Dictionary

All Word

44651 दोसामिसी ना. एकअर्काको बाटो हेरेर काम गर्नमा ढिलासुस्ती देखाउने काम; परस्परको हानथाप।
44652 दोसामोस ना. परस्परमा हानथाप गर्ने वा दोष लगाउने काम; दोसामिसी।
44653 दोसामोसी ना. दोसामोसको चाल।
44654 दोस्त ना. साथ दिने वा रहने व्यक्ति; साथी; सँगाती; मित्र;प्रेमपात्र; स्नेहभाजन।
44655 दोस्ताना ना. दोस्ती।
44656 दोस्ती ना. १.मित्रता; स्नेहभाव।
44657 दोस्ती ना. २. साथी; सँगाती; मि।
44658 दोस्रा वि. पहिलोभन्दा मुनिको; द्वितीय श्रेणीको।
44659 दोस्रामाल ना. राणाशासनका समयमा धेरै जग्गा हुने राणाहरूले आफ्ना बिर्ताको आम्दानी उठतीपुठती गर्नका निम्ति स्थापना गरेको माल अड्डा; बिर्तामाल।
44660 दोस्रो वि. १.क्रममा द्वितीय स्थानमा रहेको; पहिलोभन्दा पछिको; द्वितीय।
44661 दोस्रो वि. २. प्रस्तुत विषयसँग सम्बन्ध नरहेको; अरू; अर्को; अन्य।
44662 दोस्रो वि. स्त्री. दोस्री।
44663 दोस्रो कटान ना. एकचोटि फेदमै काटेर ढालिएका रुखहरूलाई आवश्यकताअनुसार दोस्रो पटक काट्ने काम।
44664 दोस्रो दर्जाको वि. १.दोस्रो दर्जा वा तहको; पहिलोभन्दा केही तल्लो कोटिको।
44665 दोस्रो दर्जाको वि. २ नम्बरी नभएको; दोस्रो काँट वा नम्बरको (सुन, माल आदि)।
44666 दोस्रो विश्व ना. वैज्ञानिक शक्तिको उपयोगद्वारा परम्परादेखि भिन्न किसिमले विकास हुँदै आएको शक्तिशाली संसार।
44667 दोहटिया वि. दुई भिन्नाभिन्नै ठाउँमा घरबार भएको; दुई देशमा घरगृहस्थी भएको।
44668 दोहद ना. १.गर्भवती आइमाईका मनमा उठ्ने विभिन्न चाहना वा इच्छा।
44669 दोहद ना. २. गर्भवती हुनाको भाव, अवस्था वा लक्षण।
44670 दोहद ना. ३. गर्भ; पेटबोकाइ।
44671 दोहदवती ना. कुनै वस्तुको इच्छा गर्ने गर्भवती स्त्री; दुई जिउकी;गर्भिणी।
44672 दोहन ना. १.दुध दुहुने काम।
44673 दोहन ना. २. दुधेरो; गबुवा; ढुङ्ग्रो।
44674 दोहन ना. ३. बौद्धिक, आर्थिक आदि दृष्टिले कसैको शोषण गर्ने काम; दुहाई।
44675 दोहनी ना. १.दुध दुहुने काम।
44676 दोहनी ना. २. दुध दुहुने भाँडो; दुधेरो; गबुवा।
44677 दोहरिनु अ.क्रि. दोहोरो हुनु; दोहोरिनु।
44678 दोहरे ना. दोहोरो; दोहोरे।
44679 दोहरो वि. दुई चोटि गरिने वा हुने; दोहोरो (दोहरो काम, दोहरो सिलाइ, दोहरो लेखाइ इ.)।
44680 दोहरो वि. ना. २. दुई चोटि हुने काम; दोहरी।
44681 दोहऱ्याइ ना. दोहरिने भाव, क्रिया वा प्रक्रिया।
44682 दोहऱ्याइनु क.क्रि. दोहोरो पारिनु।
44683 दोहऱ्याउनु प्रे. क्रि. दोहोरो पार्नु; दोहरो पार्न लगाउनु।
44684 दोहऱ्याहा वि. दोहरिने खालको।
44685 दोहल ना. कुनै वस्तु वा विषयप्रतिको उत्सुकता; इच्छा; कामना।
44686 दोहल ना. २. गर्भिणी आइमाईलाई लाग्ने तलतल; दोहद।
44687 दोहलवती ना. दोहदवती।
44688 दोहलो ना. हे. दोहोलो।
44689 दोहा ना. पहिला र दोस्रा चरणमा तेह्रतेह्र मात्रा अनि दोस्रा र चौथा पाउमा एघारएघार मात्रा हुने एक प्रसिद्ध छन्द।
44690 दोहोरिनु अ.क्रि. एक चोटि गरिसकिएको वा भइसकेको काम फेरि हुनु; डबलिनु।
44691 दोहोरी ना. १.अड्डामा हाल साबिक हुँदा अकर्ण वासलातमा लेखिएको नगदी, जिन्सी आदि धेरै भएर बुझाउन नभ्याएका खण्डमा बुझ्नबुझाउन नसकुन्जेलका लागि रोजरोजै बुझाएको वा बुझेको हो भनी साबिकवालाले हालवालालाई र हालवालाले साबिकवालालाई सहीछाप गरी दिने लिखत कागत; दोहोरो।
44692 दोहोरी ना. २. साहुलाई गरिदिएका लिखतको साहु तथा आसामी दुवै थरीले लिने एक-एक प्रति सक्कल काग।
44693 दोहोरी ना. ३. बिहामा जन्ती पर्छेपछि र दुलही अन्माउनुअघि जन्तीलाई खुवाइने भोजन।
44694 दोहोरी ना. ४. दुलाहा वा दुलही कुनै एक पक्षले दुवै पक्षमा लगाउने खर्च।
44695 दोहोरी ना. ५. दुई जना परस्पर मुख हुने गरी उभिएर पालैपालो मच्चाउँदै खेलिने पिङको खेल।
44696 दोहोरी ना. ६. केटा तथा केटीहरू मिलेर सवालजवाफका रूपमा गाइने गीत; जुहारी; दोहरी।
44697 दोहोरी ना. वि. ७. दुवैतिरको; दुवैतिर हुने।
44698 दोहोरीलता ना. दुवैतिरबाट आउने - जाने पङ्क्ति; जाने - आउनेहरूको ताँती वा लर्को।
44699 दोहोरे ना. १.दुई जना परस्पर मुख पर्ने गरी उभिएर पालैपालोसँग मच्चाउँदै खेल्ने पिङको खेल।
44700 दोहोरे ना. २. केटा र केटी मिलेर सवालजवाफका रूपमा गाइने गीत; दोहोरी।