Dictionary

All Word

67651 भानु ना. १. सूर्य; रवि।
67652 भानु ना. २. किरण; प्रकाश।
67653 भानु ना. ३. कवि भानुभक्तको संक्षिप्त नाम; भानुभक्।
67654 भानुभक्त ना. वि. सं. १८७१ मा जन्म भएर वि. सं. १९२५- मा देहान्त भएका, नेपाली भाषामा अध्यात्मरामायण, प्रश्नोत्तरी, भक्तमाला, वधूशिक्षा र प्रशस्त फुटकर पद्य लेख्ने, नेपाली साहित्यका प्राथमिककालीन तथा रामभक्तिधाराका प्रमुख कवि; नेपाली साहित्यका आदिकवि।
67655 भानुभक्तीय वि. भानुभक्तसम्बन्धी; भानुभक्तले तयार पारेको (विशेषतः रामायण)।
67656 भाने वि. भान हुने; झझल्को लाग्ने।
67657 भानेमुङ्ग्रो ना. मुङ्ग्रोजस्तो भान हुने वा देखिने, डँडाल्नु, पुच्छर र टाउकामा पखेटाजस्तो हुने, चिप्लो र बलियो छेपाराका छाँटको तर छेपारोभन्दा ठुलो र गोहोरोभन्दा सानो एक जन्तु।
67658 भान्छा ना. हे. भान्सा।
67659 भान्जन ना. दनुवारसमाजमा झमेला पर्दा मध्यस्थ रही दुवै पक्षलाई मिलाउने प्रमुख व्यक्ति; दनुवार समाजको नाइके वा गाउँबुढो।
67660 भान्जाभान्जी ना. दिदीबहिनीका छोराछोरीको समूह; भान्जा र भान्जी।
67661 भान्जी ना. १. दिदी वा बहिनीकी छोरी।
67662 भान्जी ना. २. नन्द वा आमाज्यूकी छोरी; लोग्नेका दिदी बहिनीकी छोरी।
67663 भान्जीदिदी ना. उमेरमा आफूभन्दा जेठी, फुपूकी छोरी।
67664 भान्जीबहिनी ना. उमेरमा आफूभन्दा कान्छी, फुपूकी छोरी।
67665 भान्जीबुहारी ना. भानिजकी गृहिणी; दिदीबहिनीकी बुहारी।
67666 भान्जी भाउज्यू ना. भान्दाइकी पत्नी; फुपूकी बुहारी।
67667 भान्जे वि. भान्जो वा भान्जीसम्बन्धी; भान्जाभान्जीको।
67668 भान्जेउलो ना. भान्जाभान्जीतिरको नातागोता; भान्जाभान्जीही सन्तान।
67669 भान्जेउलो जुवाइँ ना. दिदी बहिनीका छोरीको लोग्ने; भान्जीको पति।
67670 भान्जेउलो बुहारी ना. भानिजकी पत्नी।
67671 भान्जो ना. भानिज।
67672 भान्ड्यौल ना. १. कुनै प्रकारको उपध्रो; भाँडभैलो।
67673 भान्ड्यौल ना. २. अचाक्ली; उत्पा।
67674 भान्दाइ ना. भानिजदाइ।
67675 भान्सा ना. १. दाल भात, तरकारी आदि भोजन बनाउने वा पकाउने ठाउँ; भान्साको कोठो वा घर; भान्छा।
67676 भान्सा ना. २. चुलोचौको।
67677 भान्सा ना. ३. दैनिक बिहान-बेलुका खाइने भात- दाल, तरकारी आदि परिकारको भोजन; भातभान्सा।
67678 भान्सा ना. ४. अनियमित आर्जन वा भ्रष्टाचारको रकम; घुस (व्यङ्ग्यार्थमा)।
67679 भान्साघर ना. बिहानबेलुकाको भोजन बनाउने घर वा कोठो; भात पकाउने ठाउँ; भान्छाघर।
67680 भान्से ना. भात पकाउने, पस्केर खुवाउने आदि भान्साको काम गर्ने व्यक्ति; भान्छे।
67681 भाप/भाफ ना. वाष्प; बाफ।
67682 भाबर/भाभर ना. १. पहाडका फेदीको साह्रै गर्मी हुने र औलोको प्रकोप पर्ने ठाउँ।
67683 भाबर/भाभर ना. २. अत्यन्त गर्मी; उखरमाउलो।
67684 भाबर/भाभर ना. ३. घमौरो वा गर्मीखटिरा निस्कनाले जिउभरि देखिने टाटा वा दाग।
67685 भामे ना. ढ्याङ्ग्रो बजाएर फलाक्दै नाच्दै गर्ने धामी।
67686 भामेत ना. १. धामीको क्रिया वा प्रक्रिया।
67687 भामेत ना. वि. २. भामे- धामीसम्बन्धी; भामेको।
67688 भाम्टो/भाम्लो ना. कुनै काम वा व्यवहारका बिचमा आइलाग्ने बाधाजनक स्थिति पन्छाउन र उम्कन असजिलो, झर्कोलाग्दो अवस्था; बिथोली; झमेलो; भाउँटो।
67689 भार ना. १. मानिस वा गाडीले बोक्न लैजान सक्नेजति परिमाण; वजन; बोझ, भारी (लोड)।
67690 भार ना. २. कामको जिम्मेदारी; अभिभारा।
67691 भार ना. ३. विवाह आदि मङ्गलकार्यको सगुनका निम्ति पेरुङ्गामा माछा, सागपात आदि हाली केराको पातसहित उखुमा बाँधेको भारी।
67692 भार ना. ४. दाउरा, बिस्कुन आदि सुकाउन अगेनामाथि बनाएको टाँड; चाङ।
67693 भार ना. ५. दुवैतिर डोरीको उभिन्डो लगाएर तेर्छौ काठमा काँधमा बोक्ने, खर्पनजस्तो साधन।
67694 भारकेन्द्र ना. कुनै वस्तुको आकर्षणको केन्द्रबिन्दु; भारको आकर्षणकेन्द्र।
67695 भारजीवी ना. १. अर्काको भारी बोकेर जीवन गुजार्ने व्यक्ति; भरिया।
67696 भारजीवी ना. वि. २. भारी बोकेर जीविका चलाउने; भारवाहक।
67697 भारण्ड ना. दन्त्यकथामा पाइने विचित्रको पक्षी; भारण्ड।
67698 भारत १ ना. भँगेरो जस्तै रङ र आकारको हुने एक प्रकारको चरो।
67699 भारत २ ना. १. नेपालको दक्षिणी छिमेकमा रहेको दक्षिण- एसियाली एक प्रसिद्ध देश वा गणतन्त्र मुलुक।
67700 भारत २ ना. २. भारतवर्ष।