Dictionary

All Word

44501 दोख्याहा वि. दोख लागिरहने (ठाउँ वा व्यक्ति)।
44502 दोख्याहा वि. स्त्री. दोख्याही।
44503 दोगला ना. १.विवाहित लोग्नेदेखि अतिरिक्त अर्कै पुरुषसँगको समागमबाट जन्मिएको व्यक्ति;जारपुत्र।
44504 दोगला ना. २. भिन्नाभिन्नै जातका आमाबाबुबाट जन्मिएको व्यक्ति।
44505 दोगला ना. ३. वर्णसङ्कर; ठिमाहा; ठिम्मर।
44506 दोगला ना. ४. कुनै पनि देशको सिमानामा बसी आफूलाई अनुकूल मिल्ने गरी कहिले यताको र कहिले उताको कुरा भन्ने व्यक्ति।
44507 दोचन्दा वि. दोहोरो; डबल; दुगुना (तिरो, जरिवाना आदि)।
44508 दोचा ना. भोटेजातिका मानिसहरूले प्रायः हिमाली भेगमा लगाउने, घुँडासम्म आउने एक प्रकारको जुत्ता।
44509 दोचारे वि . यताको उता र उताको यता दोहोरो कुरा ओसार्ने; नारद।
44510 दोछायाँ / दोछाया ना. प्रकाश छेकिनाले ओझेल परेको वा दुईतिरका प्रकाशले गर्दा स्पष्टसँग नदेखिने गरी परेको छायाँ; अस्पष्ट देखाइ।
44511 दोजाई वि . दोजिया; दुई जिउकी।
44512 दोजिया वि. दुई जिउ भएकी; दुई जिउकी; गर्भिणी;गर्भवती।
44513 दोज्याडा ना. घुँडादेखि मुनि वा माथि दोचा बाँध्ने डोरी।
44514 दोटा वि. दुईवटा; दुइटा।
44515 दोठ्याङ ना. १.यता कि उता हुने स्थिति; असजिलो परेको वा बिग्रेको अवस्था।
44516 दोठ्याङ ना. २. दोधारमा पर्ने स्थिति; अरे कि मरेको अवस्था।
44517 दोतला वि. एक तलामाथि अर्को तला छापिएको; दुईतले।
44518 दोदन्त ना. जुवाका खेलमा सोह्र कौडीमध्ये दुई कौडी मात्र उत्ताना पर्दा हुने एक दाउ; दुई चित र दुई ठाडा; छक्का दाउ।
44519 दोदन्ते वि. दुई दाँत मात्र देखिने अवस्थाको; दुई दाँत मात्र भएको।
44520 दोदरा ना. नेपालका धिमाल, राजवंशी आदि जातिमा प्रचलित नक्खीले बजाइने एक खालको बाजा।
44521 दोधक ना. प्रत्येक पाउमा तीन भगण र दुई गुरु हुने एक वार्णिक छन्द।
44522 दोधार ना. १.यो धार कि ऊ धार हुने अवस्था; यसो गरूँ कि उसो गरुँको स्थिति; दोमन; दुविधा; धरमर।
44523 दोधार ना. २. सन्देह; संशय;शङ्का।
44524 दोधार ना. ३. दुई धारको बिच वा माझ (नदीको, कुराको, हतियारको आदि)।
44525 दोधारे वि. १.दोधारमा परेको; अनिश्चि।
44526 दोधारे वि. २. दुवैतिर ढल्केको; जता पनि लाग्न सक्ने।
44527 दोधारे वि. ३. कुनै खास निर्णयमा पुग्न नसकी त्यसै अलमलिने; बिचको।
44528 दोधारे वि. ४. दुईतिर धार भएको ( हतियार)।
44529 दोपट ना. खोट लागेको विषय; कृत्रिम रूपले सिद्ध गरिएको विषय; किर्ते।
44530 दोपटले वि. दुई पटल (आँखाको ढकनी) भएको।
44531 दोपटले छ ना. आँखाका दुई ढकनीजस्तो बान्कीको 'छ' अक्षर।
44532 दोपट्टा ना. हे. दुपट्टा।
44533 दोपहर ना. दोस्रो पहर; दिनको मध्य भाग; मध्याह्न।
44534 दोपहरिया ना. १.दोपहर वा मध्याह्नमा मात्र फुल्ने एक जातको फूल।
44535 दोपहरिया ना. वि. २. दोपहरसम्बन्धी; दोपहरको।
44536 दोपहरे ना. १.बकाइनाका जस्ता पात हुने तथा रातो, पहेँलो, सेतो र निलो चार रङको फूल फुल्ने एक जातको बोट; त्यसैको फूल।
44537 दोपहरे ना. २. रोपाइँ गर्दा दुई पहर समय गएपछि हली, बाउसे, रोपार आदिलाई दिइने विशेष खाजा।
44538 दोपहरे ना. ३. दिनमा खाइने खाजा; अर्नी।
44539 दोपाया वि. दुई खुट्टा हुने; दुई खुट्टाले हिँड्ने (मानिस, हाँस, परेवा आदि प्राणी )।
44540 दोफर ना. दोचाभित्र लगाउने मोजा।
44541 दोबर वि. १.दुई पत्र भएको; दुईसरो।
44542 दोबर वि. २. दुईगुना; डबल; दोहोरो।
44543 दोबर दाबर ना. पटकपटक दोब्य्राउने काम; दोब्य्राइतेब्य्राइ गर्ने काम।
44544 दोबरिनु अ.क्रि. १.दोबर हुनु; दुईगुना हुनु; डब्लिनु।
44545 दोबरिनु अ.क्रि. २. दोबरी हुनु।
44546 दोबरी वि. दोबर पारेको; भित्री र बाहिरी दुवै भएको; दुई पाटा वा तह भएको; दुईसरो।
44547 दोबऱ्याइ ना. दोबरिने तथा दोब्य्राउने क्रिया वा प्रक्रिया।
44548 दोबऱ्याइनु क.क्रि. दोबर पारिनु; डब्ल्याइनु।
44549 दोबऱ्याउनु स.क्रि. दोबर पार्नु; डब्ल्याउनु।
44550 दोबऱ्याहा वि. दोब्रिने खालको; पातलो धार भएको (कोदालो, फरुवा आदि हतियार)।