Dictionary

All Word

68151 भीख ना. हे. भिख।
68152 भीड ना. हे. भिड।
68153 भीडभाड ना. हे. भिडभाड।
68154 भीडा ना. हे. भिडा।
68155 भीत वि. अतालिएको; डराएको; तर्सेको; त्रस्।
68156 भीति ना. १. डर; भय; अताल्याइ।
68157 भीति ना. २. कम्प; कम्पन।
68158 भीम वि. १. डरलाग्दो; भयानक; भयङ्कर।
68159 भीम वि. ना. २. भीमसेन।
68160 भीम वि. ३. शिव।
68161 भीमकर्मा वि. १. डरलाग्दो र साहसपूर्ण काम गर्ने; जोखिमी काम गर्ने।
68162 भीमकर्मा वि. २. महापराक्रमी।
68163 भीमकाय वि. ठुलो जिउ भएको; विशालकाय।
68164 भीम मल्ल ना. मल्लकालमा कान्तिपुरका राजा प्रताप मल्लका एक योद्धा मन्त्री तथा ल्हासामा नेपालको ठुलो व्यापार चलाउने, पछि शत्रुहरूको पेचले हत्या गरिएका एक प्रसिद्ध व्यक्ति।
68165 भीमवानर ना. नृतत्त्वशास्त्रअनुसार मानवजस्तो देखिने डरलाग्दो जीव; डरलाग्दो वानर वा वानरगणमध्येको गुरिल्लासमूहको आदिमानव।
68166 भीमसेन ना. महाभारतमा प्रसिद्ध युधिष्ठिरका माहिला भाइ तथा पञ्चपाण्डवमध्ये एक; पाण्डुका द्वितीय पुत्र।
68167 भीमसेन थापा ना. नेपालको इतिहासमा वि. सं. १८६१ देखि ३४ वर्ष प्रधानमन्त्री भएर कार्यभार सँभाल्ने एक प्रसिद्ध भारदार; सुनधारा, धरहरा आदिको निर्माण गराउने व्यक्ति।
68168 भीमसेन पाती ना. १. सिमालीका जस्तै लाम्चा र फुस्रा रङका पात हुने, घोगाजस्ता झुप्पामा मसिना फूल फुल्ने, गाईबाखाले घाँस खाने एक बोट वा बुटो।
68169 भीमसेन पाती ना. २. फूलका रूपमा समेत लिई देवतालाई चढाइने त्यसैको पा।
68170 भीमसेन भारत ना. परस्परको ठुलो रडाको; चर्को झैझगडा।
68171 भीमसेन भाग ना. सबैभन्दा ठुलो भाग।
68172 भीमसेनी वि. १. भीमसेनसित सम्बन्धित; भीमसेनको जस्तो।
68173 भीमसेनी वि. २. असल; उम्दा।
68174 भीमसेनी कपूर ना. कपूरका विभिन्न प्रकारमध्ये एक किसिमको असल कपूर।
68175 भीमेश्वर ना. नेपालको दोलखा जिल्लाको दोलखा बजारदेखि पूर्वतिरको माथिल्लो भागमा रहेका प्रसिद्ध भीमसेन।
68176 भीर ना. हे. भिर।
68177 भीरु वि. १. डराउने स्वभावको; डरछेरुवा; डरपोक।
68178 भीरु वि. ना. २. डँडाल्नुदेखि पुच्छरसम्म लामा पखेटा पलाएको एक जातको माछा; बाम माछाजस्तो ठुलो जातको माछा।
68179 भीरुता ना. भीरु हुनाको भाव वा अवस्था; डरछेरुवापन।
68180 भीषण वि. १. डरलाग्दो; भयङ्कर; भयावह।
68181 भीषण वि. ना. २. काव्यको भयानक रस।
68182 भीषण वि. ३. शिव।
68183 भीषणता ना. भीषण हुनाको भाव वा अवस्था; भयङ्करता।
68184 भीष्म वि. १. भयानक; भयङ्कर।
68185 भीष्म वि. ना. २. महाभारतप्रसिद्ध, बालब्रह्मचारी एक गङ्गापुत्र; भीष्मपितामह; देवव्र।
68186 भीष्मपञ्चक ना. कार्त्तिक शुक्लपक्षको एकादशीदेखि पूर्णिमासम्मका पाँच दिन।
68187 भीष्म पितामह ना. गङ्गाका गर्भबाट उत्पन्न, राजा शन्तनुका एक छोरा ; भीष्म; देवव्र।
68188 भीष्मप्रतिज्ञा ना. १. कान्छी आमा सत्यवतीका सन्तानलाई मात्र राज्यको उत्तराधिकारी गराउन आजीवन विवाह नगर्ने, भीष्मको कठोर प्रतिज्ञा।
68189 भीष्मप्रतिज्ञा ना. २. त्यस्तै कठिन काम गर्ने कबुल; कठोर प्रतिज्ञा।
68190 भुँ ना. १. भँवरो, मौरी, अरिङ्गाल आदि कराउँदै उड्दा निस्कने आवाज।
68191 भुँ ना. २. शङ्ख, तुरही आदि फुकेर बजाउँदा निस्कने आवाज।
68192 भुँमुँ क्रि.वि. भमरा, माहुरी आदि लगातार कराएको शब्द आउने गरी।
68193 भुँडी १ ना. पासा खेल्ने थर्कीको चारै पल्लाका पुछारको बिचको कोठा।
68194 भुँडी २ ना. १. छाती र कमरको बिचमा रहेको, खाएको अन्नपात पाचन गर्ने शारीरिक अङ्ग; पेट; उदर।
68195 भुँडी २ ना. २. खाएको अन्न रहने भित्री आन्द्रे थैली।
68196 भुँडीफोर ना. लामा- लामा खुट्टा र लामो चुच्चो हुने, जलाशयका नजिक बस्ने चरासमूहको प्राणी; एक जातको सारस।
68197 भुँडीवाल वि. ठुलो र नसुहाउँदो भुँडी भएको; भुँडे।
68198 भुँडी भर्नु टु. पैसा कमाउनु।
68199 भुँडुल्के वि. १. भुँडुल्कोजस्तो आकारको; डल्लो; घैँटे।
68200 भुँडुल्के वि. २. पुड्के; ग्याँचे।