Dictionary

All Word

43951 दृक् ना. ३. ज्ञान।
43952 दृक्पथ ना. दृष्टिप।
43953 दृग्गोचर वि. आँखाअगाडि परेको वा सामुन्नेको; दृष्टि पुगेको;नजिकैको।
43954 दृढ वि. १.भित्री वा बाहिरी कुनै कारणले पनि आफ्नो स्थानबाट ढलपल नहुने; अचल;अडिग।
43955 दृढ वि. २. बलियो; दह्रो; दह्रिलो; हट्ठाकट्ठा।
43956 दृढ वि. ३. धेरै दिनसम्म अड्ने; टिकाउ; खपाउ।
43957 दृढ वि. ४. हेरफेर नहुने; फरक नपर्ने; पक्का।
43958 दृढ वि. ५. आफ्नो विचारमा अडिग रहने; सिद्धान्त स्थिर भएको।
43959 दृढकर्मा वि. पूर्ण विश्वास तथा स्थिरताका साथ आफ्नो काममा लाग्ने; लक्ष्यबाट विचलित नहुने।
43960 दृढता /त्व ना. १.दृढ हुनाको भाव, गुण वा अवस्था।
43961 दृढता /त्व ना. २. दह्रिलोपन; मजबुती।
43962 दृढनिश्चय ना. आफ्नो विचार वा सिद्धान्तमा अडिरहने; आफ्नो निश्चयबाट पर नहट्ने।
43963 दृढप्रतिज्ञ वि. आफूले बोलेका कुरा पुऱ्याउने; आफ्नो प्रतिज्ञा वा वचनको पालना गर्ने।
43964 दृढव्रत/व्रती वि. आफ्नो सङ्कल्प वा मनले आँटेका कुरामा दृढ रहने; दृढप्रतिज्ञ।
43965 दृढसन्धि वि. फेरि नछुट्ने; नफुक्लने गरी जोडिएको वा मिलेको;बलियो जोर्नी भएको।
43966 दृति ना. १.शरीरका बाहिरपट्टि आवरणको रूपमा रहने वस्तु; चर्म; छाला।
43967 दृति ना. २. छालाबाट बनेको थैलो वा भाँडो; चर्मपात्र।
43968 दृति ना. ३. गाईगोरुका गलामा झुन्डिएको छालाको पातलो लुर्कन; माल।
43969 दृश्य वि. १.हेर्न वा देख्न सकिने; देखिने; चाक्षुस (दृश्य जगत् वा दृश्य वस्तु)।
43970 दृश्य वि. २. ठिकसँग जान्न वा बुझ्न सकिने; ज्ञेय र स्पष्ट।
43971 दृश्य वि. ३. हेर्न लायक; दर्शनीय; मनोहर; सुन्दर।
43972 दृश्य वि. ना. ४. देखिने वा हेर्न योग्य प्राकृतिक वा निर्मित स्थल, घटना, पदार्थ, वस्तु आदि।
43973 दृश्य वि. ५. दर्शनीय स्थान।
43974 दृश्य वि. ६. साहित्यमा, अभिनय हुन सक्ने वा हुने रचना; अभिनय काव्य; नाटक।
43975 दृश्य वि. ७. नाटकको मञ्चनमा एक अङ्कभित्र अघिल्लो पर्दा खुलेर फेरि त्यही पर्दा बन्द नभएसम्मको एक अंश वा भाग; नाटकमा प्रस्तुतीकरणको सुविधाका दृष्टिले छुट्ट्याइएका कुनै एक घटनाको विभाग।
43976 दृश्य वि. ८. आँखाकै अगाडि भएको कुनै तमासा वा मनोरञ्जक व्यापार।
43977 दृश्य वि. ९. गणितमा अङ्कको रूपमा दिइएको ज्ञात सङ्ख्या।
43978 दृश्य वि. १०. शिक्षणकार्यमा प्रयोग गरिने स्लाइड, पोस्टर आदि सामग्री।
43979 दृश्य काव्य ना. काव्यका श्रव्य र दृश्य दुई भेदमध्ये अभिनयद्वारा प्रस्तुत गर्न सकिने एक भेद; अभिनेय काव्य; नाटक; रूपक।
43980 दृश्यमान वि. १.देखिने; देखिएको; दृष्टिगोचर भएको; आँखामा परेको।
43981 दृश्यमान वि. २. प्रकाशमान; चहकिलो।
43982 दृश्यात्मक वि. १.देखिने तत्त्वहरू बढी भएको; आँखाले ग्रहण गर्नुपर्ने।
43983 दृश्यात्मक वि. २. देखाइने उद्देश्य राखिएको; प्रदर्शनात्मक (नाटक आदि)।
43984 दृश्यात्मकता ना. दृश्यात्मक हुनाको क्रिया, भाव वा स्थिति।
43985 दृश्यावली ना. दृश्यहरूको पङ्क्ति; पङ्क्तिबद्ध रूपमा देखिने दृश्यसमूह।
43986 दृश्यांश ना. चलचित्र आदिमा प्रासङ्गिक देखिने तर छोटो अंश; अभिनेय वस्तुको सानो टुक्रो।
43987 दृष्ट वि. १.आँखा अगाडि परेको; देखिएको।
43988 दृष्ट वि. २. जानिएको; ज्ञान गरिएको।
43989 दृष्ट वि. ३. छर्लङ्ग भएको; प्रत्यक्ष ना. ४. अनुभव; ज्ञान।
43990 दृष्ट वि. ५. दर्शन; अवलोकन।
43991 दृष्ट वि. ६. साक्षात्कार; प्रत्यक्षीकरण।
43992 दृष्टजा ना. नछुने भएकी केटी;रजस्वला भएकी कन्या।
43993 दृष्टवत् वि. देखिए बराबरको; प्रत्यक्ष भए झैँ।
43994 दृष्टवत् वि. २. लौकिक; सांसारिक।
43995 दृष्टान्त ना. १.प्रसङ्गमा आएका विषयवस्तुलाई छर्लङ्ग्याउने विषय वा वाक्य; प्रस्तुत गरिने उदाहरण।
43996 दृष्टान्त ना. २. उपमान र उपमेयका धर्महरूमा सादृश्य भएका खण्डमा पर्ने एक अलङ्कार।
43997 दृष्टार्थ वि. १.सबैले सम्झने, बुझ्ने गरी अर्थ स्पष्ट भएको; सजिलैसित माने लाग्ने।
43998 दृष्टार्थ वि. २. व्यावहारिक; चलनमा आएको।
43999 दृष्टि ना. १.हेरेर ज्ञान प्राप्त गरिने वा जानिने-बुझिने भाव, वृत्ति वा शक्ति; हेर्ने काम; हेराइ; अवलोकन।
44000 दृष्टि ना. २. हेर्ने इन्द्रिय;आँखा; नयन; नेत्र।