Dictionary

All Word

44101 देखिन् प.स. पञ्चमी विभक्तिबोधक एक रूप; बाट; देखि।
44102 देखी क्रि.वि. १.देख्ने काम गरेर; देखेर।
44103 देखी क्रि.वि. २. स्पष्टसँग;प्रत्यक्ष।
44104 देखी जान्ने वि. कुनै घटना घट्दा त्यस घटनाको आद्योपान्त विवरण आफ्नै आँखाले देख्ने; देखेर नै जाने; चस्मदिद (साक्षी इ.)।
44105 देखी नसहने वि. अरू कसैलाई मन नपराउने स्वभाव भएको।
44106 देखीनिम्तो ना. खोजखबर नगरी सामुमा देखा पर्दा मात्रै गरिने निमन्त्रणा; बोक्रे निम्तो।
44107 देखीमाया ना. बाहिरी माया; बोक्रे माया; देखौवा प्रेम।
44108 देखीसुन्ने वि. घटना आदि देख्नेले भनेको कुरा सुन्ने (व्यक्ति)।
44109 देखौवा वि. ढाँचा वा स्वाङमा अडेको; देखाउनका लागि मात्र; देखावटी; आडम्बरपूर्ण; बोक्रे।
44110 देदीप्यमान वि. ज्यादै चहकिलो; निकै चहकदार; जाज्वल्यमान।
44111 देन ना. १.कुनै वस्तु दिनाको क्रिया वा भाव।
44112 देन ना. २. दिइएको त्यस्तो वस्तु।
44113 देन ना. ३. विशेष उपकार वा हित हुने गरी कुनै विशेष व्यक्तित्व वा कृतित्वद्वारा सामूहिक रूपमा प्राप्त भएको महत्त्वपूर्ण वस्तु वा कुरा।
44114 देन ना. ४. कुनै वस्तु दिने वा चुकाउने दायित्व।
44115 देब्रे ना. १.दाहिनेको उल्टोपट्टिको; बायाँ; बाउँ; सव्य; देब्रो।
44116 देब्रे ना. स्त्री. देब्री।
44117 देब्रे ना. २. अनुकूल नपरेको; प्रतिकूल।
44118 देब्रे ना. ३. विरोधी विचार भएको।
44119 देब्रे लहरो ना. बिरालेका जस्तै आकारको, ठुला रुखका देब्रेतिर बेरिने एक प्रकारको ठुलो लहरो।
44120 देब्रे लहरो ना. ( उदा.- गाँडको ओखती देब्रे लहरो। उखान।)।
44121 देब्रे हात ना. बायाँ हात; बाउँ हा।
44122 देय वि. दान गर्न लायकको; दिन योग्य; दातव्य।
44123 देव ना. १.स्वर्गमा बस्ने अमर प्राणी; देवता; देउता।
44124 देव ना. २. पूज्य रूपमा रहेको व्यक्ति।
44125 देव ना. ३. मान्य जनका निम्ति आदरपूर्वक सम्बोधन गरिने शब्द।
44126 देव ना. ४. राजामहाराजालाई सम्मानपूर्वक सम्बोधन गरिने शब्द।
44127 देव ना. ५. ब्राह्मणको एक उपाधि।
44128 देवऋण ना. १.देउदेउताले मनुष्यमाथि उपकार गरेर लगाएको ऋण।
44129 देवऋण ना. २. यज्ञ, व्रत, पाठपूजा आदि गरेर रिन चुकाउनुपर्ने कर्तव्य;देउरिन।
44130 देवकन्या ना. १.देवदेवताकी; छोरीचेली; देउचेली; देवी।
44131 देवकन्या ना. २. देवत्व गुण भएकी अत्यन्त सुन्दरी स्त्री।
44132 देवकर्म ना. देवदेवताहरूलाई प्रसन्न तुल्याउन गरिने पाठपूजा,व्रतउपवास, यज्ञ आदि काम; देवकार्य।
44133 देवकल्प वि. साधनाद्वारा देवत्व गुणको आर्जन गरेर देवताका कोटिमा पुगेको; देवतातुल्य; देवसदृश।
44134 देवका ना. विधिपूर्वक वैवाहिक सम्बन्ध नभई अनैतिक सम्बन्धद्वारा जन्मिएको बालक; कुमार तथा कुमारीबाट जन्मिएको छोरो।
44135 देवकार्य ना. देवकर्म।
44136 देवकी ना. १.कृष्णकी आमा; वसुदेवकी पत्नी।
44137 देवकी ना. २. सन्तान नहुँदा वा भईकन पनि नबाँच्दा सन्तान होऊन वा जन्मिएका सन्तान बाँचिरहून् भनेर देवदेवीहरूलाई चढाइएकी कन्या;देवदासी; देउकी।
44138 देवकी ना. ३. वैवाहिक सम्बन्ध नभईकनै अनैतिक संसर्गबाट जन्मिएकी छोरी वा चेली; देउचेली।
44139 देवकीय वि. देवतासँग सम्बन्ध भएको; देवतासम्बन्धी।
44140 देवकुल ना. १.मन्दिर; देवालय।
44141 देवकुल ना. २. देवताहरूको समूह।
44142 देवकुल ना. ३. देवजाति।
44143 देवगण ना. १.देवदेवताहरूको समूह; देववर्ग।
44144 देवगण ना. २. देवताहरूका अनुचर; देवतागण।
44145 देवगण ना. ३. अश्विनी, मृगशिरा, पुनर्वसु, तिष्य, हस्ता,स्वाती, अनुराधा, श्रवण, रेवती आदि नक्षत्रको समूह; फलित ज्योतिषअनुसार यिनै नक्षत्रमा पर्ने गण; देवगण, मनुष्यगण र राक्षसगणमध्ये एक।
44146 देवगणिका ना. देवताहरूकी वेश्या; स्वर्वेश्या; अप्सरा।
44147 देवगति ना. पुराणअनुसार मृत्युपछि प्राप्त हुने उत्तम गति; सद्गति;स्वर्गलाभ; स्वर्गप्राप्ति।
44148 देवगायक ना. देवताहरूका समूहमा गाउने - बजाउने काम गर्ने जाति;गन्धर्व।
44149 देवगुरु ना. देवताहरूका गुरु; वृहस्पति।
44150 देवगृह ना. देवताहरूको घर; मन्दिर;देवालय।