Dictionary

All Word

44751 दौडाहा दल ना. २. जिल्लाजिल्लाको समस्या बुझी त्यहाँको उजुरबाजुरसमेत सुनेर न्याय दिन केन्द्रीय स्तरबाट खटिएका अधिकारीवर्ग।
44752 दौडिनु अ.क्रि. दौडने काम गरिनु; वेगसाथ हिँड्नु; कुद्नु।
44753 दौडी वि. दौडन सक्ने; दौडने।
44754 दौडी दत्त वि. साह्रै छिटो वा पत्त्याउनै नसकिने किसिमले हिँड्ने (व्यक्ति); अह्राउपह्राउ वा अन्य कारणले आवतजावत गरिरहने; साह्रै व्यस्त (व्यक्ति)।
44755 दौतिक वि. दूतसम्बन्धी; दूतसँग सम्बन्ध रहेको; दूतको।
44756 दौत्य ना. १.दूतले गर्ने काम वा कर्तव्य; दूतको काम वा स्वभाव।
44757 दौत्य ना. २. सन्देश; खबर।
44758 दौत्य सम्बन्ध ना. भिन्नभिन्न देशका बिचमा भएको मित्रता तथा सो आधारमा परस्परको सहमतिबाट राजदूत राख्ने गरी भएको राजनीतिक वा कुटनीतिक सम्बन्ध।
44759 दौरा ना. दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँधिने, दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टि छेउमा सेप्टी लगाएर सिइएको, नेपालको राष्ट्रिय पोसाकमध्ये एक; लबेदा ; मयलपोस।
44760 दौरात्म्य ना. दुरात्मा हुनाको भाव वा अवस्था; दुष्टता।
44761 दौर्गत्य ना. दुर्गति भएको अवस्था वा भाव; दुर्दशा।
44762 दौर्बल्य ना. दुर्बल हुनाको भाव वा अवस्था; शारीरिक वा मानसिक कमजोरी; दुर्बलता।
44763 दौर्हृद / दौर्हृदय ना. १.दुष्ट हृदय हुनाको भाव वा अवस्था; मनको खराब भावना।
44764 दौर्हृद / दौर्हृदय ना. २. दुस्मनी; शत्रुता।
44765 दौर्हृद / दौर्हृदय ना. ३. गर्भवती स्त्रीलाई लाग्ने तलतल; दोहद।
44766 दौलत ना. १.आर्थिक मूल्य भएको तथा धनी र गरिबलाई छुट्ट्याउने सबै प्रकारका आधारवस्तु; धनसम्पत्ति; द्रव्य।
44767 दौलत ना. २. सानो भए पनि कुनै अमूल्य वा महत्त्वपूर्ण ठानिएको चिज ( लाक्षणिक अर्थमा)।
44768 दौलतवान् वि. प्रशस्त धनसम्पत्ति भएको; धनाढ्य; धनवान्।
44769 दौलथ ना. १.बल तथा बुद्धिको आर्जन।
44770 दौलथ ना. २. पुरुषार्थको सामर्थ्य; हबिग।
44771 दौलथ ना. ३. दौल।
44772 दौहित्र ना. छोरीको छोरो; दुहितापुत्र; नाति।
44773 दौहित्री ना. छोरीको छोरी; दुहिता पुत्री ; नातिनी।
44774 द्यावापृथ्वी ना. १.स्वर्ग र पृथ्वी।
44775 द्यावापृथ्वी ना. २. आकाश।
44776 द्यु ना. १.दिन; दिवस; दिउँसो।
44777 द्यु ना. २. स्वर्ग।
44778 द्यु ना. ३. आकाश।
44779 द्यु ना. ४. अग्नि; आगो।
44780 द्यु ना. ५. सूर्यलोक।
44781 द्युचर वि. १.आकाशमा विचरण गर्ने।
44782 द्युचर वि. ना. २. चरा।
44783 द्युचर वि. ३. ग्रह, नक्षत्र आदि।
44784 द्युति ना. १.प्रकाशमान् हुनाको भाव, गुण वा अवस्था; चमक।
44785 द्युति ना. २. शारीरिक सौन्दर्य वा शोभा; कान्ति।
44786 द्युति ना. ३. लावण्य; छवि।
44787 द्युति ना. ४. रश्मि; किरण; प्रकाश; दीप्ति।
44788 द्युतिमान् वि. १.प्रकाश वा चमक भएको; दीप्तिमान्; कान्तिमान्।
44789 द्युतिमान् वि. २. शोभायमान; सुहाउँदो ; छबिलो।
44790 द्यूत ना. जुवा।
44791 द्यूतकर ना. जुवा खेल्ने वा खेलाउने व्यक्ति; जुवाडे।
44792 द्यूतकार ना. जुवा खेलाउने व्यक्ति; खाल राख्ने व्यक्ति; खाले।
44793 द्यूतक्रीडा ना. जुवाको खेल; कौडा, पच्चिस, गन्जिफा आदिद्वारा खेलिने जुवा।
44794 द्यूतफलक ना. पासा, पच्चिस आदि खेलिने थर्की।
44795 द्यूतप्रवृत्ति ना. १.जुवा खेल्ने लत; जुवाडे ल।
44796 द्यूतप्रवृत्ति ना. २. जुवा खेलेर नै जीविका गर्ने; द्यूतभोगी; जुवाडे।
44797 द्यूतभोगी वि. जुवाडे; जुवाको लत भएको (व्यक्ति)।
44798 द्यो ना. १.स्वर्ग।
44799 द्यो ना. २. आकाश।
44800 द्यो ना. ३. शतपथ ब्राह्मणका अनुसार आठ वसुमध्ये एक।