Dictionary

All Word

92451 स्वार्थपर वि. स्वार्थी; स्वार्थपरायण।
92452 स्वार्थपरता / परत्व ना. स्वार्थपर हुनाको भाव वा स्थिति; आफ्नो स्वार्थपूर्तिका निम्तिमा मात्र लाग्ने काम।
92453 स्वार्थपरायण वि. आफ्नो स्वार्थसिद्धिमा मात्र लाग्ने; स्वार्थी; मतलबी।
92454 स्वार्थपरायणता ना. स्वार्थपरायण हुनाको भाव वा अवस्था।
92455 स्वार्थरत वि. मरीमेटी आफ्नै स्वार्थपूर्ति गर्ने काममा लागेको; स्वार्थपरायण।
92456 स्वार्थसाधक वि. आफ्नो मतलब सिद्ध गर्ने; स्वार्थी; मतलबी।
92457 स्वार्थसाधन / साधना ना. आफ्नै स्वार्थ वा मतलब हासिल गर्ने काम; स्वार्थसिद्धि।
92458 स्वार्थान्ध वि. स्वार्थले अन्धो भएको वा आफ्नो हितमा लाग्नाले अर्काको भलोकुभलो नहेर्ने; विवेकबुद्धि हराएको।
92459 स्वार्थान्धता ना. स्वार्थान्ध हुनाको भाव वा स्थिति।
92460 स्वार्थी वि. अर्काको हानि गरेर पनि आफ्नो भलाइ गर्न चाहने; आफ्नो मात्र मतलब सिद्ध गर्ने; स्वार्थपरायण; मतलबी।
92461 स्वार्र क्रि.वि. १. अनाज खन्याउँदा, कुचाले बढार्दा वा स्याउला आदि घिस्याउँदा शब्द निस्कने गरी।
92462 स्वार्र क्रि.वि. २. धागो, डोरी आदि फुस्कने वा तानिने गरी।
92463 स्वार्र क्रि.वि. ३. चुरोट, तमाखु आदि तान्दा सास खिच्ने किसिमले।
92464 स्वालस्वाल क्रि.वि. १. माला आदि धमाधम उने झैँ गरी।
92465 स्वालस्वाल क्रि.वि. २. लेदो वा पन्यालो वस्तु चुहिए जस्तै।
92466 स्वालस्वाल क्रि.वि. ३. पन्यालो पदार्थ वा मसिना दानादार वस्तु खुरुखुरु चुहिने गरेर।
92467 स्वालस्वाल क्रि.वि. ४. मुखमा हालेको खाद्य पदार्थ नचपाईकन निल्ने प्रक्रियामा।
92468 स्वालस्वालती/स्वालस्वाली क्रि.वि. अझै स्वालस्वाल हुने गरी।
92469 स्वालालाला क्रि.वि. पानी, दुध आदि झोलिलो पदार्थ नअडी बग्ने गरी।
92470 स्वाल्ल क्रि.वि. १. पानी, दुध आदि तरल पदार्थ पोखिएर बिस्तारै बग्ने गरी; सुल्ल।
92471 स्वाल्ल क्रि.वि. २. सर्प, गँड्यौला आदि घस्रेर हिँड्ने किसिमले।
92472 स्वावलम्बन ना. आफ्नै पौरखले आत्मनिर्भर रहने भाव वा अवस्था; आफ्नै खुट्टामा उभिने वा आफ्नै भरथेगमा अड्ने काम।
92473 स्वावलम्बी वि. स्वावलम्बनको भावना भएको; आफ्नै खुट्टामा उभिएको; आत्मनिर्भर।
92474 स्वास्थ्य ना. १. स्वस्थ वा निरोगी रहनाको भाव, गुण वा अवस्था; तन्दुरुस्ती; आरामी; आरोग्य।
92475 स्वास्थ्य ना. २. मानसिक उद्वेग वा चिन्तारहित अवस्था।
92476 स्वास्थ्यकर वि. स्वास्थ्यलाई हित गर्ने; स्वास्थ्य राम्रो पार्ने।
92477 स्वास्थ्य कार्यक्रम ना. शारीरिक एवं मानसिक स्वस्थताका निम्ति स्वच्छ वातावरण बनाई स्वास्थ्योपचार गर्ने कार्यक्रम।
