Dictionary

All Word

92351 स्वागत अभिवादन ना. कुनै विशिष्ट व्यक्तिका आगमनमा गरिने स्वागत वा सत्कारपूर्ण नमस्कार आदि।
92352 स्वागत कर्ता वि. स्वागत गर्ने; स्वागतकार्यमा भाग लिने।
92353 स्वागत गान ना. कुनै समारोहमा आमन्त्रित वा उपस्थित विशिष्ट व्यक्ति वा जनसमुदायको स्वागतमा गाइने गीत।
92354 स्वागतपतिका ना. पति परदेशबाट फर्केर आउँदा प्रसन्न भएर स्वागतका निम्ति प्रस्तुत रहने नायिका; आगतपतिका; साहित्यमा वर्णित नायिकाका अवस्थाअनुसार दश भेदमध्ये एक।
92355 स्वागतप्रिया ना. पति परदेशबाट फर्कँदा प्रसन्न भएर स्वागतका निम्ति प्रस्तुत हुने नायिका।
92356 स्वागत भाषण ना. आमन्त्रित अतिथिहरूको स्वागत- सत्कारका निम्ति गरिने भाषण।
92357 स्वागत समारोह ना. कुनै विशिष्ट व्यक्तिको स्वागत, आगमन, सत्कार आदिका क्रममा आयोजना गरिने समारोह वा भेला।
92358 स्वागत समिति ना. कुनै विशेष समारोहमा स्वागत, सत्कार वा तत्सम्बन्धी व्यवस्थाका लागि गठन गरिएको समिति।
92359 स्वागता ना. प्रत्येक चरणमा क्रमैले रगण, नगण, भगण र दुई गुरु हुने एक समवृत्त वार्णिक छन्द।
92360 स्वाङ ना. १. अर्काको नकल गरेर बनाइएको रूप; कृत्रिम भेष।
92361 स्वाङ ना. २. आफ्नो काम पट्याउन खोज्ने वा होजस्तो पार्ने बनावटी चाल; ढाँचा; नकल।
92362 स्वाङ ना. ३. आडम्बर; ठाँट।
92363 स्वाङी वि. १. स्वाङ पार्ने; नकल गर्ने।
92364 स्वाङी वि. २. आडम्बरी।
92365 स्वाट्ट क्रि.वि. १. सजिलैसित आउनेजाने, हिँड्ने वा सकिने चालमा।
92366 स्वाट्ट क्रि.वि. २. एकै पटकमा निल्ने वा बुत्याउने गरेर।
92367 स्वाट्ट क्रि.वि. ३. तत्काल मर्ने, खस्ने आदि किसिमले।
92368 स्वाट्ट क्रि.वि. ४. लट्ठी आदिले बिस्तारै हाने झैँ गरी।
92369 स्वातन्त्र्य ना. स्वतन्त्र हुनाको भाव वा अवस्था; स्वतन्त्रता; स्वाधीनता।
92370 स्वातन्त्र्य सङ्ग्राम / युद्ध ना. विदेशी शासन, उपनिवेश आदिबाट देश र जनतालाई मुक्त गराउनका निम्ति गरिने युद्ध; स्वतन्त्रता सङ्ग्राम।
92371 स्वाति / स्वाती ना. १. ज्योतिषमा सत्ताइस नक्षत्रमध्ये पन्ध्रौँ नक्षत्र।
92372 स्वाति / स्वाती ना. २. सूर्यकी एक पत्नी।
92373 स्वात्त क्रि.वि. १. एकैपल्ट सकिने किसिमले।
92374 स्वात्त क्रि.वि. २. चाँडै वा थाहै नपाई पस्ने जस्तै गरी।
92375 स्वात्म वि. आफूसित सम्बन्ध भएको; आफ्नो; निजी।
92376 स्वाद ना. कुनै वस्तु खाँदापिउँदा जिभ्रो वा रसेन्द्रियले गर्ने अनुभव; चाटता जिभ्रामा हुने मिठोनमिठो, नुनिलोअलिनो,तितोपिरो आदिको क्रियाप्रतिक्रिया।
92377 स्वादहीनता ना. जिभ्रोमा प्राप्त हुने स्वादको अभाव; स्वाद नहुनाको भाव वा स्थिति।
92378 स्वादिलो वि. १. मिठो स्वाद भएको; चखिलो।
92379 स्वादिलो वि. २. रुचिलाग्दो; रसिलो।
92380 स्वादिष्ठ वि. खाइरहूँ जस्तो; अत्यन्त मिठो; स्वादिलो।
92381 स्वादु वि. १. मिठो स्वाद भएको; स्वादिलो; स्वादिष्ठ। ना.
92382 स्वादु वि. २. मिठो स्वाद; मधुरता; मिठास।
92383 स्वादे वि. मिठो र स्वादिलो वस्तु मात्र खान चाहने; जिबुल्ले।
92384 स्वादे जिभ्रो ना. जिबुल्ले खालको बानी; मिठो खान चाहने आदत। (उदा.- अल्छी तिघ्रो, स्वादे जिभ्रो- उखान )।
92385 स्वाधिकार ना. १. कुनै वस्तुप्रतिको आफ्नो अधिकार वा हक।
92386 स्वाधिकार ना. २. स्वाधीनता; स्वतन्त्रता।
92387 स्वाधिष्ठान ना. १. हठयोगका अनुसार शरीरका छवटा चक्रमध्ये शिश्नमूलमा रहने भनी मानिएको एक चक्र।
92388 स्वाधिष्ठान ना. २. विज्ञानका अनुसार यौवन र शरीरमा प्रजननशक्ति उत्पन्न तथा विकसित हुने ग्रन्थिहरूको केन्द्र।
92389 स्वाधीन वि. आफ्नै अधीन वा आत्मनिर्भरतामा रहेको; पराधीन नभएको; स्वतन्त्र; स्वच्छन्द। विप. पराधीन।
92390 स्वाधीनता ना. स्वाधीन हुनाको भाव वा अवस्था; स्वतन्त्रता।
92391 स्वाधीनपतिका ना. साहित्यमा पतिलाई आफ्ना अधीनमा राख्ने नायिका; नायिकाका आठ भेदमध्ये एक।
92392 स्वाधीनभर्तृका ना. स्वाधीनपतिका।
92393 स्वाध्याय ना. नियमपूर्वक दैनिक रूपमा गरिने अध्ययन; वेद, पुराण, उपनिषद् आदिको आफैँले गरिने अध्ययन; स्वशिक्षण।
92394 स्वाध्याय यज्ञ ना. नित्य नियमपूर्वक पाठ गरिने यज्ञ; स्वाध्यायरूप यज्ञ।
92395 स्वाध्याय सामग्री ना. शिक्षकको सहायता नै नभए तापनि शिक्षार्थी आफैँले उपयोग गरी अपेक्षित कुरा सिक्न सक्ने शिक्षण-सामग्री।
92396 स्वान्त ना. १. अन्तःकरण; अन्तरात्मा; हृदय।
92397 स्वान्त ना. २. आफ्नो अन्त वा मृत्यु।
92398 स्वान्त ना. ३. मानसिक शान्ति।
92399 स्वान्त ना. ४. आफ्नो देश वा प्रदेश।
92400 स्वान्तसुखाय क्रि.वि. आफ्नो आन्तरिक सुखका निम्ति; मानसिक रूपमा हुने सन्तुष्टिका लागि।