्ञानसम्बन्धी।
68718 भूभौतिक विज्ञान ना. भूभौतिकसम्बन्धी विज्ञान।
68719 भूभौतिकी ना. भूभौतिक विज्ञान।
68720 भूमण्डल ना. पृथ्वीको सतह; भूतल; पृथ्वी; धर्ती।
68721 भूमध्य वि. चारैतिर जमिनले घेरिएको।
68722 भूमध्यरेखा ना. अक्षान्तररेखाको समानान्तरमा पृथ्वीको बिच भागमा पटुका झैँ बेरिएर पूर्वदेखि पश्चिमसम्म पुगेको काल्पनिक रेखा; विषुवत् - रेखा।
68723 भूमध्यसागर ना. पूर्वमा टर्कीनेरि एसिया र युरोपलाई र पश्चिममा स्पेननेरि युरोप र अफ्रिकालाई छुट्ट्याउने एक सागर।
68724 भूमापन ना. कुनै देश, प्रदेश, जग्गाजमिन आदिको नापनक्सा गर्ने काम; सर्भे।
68725 भूमि ना. १. पृथ्वीको स्थलभाग; भूमि; जमिन; भुईं; धरती।
68726 भूमि ना. २. ठाउँ; स्थान (जन्मभूमि, मातृभूमि आदि)।
68727 भूमि ना. ३. कुनै देश वा भूभाग (आर्यभूमि, भारतभूमि आदि)।
68728 भूमि ना. ४. लिच्छविकालीन भूमिको नापोअनुसार एक रोपनीजतिको परिमाण।
68729 भूमि ना. ५. बौद्धधर्मका हीनयानमा रहने चार, महायानमा रहने दश र वज्रयानमा रहने तेह्र अवस्था।
68730 भूमि ना. ६. कुनै वस्तुको आधार वा आश्रयस्थल (पृष्ठभूमि, कर्मभूमि आदि)।
68731 भूमि ना. ७. घरको अलगअलग खण्ड; तला; भुईंतला।
68732 भूमि ना. ८. खेती गर्न लायक जमिन; खेतीपाती गरिने जग्गा।
68733 भूमि एकीकरण ना. ससाना टुक्रामा छरिएको जमिनलाई बिराएर खेतीयोग्य बनाउने काम।
68734 भूमि कदम्ब ना. एक प्रकारको सानो जातको कदम्ब।
68735 भूमिकम्प ना. भूकम्प; भैँचालो।
68736 भूमिकर ना. तोकिएमुताबिक सरकारलाई तिर्नुपर्ने जग्गाको कर ; जग्गाकर; तिरो; पो।
68737 भूमिका ना. १. कुनै ग्रन्थका सम्बन्धमा ज्ञातव्य कुरा लेखिएको, त्यसै ग्रन्थका आरम्भको वक्तव्य; प्रस्तावना; प्राक्कथन, आमुख; उपोद्घात; मुखबन्ध।
68738 भूमिका ना. २. कुनै कुरा प्रस्तुत गर्नुभन्दा पहिले उठाइने प्रसङ्ग; आधारभूमि; पूर्वप्रसङ्ग।
68739 भूमिका ना. ३. कुनै व्यक्ति वा वस्तुको योगदान।
68740 भूमिका ना. ४. नाटक आदिमा पात्रको अभिनय वा कार्य।
68741 भूमिका ना. ५. रचना।
68742 भूमिका ना. ६. वेदान्तशास्त्रका अनुसार चित्तका पाँच अवस्था (क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध)।
68743 भूमिका प्रदर्शन ना. वास्तविक जीवनसँग समता राख्ने कुनै व्यवहारलाई खास प्रसङ्गमा आरोपित वा अभिनय गर्ने काइदा; खास प्रसङ्ग, अवस्था वा घटनासँग सम्बद्ध चरित्रको अभिनयात्मक प्रस्तुति।
68744 भूमिगत वि. जमिनमुनि रहेको; भूगर्भमा स्थि।
68745 भूमिगत जल ना. जमिनभित्र रहेको पानी।
68746 भूमि गृह ना. तहखाना; भूगृह।
68747 भूमिच्छिद्र ना. प्राचीनकालमा ब्राह्मणलाई अध्ययन- अध्यापन गरेबापत सरकारी करबाट मुक्त गरी दिइने जग्गाजमिन।
68748 भूमिति ना. भूमि वा क्षेत्रको धरातलमा नाप गर्ने र नक्सा आदि तयार गर्ने विज्ञान; भूमापन गर्ने विद्या।
68749 भूमि देवता ना. जग्गाजमिनका अधिष्ठाता वा संरक्षक देवता।
68750 भूमिप्राप्ति ना. जग्गाजमिन पाउने काम।