Dictionary

All Word

44251 देवाधिदेव ना. ३. शिव।
44252 देवाधिप ना. १.देउताहरूका पनि ईश्वर; परमेश्वर।
44253 देवाधिप ना. २. देवताहरूका राजा; इन्द्र।
44254 देवान ना. राजालाई राजपाटका निम्ति सल्लाह दिने व्यक्ति; मन्त्री; सचिव; अमात्य; दिवान।
44255 देवानांप्रिय वि. १.देवताहरूलाई प्यारो लागेको;देवताका निम्ति प्रिय।
44256 देवानांप्रिय वि. ना. २. भाग्यशाली तथा श्रेष्ठ भएको सूचकका रूपमा ठुलाबडालाई प्रयुक्त हुने आदरवाची विशेषण शब्द।
44257 देवानांप्रिय वि. ३. मूर्ख व्यक्ति।
44258 देवानांप्रिय वि. ४. बोको।
44259 देवानी वि. १.लेनदेन, अंशबण्डा, धनमालसम्बन्धी मुद्दामामिलाको निर्णय गर्ने वा फौजदारी मुद्दाबाहेक अरू मुद्दा हेर्ने वा सुल्झाउने (अदालत)।
44260 देवानी वि. २. फौजदारीबाहेक अन्य; धनमालसम्बन्धी (मुद्दामामिला)।
44261 देवानी अदालत ना. देवानीसम्बन्धी मुद्दामामिला हेर्ने अदाल।
44262 देवानी कारबाई ना. लेनदेन, अंशबन्डा, जग्गाजमिन आदिका सम्बन्धमा परेका मुद्दा केलाउने र निर्णय गर्ने सम्बन्धको कारबाई।
44263 देवानी मुद्दा ना. लेनदेन, अंशबन्डा आदिका विषयमा परेको मुद्दा।
44264 देवानुचर ना. १.देवताका सेवक।
44265 देवानुचर ना. २. देवताका पछि लाग्ने विद्याधर, यक्ष आदि उपदेव।
44266 देवानुयायी ना. देवताहरूको बाटो हिँड्ने व्यक्ति; देवताहरूका आचारविचारको अनुसरण गर्ने व्यक्ति; देवानुचर।
44267 देवान्न ना. १.देवतालाई अर्पण गरिएको वा गरिने अन्न।
44268 देवान्न ना. २. देवताको निमित्त हवन गरिने अन्न; चरु; हव्य।
44269 देवान्न ना. ३. अमृ।
44270 देवायुध ना. १.देवताहरूले चलाउने अस्त्र; दिव्यास्त्र।
44271 देवायुध ना. २. इन्द्रधनु; इन्द्रेनी।
44272 देवार ना. मसिना त्यान्द्राजस्ता पातका झुप्पा हुने र खोटो निस्कने एक जातको रुख; एक जातको सल्लो; देवदारु।
44273 देवाराधन/देवाराधना ना. देवताहरूलाई प्रसन्न तुल्याउन गरिने पूजा, पाठ, यज्ञ आदि; न्यास, ध्यान आदिद्वारा गरिने देवताहरूको पूजा; देवार्चन; देवार्चना।
44274 देवारि ना. १.देवताको शत्रु।
44275 देवारि ना. २. असुर; दैत्य।
44276 देवार्चन / देवार्चना ना. देवदेवताहरूको पूजा; देवपूजा; देउपूजा; देवाराधन; देवाराधना।
44277 देवार्पण ना. देवदेवताहरूलाई कुनै वस्तु अर्पण गर्ने वा चढाउने काम।
44278 देवालय ना. १.देवदेवताहरूको स्थापना गरिएको घर; मन्दिर;देवल।
44279 देवालय ना. २. स्वर्ग; देवभूमि।
44280 देवाली ना. परम्परादेखि मानिआएको कुलदेवतालाई प्रायः एक वर्षदेखि तीन वर्षसम्ममा गरिने पूजा वा सो अवसरमा चढाइने बलि आदि।
44281 देवी ना. १.स्त्री देवता; देवताकी स्त्री।
44282 देवी ना. २. दुर्गा, लक्ष्मी,सरस्वती आदि स्त्री देवताका नाम।
44283 देवी ना. ३. राज्याभिषेकका दिन राजसिंहासनमा बसेकी रानी; पटरानी; बडामहारानी।
44284 देवी ना. ४. अत्यन्त सुन्दर शीलस्वभाव एवं आचरण भएकी स्त्री।
44285 देवी ना. ५. स्त्री जातिका नामका पछाडि गाँसिने एक उपाधि ( उमादेवी, रमादेवी, विद्यादेवी इ.)।
44286 देवी ना. ६. संसारमा रहेको दैविक शक्ति।
44287 देवीघाट ना. १.देवीको मन्दिरनजिकै रहेको घाट।
44288 देवीघाट ना. २. बाग्मती अञ्चलको पश्चिमी भागमा पर्ने तादी र त्रिशूली नदीको सङ्गमस्थल।
44289 देवीपुराण ना. दुर्गाभगवतीको चरित्रको वर्णन भएको पुराण;देवीभागव।
44290 देवीभागवत ना. भगवती वा देवीका चरित्रको वर्णन भएको पुराण;देवीका माहात्म्यको चर्चा भएको पुस्तक।
44291 देवीसरो ना. साउने सग्राँतीमा लुतो फ्याँक्ता प्रयोग गरिने एक प्रकारको वनस्पति।
44292 देवेन्द्र ना. देवदेवताका राजा वा मालिक; इन्द्र।
44293 देवेश ना. देवताका स्वामी; देवताका राजा; इन्द्र।
44294 देवोद्यान ना. देवताका बगैँचा (नन्दन, चैत्ररथ, वैभाज र सर्वतोभद्र गरी जम्मा चार बगैँचा)।
44295 देश ना. १.चारैतिर फैलिई अनेकौँ गाउँ, सहर, जिल्ला, अञ्चल वा प्रान्त मिलेर बनेको एक विशिष्ट भूभाग; मुलुक।
44296 देश ना. २. एकै प्रणालीका शासनअन्तर्गतको निश्चित भूभाग; राष्ट्र।
44297 देश ना. ३. कुनै ठाउँ वा स्थान।
44298 देशज वि. १.देशमा जन्मिएको वा उत्पन्न भएको (शब्द, वस्तु आदि)।
44299 देशज वि. २. देशवासीको प्रयोग तथा व्यवहारबाटै उत्पन्न भएको ( शब्द)।
44300 देशदर्शन ना. १.स्वदेशमा प्रचलित धर्म, संस्कृति, लोकव्यवहार आदिको निरीक्षण।