Dictionary

All Word

66701 भक्रन्त वि. / ना. / क्रि.वि. भक्रन।
66702 भक्राङ ना. छिटो ढिकी कुट्ता निस्कने शब्द।
66703 भक्राङ च्याङ ना. छिटछिटो र फुर्तीसाथ ढिकी कुट्ताको शब्द; ढिकीच्याउँ।
66704 भक्रान/भक्रान्त वि. / ना. / क्रि.वि. हे. भक्रन; भक्रन्।
66705 भक्षक वि . १. भोजन गर्ने; खाने।
66706 भक्षक वि . २. नाश पार्ने; विध्वंसक।
66707 भक्षण ना. खाने काम; भोजन।
66708 भक्षी वि . १. खाने वा भोजन गर्ने; भक्षक।
66709 भक्षी वि . २. खाने वा नाश गर्ने अर्थमा शब्दका पछिल्तिर गाँसिने प्रत्ययधर्मी उत्तरपद (मांसभक्षी, शाकभक्षी इ.)।
66710 भक्ष्य ना. १. खाइने वस्तु; खाद्य पदार्।
66711 भक्ष्य ना. वि. २. खान योग्य; खाइने; भोज्य।
66712 भक्ष्याभक्ष्य वि. खान हुने र नहुने; भक्ष्य र अभक्ष्य; भच्छेअभच्छे।
66713 भक्सवाइगन ना. लाम्चो आकारको चारपाँच जना अटाउने गाडी वा कार।
66714 भग ना. १. सुखसुविधाका साधन; सम्पत्ति; ऐश्वर्य।
66715 भग ना. २. सौभाग्य।
66716 भग ना. ३. प्रसिद्धि; कीर्ति।
66717 भग ना. ४. धर्म; पुण्य।
66718 भग ना. ५. विवेक; ज्ञान।
66719 भग ना. ६. शक्ति।
66720 भग ना. ७. जीवन र जगत्प्रतिको वितृष्णा; वैराग्य।
66721 भग ना. ८. स्त्रीको मूत्रद्वार; जननेन्द्रिय; योनि।
66722 भग ना. ९. बाह्र आदित्यमध्ये एक; सूर्य।
66723 भग ना. १०. वेदमा उल्लेख भएका एक देवता।
66724 भगण ना. पिङ्गलशास्त्रका अनुसार पहिले गुरु र पछि दुई लघु हुने एक गण (S।।); गुरु, लघु र लघु हुने त्र्यक्षरी समुदाय (जस्तै- मानस, कोमल, बालक इ.)।
66725 भगत ना. भक्तजन; भक्।
66726 भगता ना. थारूजातिमा प्रसिद्ध झारफुक गर्ने व्यक्ति; थारूको धामीझाँक्री।
66727 भगनासिका ना. भगाङ्कुर; टिसी।
66728 भगन्दर ना. गुदद्वारबिचमा आउने एक खटिरो।
66729 भगवती ना. १. आदिशक्ति; दुर्गा; देवी, महामाया।
66730 भगवती ना. २. मान्य नारी; श्रद्धेय स्त्री।
66731 भगवती ना. वि. ३. ऐश्वर्यशालिनी; सम्पन्न (स्त्री)।
66732 भगवद्गीता ना. १. कुरुक्षेत्रका रणमैदानमा कृष्णले अर्जुनलाई दिएको ज्ञान।
66733 भगवद्गीता ना. २. महाभारतभित्र ब्रह्मविद्या र योगशास्त्रका रूपमा चर्चित, अठार अध्याय भएको प्रसिद्ध पुस्तक।
66734 भगवान् ना. १. ऐश्वर्य, सौभाग्य, यश, धर्म, ज्ञान र विरागजस्ता छवटा तत्त्वले पूर्ण भएको अलौकिक पुरुष; ईश्वर; परमात्मा।
66735 भगवान् ना. २. विष्णु।
66736 भगवान् ना. ३. शिव।
66737 भगवान् ना. ४. बुद्ध।
66738 भगवान् ना. वि. ५. ऐश्वर्ययुक्त; शक्तिसम्पन्न।
66739 भगवान् ना. ६. पूज्य; मान्य।
66740 भगाङ्कुर ना. १. स्त्रीयोनिको बिचमा पलाएको कामोत्तेजक मासुको टुसो; भगनासिका; योनिगुटिका; टिसी।
66741 भगाङ्कुर ना. २. अल्काई; अर्श रोग।
66742 भगाल्टो ना. भाङको डाँठ।
66743 भगिनी ना. १. दिदी वा बहिनी।
66744 भगिनी ना. २. भाग्यवती स्त्री।
66745 भगीरथ ना. सगरपुत्रहरूको उद्धारका लागि कठिन तपस्या गरी स्वर्गबाट पृथ्वीमा गङ्गा ल्याउने एक प्रसिद्ध सूर्यवंशी राजा; सगर राजाका पनाति।
66746 भगीरथ प्रयास ना. राजा भगीरथले आफ्ना पुर्खाहरूको उद्धारका लागि स्वर्गबाट गङ्गा ल्याउन गरेको जस्तो ठुलो र कठिन प्रयास; असाधारण प्रयास; भारी प्रयत्न, ज्यादै ठुलो मेहन।
66747 भगुवा वि. १. भागेको वा भाग्ने; पलायि।
66748 भगुवा वि. २. कातर; डरपोक; लाछी।
66749 भगुवा वि. स्त्री. भगवी।
66750 भगोष्ठ ना. योनिका दुईतिरका डिल।