Dictionary

All Word

44551 दोबाच ना. डन्डीबियोका खेलको एक दाउ।
44552 दोबाटा दोबाटी ना. सानाठुला दोबाटाहरूको समूह।
44553 दोबाटे वि. १.दोबाटाको।
44554 दोबाटे वि. २. दोबाटामा बस्ने।
44555 दोबाटे वि. ३. दोबाटाका छेउछाउमा घर भएको।
44556 दोबाटे वि. ४. बाटाघाटा, हाटबजार आदिमा पसल थाप्ने।
44557 दोबाटो ना. दुइटा बाटा जोडिएको ठाउँ; दुई वा दुईभन्दा बढी बाटाको सङ्गम भएको ठाउँ।
44558 दोबार्नु स.क्रि. धागो, डोरी, कडा वा धातुका पाता आदि दोब्रिने पार्नु; दुईसरो बनाउनु।
44559 दोबारा ना. दुईखेप; दुईपल्ट;दुईचोटि; दोबारो।
44560 दोबारिनु क.क्रि. दोबार्ने काम गरिनु।
44561 दोब्रिनु अ.क्रि. १.दोबर हुनु; एकको दुई, दुईको चार भएर बढ्दै जानु।
44562 दोब्रिनु अ.क्रि. २. खुम्चिँदैखप्टिँदै पत्रपत्र पर्नु; पट्टिनु।
44563 दोब्रिनु अ.क्रि. ३. हँसिया, कोदालो आदिको धार फर्कनु।
44564 दोब्रिनु अ.क्रि. ४. भोकले गर्दा पेट ख्याप्प भएर भित्र पस्नु।
44565 दोब्रिनु अ.क्रि. ५. लाजले शिर निहुरनु।
44566 दोब्य्राइ ना. दोब्य्राउने क्रिया वा प्रक्रिया।
44567 दोब्य्राइनु क.क्रि. दोब्रने पारिनु।
44568 दोब्य्राउनु स.क्रि. १.दोबर पार्नु; दोब्रने पार्नु।
44569 दोब्य्राउनु स.क्रि. स.क्रि. २. खान नदिएर दुःख दिनु; सताउनु।
44570 दोब्य्राहा वि. दोब्रिने खालको।
44571 दोबारो ना. हे. दोबारा।
44572 दोभरा ना. दोस्रो खेप भर्दाको घटी; खापा खाने काम।
44573 दोभान ना. दुईतिरबाट बगेर आएका नदीहरु मिसिएको ठाउँ; दुई नदीको सङ्गम।
44574 दोभाने वि. दोभानको; दोभानमा बस्ने; दोभानहुँदो रहेको।
44575 दोभाने वि. स्त्री. दोभान्नी।
44576 दोभासे वि. १.दुई भाषा जान्ने; द्विभाषी।
44577 दोभासे वि. २. दुई भिन्नाभिन्नै भाषाभाषीका बिचमा एउटाले बोलेको कुरालाई अर्काको भाषामा उल्था गर्ने।
44578 दोभासे वि. ना ३. त्यस्तो दुई भाषा जान्ने वा एक भाषाबाट अर्को भाषामा उल्था गर्ने व्यक्ति।
44579 दोमट ना. अलिअलि बालुवा मिसिएको माटो; बलौटे जमिन।
44580 दोमन ना. १.यसो गरूँ कि उसो गरूँको स्थिति; दोधार।
44581 दोमन ना. २. सन्देह; धुकचुक।
44582 दोमने वि. दुई मन हुने; कुनै कुराको निधो गर्न नसक्ने।
44583 दोमासे वि. १.दुई भिन्नाभिन्नै पदार्थ मिसाउँदा तयार भएको।
44584 दोमासे वि. २. दुवैतिर लाग्ने, मिल्ने वा हुने।
44585 दोमासे वि. ३. दोभासे।
44586 दोमासे वि. १.दुईदुई महिनामा निस्कने वा हुने (पत्रिका, उब्जाउ आदि )।
44587 दोमासे वि. २. दुवै महिनामा पर्ने।
44588 दोयम वि. दोस्रो कोटिको; मझौला खालको; अब्बलभन्दा मुनिको र सिमभन्दा माथिको (जग्गा-जमिन)।
44589 दोरङ्गा / दोरङ्गी वि. दुई रङ भएक; दुई रङ मिलेको; दुईरङ्गी।
44590 दोरानाच ना. तामाङ जातिको मृत्युसंस्कारका समयमा नाचिने नाच।
44591 दोलक ना. तुन्द्रुङ्ङ झुन्डिएर हल्लिरहने वस्तु; घडीको लङ्गुर।
44592 दोलख ना. वर्णका शिरमाथि लगाइने दुई लख वा मात्रा ( ै); ऐकार।
44593 दोलखकन्ना वि. वर्णका मास्तिर दुई लख र पछाडि कान्दानी भएको मात्रा (ाै ); औकार।
44594 दोलखा ना. १.नेपालको मध्यमाञ्चल विकासक्षेत्रमा पर्ने जनकपुर अञ्चलको उत्तरी भागमा रहेको एक जिल्ला।
44595 दोलखा ना. वि. २. दुई लाख सङ्ख्या भएको।
44596 दोलन ना. १.तुन्द्रुङ्ङ झुन्डिएको वस्तु हल्लने क्रिया; दोलकको हल्लाइ।
44597 दोलन ना. २. एक निर्दिष्ट बिन्दुबाट अर्को निर्दिष्ट बिन्दुमा पुगेर फेरि पहिलेकै स्थानमा आइपुग्दाको दुरी।
44598 दोला ना. १.डोली वा पाल्की।
44599 दोला ना. २. पिङ।
44600 दोला ना. ३. झोलुङ्गो।