Dictionary

All Word

44601 दोला ना. ४. घटबढ भइरहने स्थिति।
44602 दोलाईं ना. दुईसरो कपडाका बिचमा रुवा हाली तगेर बनाइएको सिरकभन्दा पातलो ओढ्ने वस्तु।
44603 दोलाजी ना. हे. डोलाजी।
44604 दोलायन्त्र ना. हीराभस्म बनाउँदा विशेष प्रक्रियाका साथ कोदाको रस राखिएको भाँडामा हीरालाई अग्निपाक गर्न प्रयोग गरिने एक यन्त्र।
44605 दोलायमान वि. १.हल्लिरहेको ; झुलेको।
44606 दोलायमान वि. २. अस्थिर; चञ्चल।
44607 दोलायमान वि. ३. दोमने; दोधारे।
44608 दोलायित वि. हल्लाइएको; झुलाइएको (वस्तु)।
44609 दोलिका ना. १.डोली।
44610 दोलिका ना. २. पिङ।
44611 दोलित वि. हल्लिएको वा हल्लाइएको; झुलेको।
44612 दोली ना. डोली।
44613 दोष ना. १.कुनै कुरा, व्यक्ति वा वस्तुमा रहेको त्रुटि, कमी, बाधा आदि अवगुण; खराबी, दुर्गुण।
44614 दोष ना. २. नैतिक वा कानुनी दृष्टिले अपराध मानिने कुनै अभियोग, कलङ्क वा लाञ्छना।
44615 दोष ना. ३. अपराध; कसुर।
44616 दोष ना. ४. फत्तुर; खोट; अत्तो।
44617 दोष ना. ५. कलङ्क; दाग।
44618 दोष ना. ६. भुल; अशुद्धि।
44619 दोष ना. ७. मिसावट; कसर।
44620 दोष ना. ८. आयुर्वेदका अनुसार शरीरमा वात, पित्त र कफबाट हुने प्रकोप।
44621 दोष ना. ५. सोझै वा अर्थलाई दूषित गराएर काव्यको गुण वा रसको आस्वादनमा हानि गराउने कुरा; रसको अपकर्षक तत्त्व (काव्यदोष; अर्थदोष, रसदोष आदि)।
44622 दोषग्राही वि. १.अर्काको दोषमा ध्यान दिने।
44623 दोषग्राही वि. २. दुर्जन; दुष्ट।
44624 दोषज्ञ वि. १.वस्तु वा व्यक्तिमा रहेका दोषको पारख गर्ने वा सत्असत्लाई विवेकपूर्ण ढङ्गले विश्लेषण गर्न सक्ने; विद्वान्; मनीषी।
44625 दोषज्ञ वि. ना. २. त्यस्तो कुशल व्यक्ति; पण्डि।
44626 दोषत्रय ना. वात, पित्त र कफबाट उत्पन्न हुने तीन प्रकारको दोष वा खराबी।
44627 दोषदर्शी वि. अरूमा रहेका दोषहरू मात्रै खोज्ने; छिद्रान्वेषी।
44628 दोषदृष्टि ना. १.अरूमा रहेका दोष मात्र देख्ने क्रिया; छिद्रान्वेषण।
44629 दोषदृष्टि ना. वि. २. अर्काको दोषमात्र खोज्ने वा देख्ने; छिद्रान्वेषी।
44630 दोष प्रमाणित/ सिद्ध वि. अदालतमा आफ्नो अपराध प्रमाणित वा सिद्ध भएको; अभिशंसित (व्यक्ति)।
44631 दोषारोप ना. कुनै दोष भएको कुरा वा दोष गर्ने व्यक्तिउपर आरोप लगाउने काम; अभियोग लगाउने कार्य।
44632 दोषारोपण ना. दोष लगाउने काम; दोषारोप।
44633 दोषारोपित वि. दोषको आरोप लगाइएको; दोष लागेको।
44634 दोषी वि. १.दोष गर्ने वा दोष भएको; खराब गुण भएको।
44635 दोषी वि. २. दाग लागेको; दागी; खोटो।
44636 दोषी वि. ३. दुष्ट स्वभाव भएको (व्यक्ति)।
44637 दोषी वि. ४. अदालतबाट दोष प्रमाणित भएको (व्यक्ति)।
44638 दोसल्ला ना. १.किनारामा कार्चाेर्बी बुट्टा भरिएको र बिचबिचमा केही फूलबुट्टा भएको, दुईसरो ऊनीको मूल्यवान् ओढ्ने।
44639 दोसल्ला ना. २. विशेष गरी बिहेमा बेहुलातर्फबाट बेहुलीलाई लगिने महँगो खालको ऊनी खास्टो।
44640 दोसल्ला ना. ३. कुनै विशिष्ट व्यक्तिलाई सम्मानस्वरूप ओढाइने राम्रो खास्टो।
44641 दोसाँध ना. १.दुई राज्यका भूभाग छुट्ट्याउनका निम्ति प्रमाणित गरिएको एक निश्चित रेखा; सिमाना (बोर्डर)।
44642 दोसाँध ना. २. दुई थरी जग्गा जोडिने निश्चित ठाउँ; साँध।
44643 दोसाँध ना. ३. द्विविधा; दोधार;दोमन।
44644 दोसाँध ना. ४. दुई भिन्न थरीका अधिकार, व्यवस्था, स्थिति आदिको अन्तर वा बिच।
44645 दोसाँध ना. ५. अन्तिम अवस्था।
44646 दोसाँध ना. (उदा.- बिरामी त दोसाँधमा पुगिसकेछ।)।
44647 दोसाँधी ना. दोसाँध।
44648 दोसाँधे वि. १.दुई थरी जग्गाका बिचमा रहेको; दोसाँधमा पर्ने।
44649 दोसाँधे वि. २. द्विविधामा परेको;दोधारमा परेको।
44650 दोसाँधे वि. ३. दोसाँधसम्बन्धी;दोसाँधको।