Dictionary

All Word

67501 भाकापत्र ना. भाखापत्र।
67502 भाकिनु क.क्रि. भाकल गरिनु।
67503 भाकुर ना. एक जातको माछो विशेष।
67504 भाखा ना. १. भाषा ( अघि 'ष' को उच्चारण 'ख' भएअनुसार)।
67505 भाखा ना. २. भाका; लय।
67506 भाखाखावा ना. कुनै व्यवहार गर्ने म्याद; भाका; अवधि।
67507 भाखापत्र ना. निश्चित समयभित्र कुनै काम गर्न लिएको रुपियाँ तिर्न कबुल गरी लेखिएको कागज; प्रतिज्ञापत्र।
67508 भाग्नु अ.क्रि. १. आफ्नो सुरक्षाका निम्ति दौडेर अन्यत्र कतै जानु; बेपत्ता हुनु; सुइँकुच्चा ठोक्नु।
67509 भाग्नु अ.क्रि. २. दौडनु; दगुर्नु; कुद्नु।
67510 भाग्नु अ.क्रि. ३. कर्तव्यपथबाट विमुख भएर पलायन हुनु।
67511 भाग्नु अ.क्रि. ४. उम्कनु।
67512 भाग ना. १. कुनै वस्तुको खण्ड; हिस्सा वा अंश।
67513 भाग ना. २. भाग्य; तकदिर।
67514 भाग ना. ३. तरफदारी; पक्ष।
67515 भाग ना. ४. गणितमा कुनै सङ्ख्या वा राशिलाई खण्डखण्डमा बाँड्ने प्रक्रिया।
67516 भाग ना. ५. अङ्ग-प्रत्यङ्ग; अवयव।
67517 भाग ना. ६. लिच्छविकालमा जमिनका उब्जनीको छ, आठ वा बाह्र भागमध्ये तोकिएको एक भाग कर।
67518 भागखोसुवा वि. भाग खोस्ने; अंश खाने (भाइ)।
67519 भागपुग्दो वि. भागमा परेजति; बाँडीचुँडी।
67520 भागफल ना. गणितमा भाजकले भाज्यलाई भाग गर्दा निस्कने अङ्क; लब्धि।
67521 भागबन्डा ना. एकै अंसियार दाजुभाइका बिचमा बराबर हिसाबले गरिने सम्पत्तिको बाँडफाँड; अंशबन्डा।
67522 भागबाँडो ना. भागबन्डा।
67523 भागवत ना. १. अठार महापुराणमध्ये विशेषतः कृष्णका कथाहरूको वर्णन गरिएको एक प्रसिद्ध महापुराण।
67524 भागवत ना. वि. २. भगवत् अर्थात् विष्णुसम्बन्धी।
67525 भागवत ना. ३. विष्णुको भक्त; भगवद्भक्।
67526 भागसान्ती क्रि.वि. भागमा परेअनुसार; दामासाहीले पामुताबिक।
67527 भागसिङ ना. विशेष स्थिति पर्दा भागेर जोगिने काम वा त्यस्तो भाग्ने व्यक्ति।
67528 भागहार ना. गणितमा भाग गर्ने प्रक्रिया।
67529 भागाभाग ना. कुनै विशेष स्थितिमा धेरै मानिस जता पायो त्यतै भाग्ने काम; सबका सब भाग्ने काम।
67530 भागार्ह वि. १. भाग लाउन योग्य; भाज्य।
67531 भागार्ह वि. २. भाग पाउन योग्य; हिस्सेदार; अंसियार।
67532 भागिनु अ.क्रि. भाग्ने बनिनु; पलायन होइनु।
67533 भागिनेय ना. दिदीबहिनीको छोरो; भानिज।
67534 भागी वि. १. भाग पाउने; भाग वा हिस्सा भएको; हिस्सेदार।
67535 भागी वि. २. भोग्ने; बेहोर्ने।
67536 भागी वि. ना. ३. हकदार; अंसियार; अधिकारी।
67537 भागीदार ना. नियमपूर्वक तोकिएको भाग पाउने; भागी।
67538 भागीरथी ना. सगर राजाका नाति भगीरथले आराधना गरेर पितृमुक्तिका निमित्त पृथ्वीमा ल्याएको भनी पुराणमा वर्णित नदी; गङ्गा; जाह्नवी।
67539 भाग्गे ना. भाग्य; तकदिर।
67540 भाग्गेजोग्गे क्रि.वि. भाग्यजोग्य।
67541 भाग्गेभागी वि. भाग्यको भाग पाउने; प्रारब्धी।
67542 भाग्य ना. मनुष्यले आफ्नो कर्मलाई पूर्वनियोजित योजनाको फलका रूपमा स्विकारेको दैवी विधान; सोअनुसार पुनसको कमाइ; प्रारब्ध।
67543 भाग्यचक्र ना. परिस्थितिको घेरामा निरन्तर भइरहने भाग्यको घुमाइ; भाग्यको फेरो।
67544 भाग्यजोग्य क्रि.वि. भाग्यअनुसार; प्रारब्धबमोजिम।
67545 भाग्यपत्र ना. समूहबाट अकस्मात् लिइएको वा छानिएको शुभअशुभ फल, जोखना, भाग्य आदिका कुराहरू लेखिएको पत्र वा काग।
67546 भाग्यमानी वि. सौभाग्य प्राप्त गरेको; भाग्यवान्; भाग्यशाली।
67547 भाग्यरेखा ना. १. हस्तरेखाअनुसार मान्छेका हत्केलामा रहेको, मणिबन्धदेखि सिधै माझी औँला र साँहिली औँलाका बिचतिर गएको रेखा; भाग्यसूचक ठाडो रेखा।
67548 भाग्यरेखा ना. २. सञ्चित शुभाशुभ कर्मको भोग; भाग्यको खेल।
67549 भाग्यलेखा ना. भाग्यमा रहेको भनी मानिएको कुरो ; प्रारब्धमा रहेको शुभाशुभ परिणाम।
67550 भाग्यवती वि. राम्रो भाग्य भएकी वा पति, पुत्र, सम्पत्ति आदिले युक्त (स्त्री); सौभाग्यवती।