Dictionary

All Word

67801 भावनात्मकता ना. भावात्मक हुनाको भाव वा अवस्था।
67802 भावनामय वि. १. भावनाले ओतप्रोत; भावनात्मक।
67803 भावनामय वि. २. तरल अनुभूतिले सिञ्चित (काव्य, कविता इ.)।
67804 भावपक्ष ना. १. काव्यसाहित्यका कलापक्ष र भावपक्षमध्ये एक पक्ष।
67805 भावपक्ष ना. २. हृदयलाई प्रभावित पार्ने काव्यतत्त्व; हार्दिकता।
67806 भावपरक वि. भावपक्ष प्रबल भएको; भावमूलक; भावात्मक।
67807 भावपरकता ना. भावपरक हुनाको भाव वा स्थिति।
67808 भावप्रधान वि. १. भावपक्षको तीव्रता वा प्रधानता रहेको।
67809 भावप्रधान वि. २. बाह्य वस्तुपक्षभन्दा अनुभूतिपक्ष प्रधान भएको।
67810 भावप्रधानता ना. भावप्रधान हुनाको भाव, गुण वा स्थिति।
67811 भावबोधक वि. भाव बुझाउने; भाव प्रकट गर्ने।
67812 भावभक्ति ना. १. देवता, गुरु आदिमा भक्तिको भाव प्रकट गर्ने काम; भक्तिभाव।
67813 भावभक्ति ना. २. आदर-सत्कार; सम्मान।
67814 भावभङ्गी ना. १. मनका भाव व्यक्त गर्ने शारीरिक चेष्टा वा मुद्रा।
67815 भावभङ्गी ना. २. भाव वा अनुभूतिको प्रकटीकरण; भावको पोखाइ।
67816 भावभूमि ना. काव्य, नाटक आदिमा पाइने भावको आधार वा पृष्ठभूमि।
67817 भावमय वि. भावयुक्त; भावात्मक।
67818 भावमयता भावमय हुनाको गुण वा स्थिति।
67819 भावमूलक वि. भाव नै मूल रूपमा रहेको; बेसी भावात्मक।
67820 भावमूलकता ना. भावमूलक हुनाको स्थिति वा अवस्था।
67821 भावयित्री वि. भाव वा मर्मको बोध गराउने।
67822 भावयित्री प्रतिभा ना. काव्यको रसास्वादन गराउने प्रतिभा; प्रतिभाका दुई भेद- कारयित्री र भावयित्रीमध्ये एक।
67823 भाववाचक वि. व्याकरणमा कुनै कुराको भाव, गुण, धर्म आदि बुझाउने (संज्ञा, क्रिया इ.); भावबोधक।
67824 भाववाच्य ना. व्याकरणमा क्रियाको साक्षात् उद्देश्य कर्ता वा कर्म नभई भाव अर्थात् क्रिया नै हुने, तीन प्रकारका वाच्य-कर्तृ, कर्म र भावमध्ये एक।
67825 भाववाद ना. इन्द्रियग्राह्य दृश्यको सहज र सरल चित्रणलाई ज्ञानको सर्वोच्च रूपायन मान्ने; विज्ञानको समर्थन र तत्त्व- मीमांसाको खण्डन गर्ने एक दर्शन।
67826 भाववादी वि. भाववादको अनुसरण गर्ने; भाववादको अनुयायी।
67827 भावव्यञ्जक वि. भावपक्षको अभिव्यञ्जना गर्ने; भाव व्यक्त गर्ने।
67828 भावशबलता ना. धेरै भावहरूको सामूहिक वा शृङ्खलाबद्ध वर्णन गर्दा पर्ने एक काव्यालङ्कार।
67829 भावशान्ति ना. मनमा एकै चोटि नयाँ र प्रतिकूल भाव उदय हुँदा पर्ने एक काव्यालङ्कार।
67830 भावशुद्धि ना. मनको शुद्ध भावना; सद्भावना।
67831 भावशून्य वि. कुनै कामना वा भाव नभएको; अनासक्।
67832 भावसघनता ना. भावको प्रगाढता; भावको प्रकर्ष।
67833 भावाकुलता ना. प्रगाढ भावबाट मनमा हुने छटपटी।
67834 भावाडम्बर ना. अनुपयुक्त रूपमा खोक्रो आवेगको प्रदर्शन र असंयम देखाउँदा हुने एक आडम्बर; एक किसिमको उदात्तविरोधी तत्त्व।
67835 भावाडम्बरी वि. भावाडम्बरमा लाग्ने; भावाडम्बरको तत्त्व भएको।
67836 भावातीत वि. १. भाव वा कल्पनाले पनि ठम्याउन नसकिने; सोचाइभन्दा परको।
67837 भावातीत वि. २. योगशास्त्रका अनुसार भावनाभन्दा पर रहेको (तत्त्व वा ध्यान)।
67838 भावात्मक वि. भाव प्रबल रूपमा रहेको; भावमूलक।
67839 भावात्मकता ना. भावात्मक हुनाको स्थिति वा अवस्था।
67840 भावानुकूल वि. भावको अनुकूल; भावसुहाउँदो।
67841 भावानुवाद ना. छायानुवाद, शब्दानुवाद र भावानुवादमध्ये एक; भावलाई पछ्याएर गरिने अनुवाद।
67842 भावाभास ना. १. साहित्यमा अनुपयुक्त ठाउँमा भाव देखाउने वा विशुद्ध रसावस्था प्राप्त गर्न नसक्ने काव्यदोषको अवस्था।
67843 भावाभास ना. २. वेश्या नायिकामा लज्जा र निम्न श्रेणीका व्यक्तिप्रति भक्ति देखाएमा हुने भावविशेषको आभास।
67844 भावाभास ना. ३. कल्पित वा बनावटी भाव।
67845 भावार्थ ना. शब्दशब्दलाई अर्थ्याउन छाडेर सम्पूर्ण वाक्य वा अनुच्छेदको आशय मात्र प्रकट गरिएको अर्थ; तात्पर्यबोधक अर्।
67846 भावावेग ना. कुनै भावले गर्दा हुने आवेगको स्थिति; भावको प्रबलता।
67847 भावावेश ना. कुनै भावले गर्दा उत्पन्न हुने आवेशको स्थिति।
67848 भाविक वि. १. स्वाभाविक; प्राकृतिक।
67849 भाविक वि. ना. २. भावक; मर्मज्ञ।
67850 भाविक वि. ३. भूत वा भविष्यत्कालको घटनालाई वर्तमानकालको घटना जस्तै वर्णन गर्दा पर्ने एक अलङ्कार।