Dictionary

All Word

92501 स्विकार्नु स.क्रि. २. सकार्नु; मन्जुर हुनु।
92502 स्विच ना. विद्युत्तरङ्गको प्रवाह रोक्ने वा खोल्ने बटनजस्तो सानो साधन।
92503 स्विटर ना. प्रायः ऊनको वा ऊनी र सुती मिश्रित धागोबाट बुनिने न्यानो बाक्लो गन्जी; सुइटर।
92504 स्वीकरण ना. १. स्वीकार वा अङ्गीकार गर्ने काम; मन्जुरी।
92505 स्वीकरण ना. २. ग्रहण गर्ने वा लिने काम; अँगालाइ।
92506 स्वीकरणीय वि. स्वीकार गर्न उचित वा योग्य।
92507 स्वीकार ना. १. कुनै कुरा वा विषयप्रति समर्थन जनाउने काम; अङ्गीकार; स्वीकृति; मन्जुरी।
92508 स्वीकार ना. २. कुनै काम गर्न तयार भई गरिने कबुल; सकार गरी दिइएको वचन।
92509 स्वीकार ना. ३. ग्रहण गर्ने वा लिने काम; अँगालाइ।
92510 स्वीकारनामा ना. कुनै काम गर्न वा लेनदेन आदिका निम्ति कसैलाई आफ्नो स्वीकार जनाई वा अधिकार दिई लेखिदिएको कागत; स्वीकारपत्र।
92511 स्वीकारपत्र ना. स्वीकारनामा।
92512 स्वीकारात्मक वि. १. समर्थन गरिएको वा स्वीकृति जनाइएको; पुष्टि गरिएको।
92513 स्वीकारात्मक वि. २. सन्तोषपूर्वक प्राप्त गरिएको।
92514 स्वीकार्य वि. स्वीकार गर्न योग्य; मान्न लायक; स्वीकृति जनाउनुपर्ने।
92515 स्वीकृत वि. १. स्वीकृति प्राप्त गरेको; समर्थन गरिएको; स्वीकार जनाइएको।
92516 स्वीकृत वि. २. मान्यता दिइएको; सदर।
92517 स्वीकृत वि. ३. ग्रहण गरिएको; गृहीत।
92518 स्वीकृति ना. १. स्वीकार गर्ने भाव वा क्रिया।
92519 स्वीकृति ना. २. सकार्ने काम; अँगालाइ।
92520 स्वीकृति पत्र ना. कुनै कुरा, मन्तव्य आदिका बारेमा आफ्नो मन्जुरी जनाएर वा कुनै काम गर्न कसैलाई अधिकार दिएर लेखिदिने कागत।
92521 स्वेच्छया क्रि.वि. आफ्नै मनोमानीमा, खुसीराजीले; इच्छापूर्वक; राजीखुसीसाथ।
92522 स्वेच्छा ना. आफ्नै मनमा उठेको चाहना; आफूखुसी; आफ्नो इच्छा।
92523 स्वेच्छाकृत वि. आफ्नै खुसीराजीले गरेको; स्वेच्छया गरिएको।
92524 स्वेच्छाचार ना. राम्रोनराम्रोको ध्यान नराखी आफ्नै इच्छाअनुसार गरिने काम; मनखुसी आचरण; मनमानी।
92525 स्वेच्छाचारिता ना. स्वेच्छाचारी हुनाको भाव वा अवस्था; निरङ्कुशता।
92526 स्वेच्छाचारी वि. १. जस्तो मन लाग्यो त्यस्तै गर्ने; निरङ्कुश।
92527 स्वेच्छाचारी वि. २. ऐननियम, सामाजिक मर्यादा आदिमा नरहने।
92528 स्वेद ना. १. पसिना।
92529 स्वेद ना. २. साहित्यमा लज्जा, हर्ष, श्रम, रोष आदिद्वारा शरीर पसिनाले तर हुने एक सात्त्विक अनुभाव।
92530 स्वेदक वि. पसिना निकाल्ने; प्रस्वेदक।
92531 स्वेद कण ना. पसिनाको कण वा थोपा; स्वेदबिन्दु।
92532 स्वेदज ना. १. पसिनाबाट पैदा हुने जुम्रा, उडुस आदि जीव। वि.
92533 स्वेदज ना. २. पसिना उत्पन्न गराउने।
92534 स्वेदन ना. परिश्रम, जरो आदिका कारणले पसिना निस्कने काम; पसिनाबहाइ।
92535 स्वैच्छिक वि. १. आफ्नो इच्छानुसारको; इच्छासम्बन्धी।
92536 स्वैच्छिक वि. २. आफ्नो इच्छाअनुसार गर्न वा छान्न पाइने।
92537 स्वैच्छिक अवकाश ना. बिस वर्ष सेवाअवधि पुगेका निजामती कर्मचारीले आफ्नो इच्छाले चाहेमा पाउने अवकाश।
92538 स्वैरकल्पना ना. यथार्थको आभास दिने खालको तर उडन्ते कल्पना; फेन्टासी।
92539 स्वैरिणी ना. वेश्यावृत्ति गरेर जीविका गर्ने स्त्री; कुलटा।
92540 स्वोपार्जन ना. आफैँले वा आफ्ना करामतले गरिने आर्जन; आफ्नै कमाइ।
92541 स्वोपार्जित वि. आफ्नै पराक्रमले आर्जन गरेको; आफैँले कमाएको।
92542 देवनागरी वर्णमालाको तेत्तिसौँ व्यञ्जन; स्वरयन्त्रमुखी; कण्ठ्य; सङ्घर्षी; घोष; महाप्राण व्यञ्जन वर्ण; संस्कृत परम्पराअनुसार ऊष्म र नेपाली उच्चारणअनुसार श्वसित ध्वनि; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिहन; दुईगोडे ह; हली ह।
92543 हैँ वि.बो. १. प्रायः आफूभन्दा साना व्यक्तिको बोलावटको प्रत्युत्तरमा भनिने शब्द; हइ।
92544 हैँ वि.बो. २. आश्चर्य, विस्मय, जिज्ञासा, स्मृति आदि प्रकट गर्दा मुखबाट अकस्मात् निस्कने शब्द।
92545 हैँ वि.बो. ३. कुराकान अवसरमा केही कुरो नसुनी वा स्पष्ट नभई दोहोऱ्याउन जोड दिने शब्द।
92546 हैँ वि.बो. ४. शारीरिक दुःख, पीडा आदिमा शरीरबाट निस्कने शब्द; अँ।
92547 हँकाइ ना. मोटर, बग्गी आदि हाँक्ने भाव, क्रिया वा प्रक्रिया; वाहन चलाउने काम।
92548 हँकाइनु क.क्रि. हाँक्न लाइनु।
92549 हँकाउनु प्रे. क्रि. हाँक्न लाउनु।
92550 हँकुवा वि. १. रथ, बग्गी आदि चलाउने वा हाँक्ने; हाँकिएको। ना.