92478 स्वास्थ्य केन्द्र ना. गाउँघर, टोल आदिमा स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले स्थापित औषधोपचार गर्ने ठाउँ (हेल्थसेन्टर)।
92479 स्वास्थ्य चौकी ना. स्वास्थ्यसम्बन्धी सामान्य सेवा उपलब्ध गराउने सानो औषधालय; स्वास्थ्यकेन्द्र।
92480 स्वास्थ्य निवास ना. बिरामी व्यक्तिलाई स्वास्थ्योपचारका साधन उपलब्ध हुने आवासीय भवन; स्वास्थ्यनिवास (स्यानिटोरियम)।
92481 स्वास्थ्य परीक्षा ना. सरकारी वा गैरसरकारी सङ्घसंस्थामा भर्ना हुनुअघि रोगी निरोगी छुट्ट्याउन जाँच्ने काम; स्वास्थ्यको परीक्षण।
92482 स्वास्थ्यपद वि. स्वास्थ्यका निम्ति फाइदा गर्ने; स्वस्थता प्रदान गर्ने; स्वास्थ्यकर।
92483 स्वास्थ्य प्रयोगशाला ना. स्वास्थ्यको परीक्षण तथा उपचारसम्बन्धी प्रयोग गरिने घर वा ठाउँ।
92484 स्वास्थ्यविज्ञान ना. शरीरको भौतिक र मानसिक अवस्था जाँच्ने तथा स्वस्थतासम्बन्धी नियम र सिद्धान्तको विवेचना गर्ने विज्ञान वा शास्त्र।
92485 स्वास्थ्य विद्यालय ना. स्वास्थ्यसम्बन्धी शिक्षा दिने उद्देश्यले स्थापित र सञ्चालित विद्यालय।
92486 स्वास्थ्य शारीरिक वि. स्वास्थ्य र शरीरविषयको; स्वास्थ्य र व्यायामसम्बन्धी।
92487 स्वास्थ्य शिक्षा ना. मान्छेलाई शारीरिक र मानसिक दुवै रूपले स्वस्थ बनाउन दिइने शिक्षा; स्वस्थ बन्न उपयोगी हुने शिक्षा।
92488 स्वास्थ्य शिविर ना. अस्थायी रूपमा रहेको स्वास्थ्यकेन्द्र; कुनै रोगको प्रकोप फैलन नपाओस् भनी केही समयका निम्ति स्वास्थ्यटोली बस्ने ठाउँ।
92489 स्वास्थ्य सदन ना. स्वास्थ्यनिवास।
92490 स्वास्थ्य सेविका ना. बिरामीको रेखदेख तथा नवजात शिशुको हेरचाह आदि गर्ने स्वास्थ्यसहायक स्त्री; परिचारिका; नर्स।
92491 स्वास्नी ना. औपचारिक रूपमा पाणिग्रहण गरिएकी स्त्री; पत्नी; गृहिणी।
92492 स्वास्नी चखुवा वि. धेरै स्वास्नी बिहे गर्ने; एउटा स्वास्नीले नपुग्ने।
92493 स्वास्नी टोकुवा वि. स्वास्नी मर्ने; स्वास्नी जीवित नरहने।
92494 स्वास्नी पिराहा वि. स्वास्नीलाई पिर्ने वा नसहने।
92495 स्वास्नी मानिस / मान्छे ना. स्त्रीजाति; महिला; आइमाई।
92496 स्वाहा ना. १. देवताको तृप्तिका निम्ति अग्निमा हवन गर्दा उच्चारण गरिने मन्त्र (जस्तो- इन्द्राय स्वाहा, वरुणाय स्वाहा आदि)।
92497 स्वाहा ना. २. अग्निकी पत्नी।
92498 स्वाहा ना. ३. पूर्णतः विनाश; सर्वनाश; सत्यानाश।
92499 स्विँक्क क्रि.वि. बुढी औँला र चोर औँलाले नाक समातेर जोडले सास खिची सिँगान तान्ने वा झिक्ने गरी।
92500 स्विकार्नु स.क्रि. १. समर्थन जनाउनु।