Dictionary

All Word

43801 दुष्क्रम ना. १.अनुचित वा कठिन क्रम।
43802 दुष्क्रम ना. २. साहित्यमा अर्थसम्बन्धी दोष मानिने क्रमको उपेक्षा।
43803 दुष्क्रमता ना. कुरामा क्रम नमिल्दो हुँदा अर्थदोष हुने भाव वा अवस्था।
43804 दुष्ट वि. १.अर्कालाई दुःख दिने स्वभाव भएको; दुर्जन।
43805 दुष्ट वि. २. दोषयुक्त; दोषी।
43806 दुष्ट वि. ३. छुच्चो; दुच्छर।
43807 दुष्ट वि. ४. दोष भएको; दूषित;बिटुलो।
43808 दुष्टचेता वि. दुष्ट स्वभावको; अशुभचिन्तक; दुर्जन।
43809 दुष्टता ना. १.दुष्ट हुनाको भाव वा अवस्था; दुष्ट्याइँ।
43810 दुष्टता ना. २. छोटोपन; क्षुद्रता।
43811 दुष्टपन ना. दुष्टता।
43812 दुष्टबुद्धि वि. अर्काको कुभलो चिताउने बुद्धि भएको; खराब स्वभावको।
43813 दुष्टा वि. १.(दुष्टको स्त्रीरूप) दुष्ट स्वभाव भएकी।
43814 दुष्टा वि. २. वेश्या;कुलटा;असती।
43815 दुष्टाचार ना. खराब आचरण; नराम्रो बानीबेहोरा।
43816 दुष्टाचारी वि. दुष्टाचार भएको; दुराचारी।
43817 दुष्टात्मा वि. दुष्ट आत्मा भएको; खराब स्वभावको; दुरात्मा।
43818 दुष्ट्याइँ ना. दुष्ट हुनाको भाव, स्वभाव वा अवस्था;दुष्टता।
43819 दुष्पर्श वि. १.छुन मुस्किल पर्ने; छोइनसकिने।
43820 दुष्पर्श वि. २. छिटै नपाइने; दुष्प्राप्य।
43821 दुष्पर्शा ना. १.छँदा घोच्ने वा पोल्ने झार; सिस्नो।
43822 दुष्पर्शा ना. २. काउछो; बिहीँ।
43823 दुष्प्रकृति ना. १.खराब प्रकृति वा स्वभाव; दुष्प्रवृत्ति; दुष्ट स्वभाव।
43824 दुष्प्रकृति ना. २. दुश्चरित्र; नराम्रो आचरण।
43825 दुष्प्रकृति ना. वि. ३. नराम्रो आनीबानी भएको; खराब प्रकृतिको।
43826 दुष्प्रभाव ना. नराम्रो प्रभाव।
43827 दुष्प्रयास ना. खराब प्रयास; नराम्रो साहस; दुस्साहस।
43828 दुष्प्रवृत्ति ना. नराम्रो वा खराब स्वभाव; दुष्प्रकृति।
43829 दुष्प्रवृत्ति ना. वि.२. खराब स्वभाव भएको; नराम्रो बेहोरा भएको; नीच प्रवृत्तिको।
43830 दुष्प्राप्य वि. १.सजिलै पाउन नसकिने।
43831 दुष्प्राप्य वि. २. मुस्किलले मात्र पाइने; दुर्लभ।
43832 दुष्प्रेक्ष्य वि. १.सजिलैसित हेर्न वा देख्न नसकिने; अदर्शनीय।
43833 दुष्प्रेक्ष्य वि. २. हेर्नै नसकिने; हेर्न गाह्रो पर्ने।
43834 दुष्प्रेक्ष्य वि. ३. एक टकले हेर्न नसकिने; स्थिर दृष्टि नभएको।
43835 दुष्प्रेक्ष्य वि. ४. हेर्दैमा डर लाग्ने; भीषण; भयङ्कर।
43836 दुष्यन्त ना. पुरुवंशका पुराणप्रसिद्ध एक राजा; 'अभिज्ञान शाकुन्तलम्' नाटकका नायक; शकुन्तलाका पति।
43837 दुसाध ना. १.खराब स्वभाव भएको; दुर्जन; दुष्ट।
43838 दुसाध ना. २. भूतप्रेत; पिशाच।
43839 दुसाध ना. ३. नेपालको तराई क्षेत्रमा रहने एक जाति।
43840 दुस्तर वि . १.मुस्किलसँग तर्न सकिने; तर्न गाह्रो पर्ने।
43841 दुस्तर वि . २. तर्न नसकिने; पार पाउन कठिन।
43842 दुस्त्याज्य वि. त्याग गर्न नसकिने; छाड्न नहुने।
43843 दुस्थिति ना. लथालिङ्ग भएर बिग्रेको हालत; खराब अवस्था।
43844 दुस्मन ना. शत्रु; अमित्र; अरि; वैरी।
43845 दुस्मनी ना. दुस्मन हुनाको भाव वा अवस्था; शत्रुता; वैरभाव।
43846 दुस्सह वि. १.कठिनसँग सहन सकिने।
43847 दुस्सह वि. २. सहन नसकिने; असह्य।
43848 दुस्साहस ना. १.खराब काममा प्रवृत्त हुने आँट; दुष्प्रयास।
43849 दुस्साहस ना. वि. २. नराम्रो आँट भएको।
43850 दुस्साहसवाद ना. शत्रुपक्षको ठुलो शक्तिलाई आँक्तै नआँकी आफ्नो सानो शक्ति र सामान्य तयारीले नै जित्न खोज्ने आँट वा विचार।