Dictionary

All Word

67951 भिँडी ना. १. रामतोरियाँ।
67952 भिँडी ना. २. सानो एक जातको भन्टा।
67953 भिँडे वि. भिँडाजस्तो; भिँडाका छाँटको।
67954 भिँडे खोर्सानी ना. तरकारीमा हालेर वा अचार बनाएर खाइने डल्लो र ठुलो एक जातको खुर्सानी; भ्यान्टे खुर्सानी।
67955 भिउँट ना. बाटाका आकारको र ठुलो बिट हुने माटाको ठुलो भाँडो; भ्युँट।
67956 भिउँटे वि. भिउँटजस्तो ठुलो; आकार नमिलेको र नसुहाउँदो ( गाला, अनुहार, ओठ इ.)।
67957 भिउँसिने वि. भीमसेनलाई अर्पेको (बोको )।
67958 भिउँसिने बोको ना. १. भीमसेनलाई अर्पण गरिएको छाडा बोको।
67959 भिउँसिने बोको ना. २. यौनअनुशासन पालन नगर्ने व्यक्ति; कामुक पुरुष।
67960 भिउसिना ना. १. मानसिक तिर्सना; मनको तर्कना; मानसिक संवेग।
67961 भिउसिना ना. २. सम्झना।
67962 भिक ना. भिख; भिक्षा।
67963 भिकमङ्गा वि. भीक माग्ने; भिखमङ्गा।
67964 भिक्षण ना. भिक्षा माग्ने काम; दैला - दैलामा पुगेर सिधा बटुल्ने काम।
67965 भिक्षा ना. १. भिक्षुकहरूले माग्ने काम; याचना।
67966 भिक्षा ना. २. माग्नेलाई दिइने अन्न, द्रव्य आदि; भिख।
67967 भिक्षाचर्या ना. भिक्षा मागेर जीविका चलाउने काम।
67968 भिक्षाजीवी वि. मागेको अन्न, द्रव्य आदिका भरमा जीवननिर्वाह गर्ने; मगन्ते; याचक, भिखमङ्गा।
67969 भिक्षाटन ना. भिक्षा माग्नका निम्ति घर-घर चहार्ने र भिक्षा बटुल्ने काम।
67970 भिक्षा दान ना. भिक्षा दिने काम; सिधादान।
67971 भिक्षान्न ना. भिख मागेर प्राप्त गरेको अन्न; भिक्षाबाट सङ्कलित अन्न।
67972 भिक्षापात्र ना. १. भिख माग्ने भाँडो; भिक्षाबाट प्राप्त अन्न राख्ने भाँडो।
67973 भिक्षापात्र ना. वि. २. भिक्षा दिन योग्य; भिक्षा दिनुपर्ने।
67974 भिक्षाभाजन ना. भिक्षा माग्ने भाँडो; भिक्षापात्र।
67975 भिक्षार्थी वि. भिक्षुक; भिक्षु; भिखारी।
67976 भिक्षावृत्ति ना. १. भिक्षा मागेर जीविका चलाउने पेसा।
67977 भिक्षावृत्ति ना. २. भिक्षाद्वारा गरिने भोजनव्यवस्था; मागिखाने चलन।
67978 भिक्षाशी वि. भिक्षाद्वारा प्राप्त वस्तु मात्र खाने; भिक्षाद्वारा जीविका गर्ने।
67979 भिक्षु ना. १. भिक्षा माग्ने व्यक्ति; भिक्षुक; भिखारी।
67980 भिक्षु ना. २. बौद्ध सन्न्यासी।
67981 भिक्षु ना. ३. सन्न्यासी।
67982 भिक्षु ना. वि. ४. भिक्षा माग्ने।
67983 भिक्षुक ना. १. सन्न्यासी; साधु; जोगी।
67984 भिक्षुक ना. वि. २. भिक्षा माग्ने; भिखारी।
67985 भिक्षुक ना. ३. गरिब; निर्धन।
67986 भिक्षुचर्या ना. १. भिक्षुकको दैनिक जीवनवृत्ति; भिक्षावृत्ति।
67987 भिक्षुचर्या ना. २. भिक्षुकले पालन गर्नुपर्ने आचरण।
67988 भिक्षुणी ना. सन्न्यासधर्म ग्रहण गरेकी स्त्री; स्त्रीभिक्षु।
67989 भिक्षुसङ्घ ना. १. भिक्षुकहरूको समूह।
67990 भिक्षुसङ्घ ना. २. बौद्धभिक्षुकहरूको समुदाय।
67991 भिक्स ना. टाउको, घाँटी दुख्दा र सर्दी लाग्दा घसेर मालिस गरिने एक प्रकारको मलम।
67992 भिख ना. जोगी वा माग्नेलाई दिइने अन्न, द्रव्य, सिधा आदि वस्तु; भिक्षा; भीक।
67993 भिखमङ्गा वि. १. भिख वा भिक्षा माग्ने, मागेर जीविका गर्ने; भिखारी; मगन्ते।
67994 भिखमङ्गा वि. २. केही नभएको; फुङिन; कङ्गाल; निर्धन; तन्नम।
67995 भिखारी वि. भिख मागेर खाने; भिक्षाका भरमा बाँच्ने; भिखमङ्गा।
67996 भिच्छे ना. १. भिक्षा, भिख।
67997 भिच्छे ना. २. व्रतबन्धमा आमाबाबु र अन्य कुटुम्बीहरूले वटुलाई दिने अन्न आदि।
67998 भिज्नु अ.क्रि. १. कुनै तरल पदार्थले आर्द्र हुनु; निथ्रुक्क हुनु; रुज्नु।
67999 भिज्नु अ.क्रि. २. पानीमा परेर अन्न आदि फुल्नु; ढाडिनु।
68000 भिज्नु अ.क्रि. ३. कुनै काममा तन्मय भएर लाग्नु; दत्तचित्त हुनु।