Dictionary

All Word

92401 स्वाप ना. १. निद्रा, निद।
92402 स्वाप ना. २. सपना; स्वप्न।
92403 स्वाप ना. ३. अज्ञान।
92404 स्वापन ना. १. युद्धमा शत्रुपक्षलाई निद्रा लगाउने वा लट्ठ्याउने प्राचीनकालको एक अस्त्र; मोहनास्त्र।
92405 स्वापन ना. २. निद्रा लगाउने वा लट्याउने औषधी।
92406 स्वापन ना. ३. वि. लट्ठ्याउने; निद्रा लगाउने।
92407 स्वापस्वाप क्रि.वि. रसिलो पारी मुछिएको दालभात आदि छिटछिटो खाने किसिमले।
92408 स्वाप्प क्रि.वि. रसयुक्त खाद्य वस्तु खाँदा हात र मुखका सम्पर्कबाट आवाज आउने किसिमले।
92409 स्वाभाविक वि. १. स्वभावसम्बन्धी; स्वभावअनुसार हुने।
92410 स्वाभाविक वि. २. स्वभावबाट उत्पन्न; स्वतःसिद्ध।
92411 स्वाभाविक वि. ३. आफैँआफ हुने; प्राकृतिक।
92412 स्वाभाविकता ना. स्वाभाविक हुनाको भाव वा अवस्था।
92413 स्वाभिमान ना. १. आफ्नो प्रतिष्ठा र महत्त्वमाथिको गरिमा; आत्मगौरव।
92414 स्वाभिमान ना. २. आफ्नो देश, जाति, संस्कृति आदिको सद्अभिमान।
92415 स्वाभिमानी वि. स्वाभिमान भएको; स्वाभिमान गर्ने।
92416 स्वामिकार्तिक ना. कार्तिकेय; कुमार; स्कन्द।
92417 स्वामित्व ना. १. कुनै वस्तुको स्वामी वा अधिपति हुनाको भाव वा अवस्था; मालिक्याइँ।
92418 स्वामित्व ना. २. प्रभुता; प्रभुत्व।
92419 स्वामिनी ना. स्वामीको स्त्रीरूप; मालिक्नी।
92420 स्वामिस्व ना. कुनै ग्रन्थको लेखक, कुनै वस्तुको आविष्कारक वा कुनै वस्तुको मालिकले सम्पूर्ण आयबाट पाउने निर्धारित प्रतिशतको लाभांश; रोयल्टी; लेखकस्व।
92421 स्वामी ना. १. कुनै वस्तुको हर्ताकर्ताको अधिकार भएको व्यक्ति; धनी;मालिक।
92422 स्वामी ना. २. लोग्ने; पति।
92423 स्वामी ना. ३. घरको मूली मान्छे।
92424 स्वामी ना. ४. साधुसन्तहरूलाई सम्मानपूर्वक सम्बोधन गरिने शब्द | वि.
92425 स्वामी ना. ५. कुनै वस्तुको हकदार; धनी; अधिकारवाला।
92426 स्वामी महाराज ना. १. योगीराज।
92427 स्वामी महाराज ना. २. सन्न्यास ग्रहण गरेपछिका राजा रणबहादुर शाहलाई जनाउने गरिएको नाम।
92428 स्वाम्म क्रि.वि. तिखो टुप्पो भएको वस्तुले कुनै ठाउँमा अप्रत्याशित रूपले घोच्ने वा रोप्ने गरी; ऱ्वाम्म; ख्वाम्म।
92429 स्वाम्य ना. कुनै वस्तुको अधिकार वा आधिपत्य; स्वामित्व; प्रमुखता।
92430 स्वायत्त वि. आफ्नो अधीनमा रहेको; आफ्नो अधिकारभित्रको।
92431 स्वायत्तता ना. स्थानीय शासनको अधिकार वा स्थिति; स्वाधीनता।
92432 स्वायत्त शासन ना. आफ्नो शासनको प्रबन्ध आफैँले सञ्चालन गर्ने काम; स्थानीय क्षेत्रका शासन त्यसै क्षेत्रका जनताद्वारा आफैँ चलाउने काम वा स्वतन्त्रता।
92433 स्वायत्तशासी वि. आफ्नो शासन आफैँ चलाउने।
92434 स्वायत्तीकरण ना. कुनै पनि विषय वा वस्तुको अधिकार आफ्ना हातमा लिने काम।
92435 स्वायम्भुव ना. १. पुराणअनुसार चौध मनुमध्येका पहिला मनु; ब्रह्माका पुत्र। वि.
92436 स्वायम्भुव ना. २. ब्रह्मासम्बन्धी; ब्रह्माको।
92437 स्वारस्वार क्रि.वि. १. झुन्ड्याएको वा टाँगिएको धागो, डोरी, लुगा आदि धमाधम खुस्कने वा तानिने गरी।
92438 स्वारस्वार क्रि.वि. २. दानादार अन्न वा वस्तु लगातार चुहिने वा झर्ने चालसँग।
92439 स्वारस्वार क्रि.वि. ३. नाङ्लाले अनाजमा भएको कसर सार्दा निस्कने आवाजका साथमा।
92440 स्वारस्वार क्रि.वि. ४. कुचाले कसिङ्गर बढार्दा शब्द आउने किसिमले।
92441 स्वारस्वारती / स्वारस्वारी क्रि.वि. अझै स्वारस्वार हुने गरी।
92442 स्वारी ना. मैदा बेलेर बनाइने पुरीका आकारको नरम र पातलो रोटी; सुहारी।
92443 स्वार्जित वि. आफैले आर्जन गरेको; आफ्नो कमाइको।
92444 स्वार्थ ना. १. आफ्नो मतलब वा उद्देश्यपूर्तिका निम्ति गरिने काम; आफ्नो मतलब।
92445 स्वार्थ ना. २. आफ्नो भलाइ; निजी लाभ।
92446 स्वार्थ ना. ३. कुनै शब्दले व्यक्त गर्ने अभिधात्मक अर्थ; वाच्यार्थ।
92447 स्वार्थ ना. ४. आफ्नो धन;आफ्नो सम्पत्ति।
92448 स्वार्थग्रन्थि ना. आफ्नो उद्देश्य पूर्ति गर्न रचेको जाल; स्वार्थको गाँठो।
92449 स्वार्थत्याग ना. कुनै सामाजिक स्वार्थ वा सार्वजनिक कल्याणका निम्ति आफ्नो भलाइ र फाइदा त्याग गर्ने काम; आफ्नो हित छाडेर समाजको हितका निम्ति गरिने त्याग।
92450 स्वार्थत्यागी वि. अरूको भलाइका निमित्त आफ्नो भलाइ र स्वार्थ त्याग गर्ने; निस्वार्थी।