Dictionary

All Word

44301 देशदर्शन ना. २. यात्रा वा भ्रमणद्वारा हुने, देशमा भएका त्यस्ता विषय वा वास्तविकताको अध्ययन र चिन्तन।
44302 देशदेशान्तर / देशावर ना. अनेकौँ देशको समुदाय; देशविदेश।
44303 देशद्रोही वि. १.स्वदेशको रीतिरिवाज, चालचलन आदिको विरोध गर्ने; स्वदेशमा हानि पुऱ्याउने र विदेशी रीतिरिवाज र चालचलनप्रति विशेष मोह राख्ने।
44304 देशद्रोही वि. ना. २. स्वदेशमा झगडा उत्पन्न गराई आफ्नो स्वार्थ सिद्ध गर्ने व्यक्ति।
44305 देशधर्म ना. देशमा परम्परादेखि चल्दै आएको आचारविचार एवम् रीतिरिवाज; देशअनुसारको धर्म।
44306 देशना ना. ठुलाबडाले आफूभन्दा सानालाई शीलस्वभाव,आचारविचार, क्रियाकलाप आदिको सुधार गर्नका निम्ति दिने अर्ती;उपदेश; शिक्षा।
44307 देशनिकाला ना. देशद्रोही एवम् ठुलाठुला अपराध गरेबापत अपराधीलाई देशबाहिर निक्लनका निम्ति बाध्य गरिने सजाय; निर्वासनदण्ड वा निष्कासनदण्ड।
44308 देशभक्त वि. देशका चालचलन, रीतिरिवाज, नीतिनियम आदिप्रति विश्वास राख्ने; देशप्रति बफादारी रहने; देशको पुजारी; देशप्रेमी; राष्ट्रप्रेमी; राष्ट्रभक्त; राष्ट्रवादी।
44309 देशभक्ति ना. देशको उन्नति-प्रगतिका निम्ति गरिने कार्य तथा स्वदेशमा रहेका रीतिरिवाज, नीतिनियम आदिप्रतिका सद्भावना; राष्ट्रभक्ति।
44310 देशभँडुवा वि. देशमा रहेका नीतिनियम,क्रियाकलाप आदिमा खोट देखाई तिनमा आशक्त रहेका जनताको मन बिथोल्दै देशमा असन्तोष र आक्रोशको वातावरण सिर्जना गर्ने (व्यक्ति)।
44311 देशभाँडा वि. १.देशमा रहेको शान्त एवं सुन्दर वातावरणलाई खलबल्याउँदै असामयिक एवं अवैधानिक आन्दोलन गर्ने (व्यक्ति)।
44312 देशभाँडा वि. ना. २. त्यस्तो काम।
44313 देशभाषा ना. कुनै देशका विभिन्न जातिहरूले मातृभाषाको रूपमा बोलिने भाषा; क्षेत्रीय भाषा (जस्तै- नेवारी, मगराँती, राई, लिम्बू, थारू आदि)।
44314 देशरक्षा ना. १.देशको सार्वभौमिक सत्ताको रक्षा गर्ने काम।
44315 देशरक्षा ना. २. विदेशबाट आफ्नो देशमा आक्रमण हुन नदिई रक्षा गर्ने काम।
44316 देशविदेश ना. देश तथा विदेश; देशदेशावर; देशदेशान्तर;देशावर; देशान्तर।
44317 देशाचार ना. कुनै पनि देशको प्रचलित रीतिरिवाज, नीतिनियम एवं आचारविचार; देशधर्म।
44318 देशाटन ना. देशविदेशको भ्रमण गर्ने काम; देशभ्रमण।
44319 देशान ना. अरू देशबाट सर्दै आएको रोग; सरुवारोग;महामारी; रूढी; देसान।
44320 देशान्तर ना. १.आफ्नो देशबाहेकका अरू देश; विदेश; परदेश।
44321 देशान्तर ना. २. पृथ्वीको मानचित्रमा उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म तानिएको सर्वमान्य मध्यरेखादेखि पूर्व वा पश्चिमको दुरी वा अन्तर।
44322 देशान्तरी वि. अर्का देशको; देशान्तरको; परदेशी;विदेशी।
44323 देशावर ना. स्वदेशदेखि बाहेकको अर्को देश;देशान्तर;विदेश; परदेश।
44324 देशी वि. १.देशसम्बन्धी; देशको; मुलुकको; राष्ट्रको।
44325 देशी वि. २. स्वदेशमा उत्पादित वा निर्मि।
44326 देशी वि. ३ अरू देशको; विदेशी।
44327 देशी वि. ४. विदेशमा उत्पादित वा निर्मि।
44328 देशी वि. ना ५. विदेशमा बसेर वा काम गरेर फर्केको व्यक्ति; लाहुरे।
44329 देशी कपडा ना. १.स्वदेशमा उत्पादित कपडा।
44330 देशी कपडा ना. २. विदेशमा उत्पादित कपडा।
44331 देशी काग ना. सम्पूर्ण शरीर कालो भएको ठुलो काग।
44332 देशी केरा ना. लामालामा केही पातला कोसा हुने र भित्र पाक्ता पनि बाहिर हरियै देखने केराको एक जा।
44333 देशी गुँद ना. डाँठको गुन्द्री बुनिने कालोकालो खालको रङ हुने एक जातको गुँद।
44334 देशीय वि. १.देशको; स्वदेशसँग सम्बन्धि।
44335 देशीय वि. २. देशमा हुने तथा त्यसका आन्तरिक कुरासँग सम्बन्ध राख्ने।
44336 देसलाई ना. टुप्पामा बारुद लगाइएको आगो पार्ने छेस्का।
44337 देसाँद ना. विदेशबाट सर्दै आएको महामारी; एक प्रकारको सरुवा रोग; देशान; देसान।
44338 देसान ना. हे. देशान।
44339 देसिल्ला ना. ठुलठुला पात हुने एक जातको पान।
44340 देह ना. १.मानिस वा अन्य प्राणीको जिउ; आङ; शरीर।
44341 देह ना. २. जीवन; जिन्दगी।
44342 देहज ना. १.आफूबाट जन्मिएको व्यक्ति; छोरो।
44343 देहज ना. २. कामदेव।
44344 देहत्याग ना. भौतिक शरीर त्याग गर्ने काम; मरण; मृत्यु।
44345 देहधारी वि. १.शरीर धारण गर्ने; शरीरी।
44346 देहधारी वि. २. जीवधारी जन्तु वा मानिस; शरीर हुने जीव।
44347 देहपात ना. देहको नाश; देहको अन्त; मरण; मृत्यु।
44348 देहयात्रा ना. १.खानपानको व्यवस्था; जीवननिर्वाह; जीविका।
44349 देहयात्रा ना. २. देहले यात्रा गर्ने काम; मरण; मृत्यु।
44350 देहवान् वि. १.शरीरधारी; देहधारी।