Dictionary

All Word

67351 भविष्य काल ना. २. व्याकरणमा भविष्यमा घटित हुने सूचना दिने क्रियाको रूप (लेख्नेछु, आउनेछौँ, हेर्नेछ इ.)।
67352 भविष्य पुराण ना. व्यासद्वारा रचित अठार पुराणमध्ये भविष्यका घटना वा कुरालाई सङ्केत गरी लेखिएको एक पुराण; अठार महापुराणमध्ये एक।
67353 भविष्यवक्ता ना. पछि हुन सक्ने कुरालाई पहिले नै घोषित गर्न सक्ने व्यक्ति; भविष्यवाणी गर्ने मान्छे ( ज्योतिषी, विचारक आदि)।
67354 भविष्यवाणी ना. पछि हुन्छ भनेर पहिले नै ठोकुवा गरिएको कुरा; पूर्वघोषित वाणी।
67355 भविष्यवाद ना. परम्पराप्रति विद्रोह गर्ने, भाषिक प्रयोग र अभिव्यक्तिका दृष्टिले नवीनता दिन खोज्ने र घनत्ववाद जस्तै सम्पूर्णतालाई व्यक्त गर्न चाहने साहित्यिक वाद।
67356 भविष्यवादी वि. भविष्यवादको अनुयायी वा समर्थक।
67357 भव्य वि. १. हेर्दैमा सुन्दर एवं विशाल; हुनेसम्मको; सानदार।
67358 भव्य वि. २. कल्याणकारी; मङ्गलदायक; शुभ।
67359 भव्य वि. ३ उपयुक्त; योग्य; सुहाउँदो।
67360 भव्य वि. ४. प्रसन्न तथा शान्।
67361 भव्यता ना. भव्य हुनाको अवस्था वा भाव।
67362 भसक्क क्रि.वि. कुनै वस्तु एकाएक डढ्ने वा बिग्रने गरी; भुसुक्क।
67363 भसभस क्रि.वि. १. खुरुखुरु डढ्ने वा खतम हुने गरी।
67364 भसभस क्रि.वि. २. खुकुलो जमिन भस्किने चालसँग; फसफस।
67365 भसभसी क्रि.वि. अझै भसभस भएर।
67366 भसरभुँडी वि. अलपत्रे; भसार।
67367 भसाइ ना. १. भासिने क्रिया वा प्रक्रिया।
67368 भसाइ ना. [भसाउ+आइ] २. भसाउने क्रिया वा प्रक्रिया।
67369 भसाइनु क.क्रि. गहिऱ्याइनु; गडाइनु; डुबाइनु।
67370 भसाउनु स.क्रि. १. कुनै वस्तुलाई गिलो वा गहिरो ठाउँमा ठोकेर वा छोपिने गरी गाड्नु; खाँद्नु।
67371 भसाउनु स.क्रि. २. जग्गाजमिनको माटो फालेर गहिरो पार्नु; गहिऱ्याउनु।
67372 भसाउनु स.क्रि. ३. कसैलाई अप्ठ्यारो स्थितिमा पार्नु; उक्सन नसक्ने बनाउनु।
67373 भसाभस क्रि.वि. १. कुनै काम धमाधम हुने गरी; सरासर।
67374 भसाभस क्रि.वि. २. सबै डढ्ने किसिमले।
67375 भसार वि. केही पनि स्याहारसम्भार गर्न नजान्ने; अलपत्रे; फोहोरी।
67376 भसारे वि. भस्रक्क परेर बसिरहने; भसार।
67377 भसार्नी वि. अलपत्रे; फोहोरी (स्त्री)।
67378 भस्कनु अ.क्रि. फस्को वा फुको जमिन आदि भासिनु।
67379 भस्काइ ना. भस्कने क्रिया वा प्रक्रिया।
67380 भस्काइनु क.क्रि. भस्कने पारिनु; भत्काइनु।
67381 भस्काउनु स.क्रि. १. फस्को जमिन थिची ठोकी गहिऱ्याउनु वा भत्काउनु; भसाउनु।
67382 भस्काउनु स.क्रि. २. खुब खन्नु; भास्तु।
67383 भस्काउनु स.क्रि. ३. धेरै काम गर्नु।
67384 भस्किनु अ.क्रि. भस्कनु।
67385 भस्म ना. १. कुनै पनि वस्तु जलेर भएको खरानी; विभूति।
67386 भस्म ना. २. आयुर्वेदका विधिले विभिन्न धातुउपधातु जलाएर बनाइएको औषधी।
67387 भस्मकारी वि. डढाएर भस्म पार्ने।
67388 भस्म खरानी ना. सत्यानाश (प्रायः सराप्ता आउने)।
67389 भस्मसात् वि. डढेर पूरा खरानी भएको ; खाक भएको।
67390 भस्मावशेष वि. डढेर खाक भई खरानी मात्र रहेको।
67391 भस्मासुर ना. पुराणमा वर्णित, शिवजीको तपस्या गरेर कसैको शिरमा हात राख्दा त्यो व्यक्ति जलेर भस्म हुने वरदान पाएको, पछि आफ्नै शिरमा हात राखिन जाँदा जलेर मरेको दानव।
67392 भस्माभुटी टु. केही नभएको अवस्था; भुटिभाटी।
67393 भस्मीभूत वि. डढेर खरानी भएको; भस्म भएको।
67394 भस्मे वि. १. भस्म पार्ने।
67395 भस्मे वि. ना. २. डढेलो लगाई फाँडफुँड आदि पारेर कमाइ लगाइने पाखो बारी; खोरिया।
67396 भस्मे ठुँडो ना. भस्मेठुटो।
67397 भस्मे ठुटो ना. १. बलेर बचेको कालो ठुटो।
67398 भस्मे ठुटो ना. २. एकदमै कालो वा अँगारजस्तो मानिस।
67399 भस्मे माटो ना. खोरियापाखो डढेलो लगाई फाँडेपछिको कालो मलिलो माटो।
67400 भस्मेली वि. १. भस्मेमा बस्ने वा हुने।