Dictionary

All Word

44701 दोहोरे ना. वि. ३. दोहोरो परेको; दोहरो हुने।
44702 दोहोरो वि. १.दुई पटक भएको; डब्लिएको; दुगुना।
44703 दोहोरो वि. २. दुईसरो; दोबरी।
44704 दोहोरो आङको ना. छाती फुकेको; दुई फग्ल्याँटाजस्तो देखिनेसम्मको चौडा आङ भएको।
44705 दोहोरो आङको ना. (उदा.- त्यो दोहरो आङको निकै राम्रो छ।)।
44706 दोहोरो कर ना. एउटै वस्तु वा सामानमा कुनै कारणले गर्दा दुई चोटि लागेको कर; डबल दस्तुर।
44707 दोहोऱ्याइ ना. दोहोरिने क्रिया वा प्रक्रिया।
44708 दोहोऱ्याइनु क.क्रि. दोहोरो हुने पारिनु।
44709 दोहोऱ्याउनु प्र.क्रि. दोहोरो पार्नु; दोहोरो हुन लगाउनु।
44710 दोहोऱ्याहा वि. दोहोरिने खालको वा स्वभावको।
44711 दोहोलो ना. १.कुनै काम फेरि गर्नका निम्ति भय, त्रास आदिले गर्दा पटक्कै नचाहने स्थिति; तालाबाला; तोबा; दोहलो।
44712 दोहोलो ना. २. कुनै कार्यदेखि पूरै चेत्ने काम; हायलकायल; चेतबाबा काशी।
44713 दोहोलो ना. ३. केटाकेटीलाई तालु, नाइटो आदिमा औषधी वा फुकेर मन्त्रिएको वस्तु दलिदिँदै भनिने शब्द।
44714 दोहोलो ना. (उदा.- नानीलाई दोहोलो, दोहोलो !)।
44715 दोह्य वि. दुहूँदुहुँ परेको; दुहुन लायक।
44716 दौँतर ना. समान वा बराबरी उमेर; समवयस्क व्यक्ति; दामल; दाँवल।
44717 दौँतरी ना. १.बराबर उमेर भएका साथी; उमेर मिल्दा दौँतर।
44718 दौँतरी ना. वि. २. एकै उमेरका; एकै दाँवलका।
44719 दौडनु अ.क्रि. १.वेगले हिँड्नु; कुद्नु; दगुर्नु।
44720 दौडनु अ.क्रि. २. सुइँकुच्चा ठोक्नु; भाग्नु।
44721 दौड ना. १.तागत भएसम्म छोटा वा लामा फड्का मारेर हिँडाइको गति बढाउने काम; कुदाइ।
44722 दौड ना. २. मनमा तीव्र गतिले भइरहने तर्कवितर्क; मनका इच्छाको वेग।
44723 दौड ना. ३. कुनै कुराको उद्देश्य वा तकाइ।
44724 दौडधुप ना. १.कुनै काम पूरा गर्नाका निम्ति चारैतिर लागेर चाँडोचाँडो प्रयत्न गर्ने काम।
44725 दौडधुप ना. २. हतारहतारमा चारैतिर भौँतारिने काम; भ्रमण।
44726 दौडाइ ना. १.दौडने भाव, क्रिया वा प्रक्रिया।
44727 दौडाइ ना. [दौडाउ+आइ] २. ना. दौडाउने भाव, क्रिया वा प्रक्रिया।
44728 दौडाइनु क.क्रि. दौडन लाइनु।
44729 दौडाउनु प्रे. क्रि. १.छिटो चालले हिँडाउनु; कुदाउनु।
44730 दौडाउनु प्रे. क्रि. २. सुइँकुच्चा ठोक्न लाउनु; भगाउनु।
44731 दौडाउनु प्रे. क्रि. स.क्रि. ३. चोरी गर्नु; चोर्नु।
44732 दौडाउनु प्रे. क्रि. ४. बिनाकाममा लरखर पार्नु।
44733 दौडाउनु प्रे. क्रि. ५. कुनै काममा चाँडो हिँड्ने मानिस पठाउनु।
44734 दौडादौड ना. १.कामविशेषले यताउति दगुर्ने काम;दगुरादगुर; कुदाकुद; दौडधुप।
44735 दौडादौड ना. २. हतारपतार; हतपत; हडबड।
44736 दौडादौडी ना. दगुरादगुर; कुदाकुद; दौडादौड।
44737 दौडान ना. १.दौडने काम; दौडाइ।
44738 दौडान ना. २. कुनै काम सुरु भएपछि नसकिउन्जेलको समय।
44739 दौडान ना. ३. कुनै कामका गतिको तीव्रता वा वेग।
44740 दौडान ना. ४. क्रम; सिलसिला।
44741 दौडाहट ना. दौडने भाव, क्रिया वा प्रक्रिया; दौडाइ;दौड।
44742 दौडाहा वि. धेरै दगुर्ने स्वभावको; धेरै कुद्ने।
44743 दौडाहा ना. १.बराबर यताउति वा चारैतिर घुमफिर गर्ने काम वा अवस्था; भ्रमण; चक्कर।
44744 दौडाहा ना. २. आफ्ना मातहतका इलाकाहरूको जाँचबुझ वा रेखदेख गर्नाका निम्ति सम्बन्धित उच्च अधिकारीहरू घुम्न जाने काम।
44745 दौडाहा ना. ३. जिल्लाको स्थिति वा समस्या बुझी ठाडो कारबाई गर्न विशेष अधिकारसम्पन्न व्यक्ति वा समुदायलाई खटाउने काम।
44746 दौडाहा ना. ४. त्यस्तो कारबाई गर्न खटिई गएको व्यक्ति वा समुदाय।
44747 दौडाहा ना. ५. पहिलेपहिले मोफसलका मुद्दामामिला वा उजुबाजुर सुनी छिटो कारबाई गर्न केन्द्रबाट खटिएको अधिकारी वा अधिकारीवर्ग।
44748 दौडाहा ना. ६. बिचबिचमा कडा आक्रमण गर्ने रोग (हैजा, महामारी इ.)।
44749 दौडाहा इजलास ना. अधिकारप्राप्त व्यक्तिबाट सम्बन्धित इलाकाहरूमा घुमी मुद्दामामिला किनारा लगाउने अदालत; घुम्ती अदाल।
44750 दौडाहा दल ना. १.राणाशासनमा हरेक साल जिल्लाजिल्लाको परिस्थिति जाँचबुझ गर्न र परिआएका समस्याको निर्णय एवं समाधानका लागि श्री ३ ले आफ्ना भाइ वा छोराको मातहतमा जुटाएको दल।