Dictionary

All Word

67451 भाइ ना. २. त्यस्तै नाताको आफूभन्दा कम उमेरको व्यक्ति।
67452 भाइ ना. ३. आफूभन्दा कान्छो कुनै पनि व्यक्तिलाई स्नेहले सम्बोधन गरिने शब्द।
67453 भाइचारा ना. कुनै दुई थरी व्यक्ति वा पक्षका बिचमा भाइबन्धुका नाताले गरिने आत्मीयतापूर्ण व्यवहार वा सम्बन्ध।
67454 भाइटिका/टिको ना. १. कार्त्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले अष्टचिरञ्जीवी र यमयमुनाको पूजा गरी दाजुभाइलाई लगाइदिने मङ्गलको टिका।
67455 भाइटिका/टिको ना. २. भ्रातृद्वितीया; भाइतियार; भाइतिहार।
67456 भाइतियार/तिहार ना. दिदीबैनीले दाजुभाइलाई टिका लाएर सेल, मिठाई आदि परिकार खान दिने दिन; भाइटिका; भाइटीको।
67457 भाइनाइके ना. दाइनाइके नभएका खण्डमा नाइकेको अभिभारा वहन गर्ने व्यक्ति; नाइकेपछिको नाइके; सानो नाइके।
67458 भाइबन्दी ना. दाजुभाइका बिचको मेल; एकता।
67459 भाइबन्धु ना. एकै वंशका सहोदर दाजुभाइ तथा मित्रहरूको समूह।
67460 भाइबिन्द्रालो ना. आफ्नै वंशका भाइभैयाद तथा अन्य कुटुम्बेरी नाताका व्यक्तिहरूको समूह।
67461 भाइबुहारी ना. १. आफ्नै भाइकी पत्नी; सहोदर भाइकी श्रीमती।
67462 भाइबुहारी ना. २. भाइ र बुहारी।
67463 भाइबुहारी ना. ३. भाइ पर्ने व्यक्तिकी पत्नी।
67464 भाइभारादार ना. राजपरिवारका नातागोताभित्रका व्यक्ति तथा उच्च पदाधिकारी।
67465 भाइभैयाद ना. सबै बन्धुवर्ग; भाइबन्धु।
67466 भाइरस ना. रोग सार्ने विषालु कीटाणु; जीवाणु; विषाणु।
67467 भाइस शब्दमा 'द्वितीय' अर्थको बोध गराउने एक अङ्ग्रेजी उपसर्ग।
67468 भाइस चान्सलर ना. उपकुलपति।
67469 भाइस चेयरम्यान ना. उपसभापति।
67470 भाइस प्रेसिडेन्ट ना. प्रेसिडेन्टको सहायक; उपराष्ट्रपति।
67471 भाइस प्रेसिडेन्ट ना. २. उपसभापति।
67472 भाइसराय ना. कुनै उपनिवेशमा राजाको प्रतिनिधि भएर शासन चलाउने व्यक्ति; राजप्रतिनिधि।
67473 भाइसरह क्रि.वि. आ-आफ्नै हैसियत वा औकात अनुसार बराबरी रूपमा; भाइ-भाइले पाएजति।
67474 भाउँटिनु अ.क्रि. भाउँटो आइलाग्नु; आपत्ति खनिनु; झन्झट थपिनु।
67475 भाउँटो ना. १. बित्थामा आइपरेको आपत्ति; कठिनाइ।
67476 भाउँटो ना. २. नचाहिँदो झन्झट; फजुलको टन्टा।
67477 भाउँरी ना. विवाहमा दुलहादुलहीले जग्गेमा गर्ने परिक्रमा; माणो घुमाइ।
67478 भाउ ना. १. नाचगान, बोलचाल आदिमा आन्तरिक वा साङ्केतिक भाव प्रकट गरिने आङ्गिक चेष्टा वा मुद्रा; नकल; हाउभाउ।
67479 भाउ ना. २. मर्यादा; मान; सम्मान; आदर।
67480 भाउ ना. ३. किनबेच गरिने वस्तुको प्रचलित वा निश्चित मूल्य; दर; मोल।
67481 भाउचर ना. १. कार्यालयमा नगद वा जिन्सी धरौट राख्दा वा तिर्दा प्रमाणस्वरूप पाइने रसिद; नगद जम्मा गरेको प्रमाणपत्र; भौचर।
67482 भाउचर ना. २. भुक्तानी तथा हिसाब ठिक छ भनी प्रमाणित गर्ने रसिद।
67483 भाउजिया ना. भाउजेलो; भाउजू।
67484 भाउजू ना. दाजुकी पत्नी।
67485 भाउजेलो १. भाउजू लाने व्यक्ति (देवर)।
67486 भाउजेलो २. देवर-भाउजूको अवैध सम्बन्धबाट जन्मेको बालक।
67487 भाउज्यू ना. हे. भाउजू।
67488 भाउताउ ना. कुनै वस्तुको भाउ कायम गर्ने काम वा स्थिति; मोलतोल; दरभाउ।
67489 भाउन्न ना. भोक, रोग, गर्मी, कमजोरी, रिस आदि कारणले लाग्ने चक्कर; रिँगटा; भर्मन।
67490 भाउबेसाहा ना. बजारमा किनमेल गरिने खाद्यान्न आदि उपभोग्य वस्तुको मोल।
67491 भाउसान्ती क्रि.वि. भाउमा चलेमुताबिक; प्रचलित मूल्यअनुसार।
67492 भाक्नु स.क्रि. १. कुनै कार्य सिद्ध होस् भनी देवदेवीलाई पूजा, बलि अर्पण गर्नु; प्रतिज्ञा गर्नु; भाकल गर्नु।
67493 भाक्नु स.क्रि. २. शपथ - ग्रहण गर्नु; किरिया खानु।
67494 भाकभुक क्रि.वि. १. हारहुर गरेर कुनै काम चाँडै सिद्ध गर्ने गरी।
67495 भाकभुक क्रि.वि. २. जथाभाबी पिट्ने चालसँग; पाकपुक।
67496 भाकल ना. आफ्नो इच्छा सिद्ध होस् भनेर देवदेवीलाई पूजा गर्ने तथा बलि चढाउने प्रतिज्ञा; देवता भाक्ने काम।
67497 भाका ना. १. कुनै काम पूरा गर्न तोकिएको अवधि वा बोलकबोलको समय; म्याद।
67498 भाका ना. २. प्रतिज्ञा; बाचा।
67499 भाका ना. ३. पढाइ वा गवाइको लय; स्वर।
67500 भाकातथ्य ना. भाका राखेको दिन।