Dictionary

All Word

44351 देहवान् वि. ना. २. जीव; प्राणी।
44352 देहली ना. १.ढोकाका चौखटको तल्लो भाग; ठेलो; सँघार।
44353 देहली ना. २. चौखटका प्वालमा लगाइने काठ आदिका फग्लेँ टा; ढोका; दैलो।
44354 देहली ना. ३. भारतको राजधानी दिल्ली।
44355 देहलीदीपक ना. १.भित्र तथा बाहिर दुवैतिर उज्यालो होस् भनी ढोकामा राखिएको बत्ती।
44356 देहलीदीपक ना. २. एउटै शब्दको दुईतिर अन्वय भई दुवैतिर अर्थ लाग्दा हुने एक प्रकारको अर्थालङ्कार।
44357 देहलीदीपकन्यास ना. ढोकामा राखिएका बत्तीबाट भित्र तथा बाहिर दुवैतिर उज्यालो भए जस्तै दोहोरो अर्थ लाग्ने कुरो वा तर्क।
44358 देहा ना. हे. देहाय।
44359 देहाग्निग्रन्थि ना. पाकस्थलीमा पाचनरस प्रदान गर्ने ग्रन्थिविशेष।
44360 देहाणु ना. शरीरको निर्माणका निम्ति आवश्यक कण र कोष।
44361 देहात ना. १.धेरै गाउँ भएको, खेतीकिसानी गरेर जीवननिर्वाह गर्ने मानिसहरूको बस्ती; ग्राम; गाउँ।
44362 देहात ना. २ तराई;कछार।
44363 देहात ना. ३. काँठ।
44364 देहाती वि. १.देहातमा बसोबास गर्ने; गाउँले; ग्रामीण।
44365 देहाती वि. २. काँठे;कछारे, कोर्काली।
44366 देहाती वि. ३. देहातसम्बन्धी; देहातमा भएको, चलेको वा पाइने।
44367 देहात्मवाद ना. शरीरलाई नै आत्मा वा ईश्वरको स्वरूप मान्ने एक प्रकारको दार्शनिक विचार वा सिद्धान्त; भौतिकवाद।
44368 देहात्मवादी वि. देहात्मवादको समर्थक तथा अनुयायी।
44369 देहान्त ना. देहको अन्त; देहावसान; मरण; मृत्यु।
44370 देहान्तर ना. धार्मिक विश्वासअनुसार मरेपछि प्राप्त हुने अर्को शरीर; जन्मान्तर।
44371 देहान्तरण ना. नयाँ देह वा शरीर धारण गर्ने काम।
44372 देहान्तरित वि. देहान्तर भएको; नयाँ जन्म लिएको।
44373 देहाय ना. स्रेस्तामा सिलसिला वा क्रम मिलाएर विभिन्न रकमकलम लेखिने ठाउँ; तपसिल; निम्नाङ्कन; देहा।
44374 देहावरण ना. १.शरीर रक्षा गर्ने वस्तु; कवच।
44375 देहावरण ना. २. शरीर ढाक्ने वस्तु लुगा; कपडा; वस्त्र।
44376 देहावसान ना. देह वा शरीरको अवसान वा अन्त; मरण; मृत्यु।
44377 देही वि. १.देह वा शरीर भएको; शरीरधारी।
44378 देही वि. ना. २. जीव; प्राणी।
44379 देही वि. ३. आत्मा; भित्री मन।
44380 दैत्य ना. १.कश्यप ऋषिकी दिति नाउँ गरेकी पत्नीबाट जन्मिएका सन्तान; असुर; राक्षस।
44381 दैत्य ना. २. ठुलो भद्दा शरीर भएको तथा डरलाग्दो व्यक्ति।
44382 दैत्य ना. ३. दुराचारी व्यक्ति।
44383 दैत्य ना. ४. ज्यादै खाने व्यक्ति।
44384 दैत्यगुरु ना. दैत्यका गुरु; शुक्राचार्य।
44385 दैत्यपति ना. दैत्यहरूका अधिपति; हिरण्यकशिपु।
44386 दैत्यारि ना. १.दैत्यका शत्रु।
44387 दैत्यारि ना. २. विष्णु; देवता।
44388 दैत्यारि ना. ३. इन्द्र।
44389 दैदस्तुर ना. १.पहिलेदेखि चलिआएको रीतिरिवाज वा लिनेदिने कामकुरा।
44390 दैदस्तुर ना. २. त्यसअनुसार लिनेदिने गरिएको दस्तुर (नगद वा जिन्सी वस्तु )।
44391 दैनन्दिन वि. १.प्रतिदिनको; दिनैपिच्छेको; दिनहुँको।
44392 दैनन्दिन वि. क्रि. यो. २. दिनदिनै; प्रतिदिन; दिनहुँ ; लगातार।
44393 दैनन्दिनी वि. १.दिनदिनैको; दिनैपिच्छेको; दैनिक।
44394 दैनन्दिनी वि. ना. २. प्रत्येक दिनका घटनाहरूको टिपोट वा सो टिपोट लेखिने गरिएको पुस्तिका; दैनिकी डायरी; रोजनामचा।
44395 दैनिक वि. १.प्रत्येक दिनको; दिनैपिच्छे हुने वा गरिने; दिनहुँको (दैनिक उपस्थिति, दैनिक कार्य, दैनिक पारिश्रमिक इ.)।
44396 दैनिक वि. २. प्रतिदिन वा दिनदिनै प्रकाशित हने ( अखबार वा खबरकागत )।
44397 दैनिक तथा भ्रमण भत्ता ना. कर्मचारीलाई कामविशेषले कार्यालय वा संस्थागत क्षेत्रबाट अन्यत्र काजमा खटाउँदा नियमानुसार दिइने दैनिक खर्च तथा यात्राखर्च (टी. ए. डी. ए.)।
44398 दैनिक पत्र ना. प्रतिदिन प्रकाशित हुने समाचारपत्र वा अखबार।
44399 दैनिक पञ्जिका ना. दिनैपिच्छेका घटना वा दिनहुँ क्रय-विक्रय, लेनदेन आदि भएको विवरण लेख्ने बही; रोजनामचा; डायरी।
44400 दैनिक भत्ता ना. सरकारी वा संस्थागत काममा आफूले काम गरिरहेका इलाकादेखि बाहिर खटिएर जाँदा दर्जाअनुसार दैनिक रूपमा प्राप्त हुने तलबबाहेकको विशेष रकम।