Dictionary

All Word

44401 दैनिक स्थानान्तरण ना. कुनै वस्तु, सरसामान आदि एक ठाउँबाट अर्को ठाउँमा दिनैपिच्छे ल्याउने वा लैजाने काम; दिनहुँ सरसामग्री ओसारपसार गर्ने काम।
44402 दैनिकी ना. दिनैपिच्छेका घटना वा दिनदिनै प्राप्त भएको तथ्य लेख्ने पुस्तिका; दैनन्दिनी; रोजनामचा; डायरी।
44403 दैन्य ना. १.दीन हुनाको भाव वा अवस्था; दीनता; दरिद्रता;गरिबी।
44404 दैन्य ना. २. विनीत भाव; नम्रता; मलिनता।
44405 दैन्य ना. ३. कायरता; कमजोरी;निर्धोपन।
44406 दैन्य ना. ४. साहित्यमा दुःखकष्ट आदिका कारणले मनमा खिन्नता, मलिनता र नम्रता उब्जने एक प्रकारको सञ्चारी भाव।
44407 दैया ना. पैतृक सम्पत्ति आदिका निमित्त सम्बन्धित व्यक्तिमा रहेको हक वा अधिकार; दाबी।
44408 दैयादार वि. पैतृक सम्पत्तिको हकदार; अंशियार; हक, भाग आदिको दाबी गर्ने।
44409 दैर्घ्य ना. वस्तुका आकृतिको लम्बाइ; दीर्घता; लामोपन;लमाइ।
44410 दैला ना. धेरैवटा दैलो; ढोका।
44411 दैलाको गाँड ना. दैलाका पछाडि आग्लो छिराउन दुलो पारेर ठोकिएको वा दैलो ताछ्ताखेरि नै निकालिएको काठको डल्लो परेको भाग।
44412 दैलाको पघरी ना. पुरानो शिल्पकलाले सजिएका घरमा दैलामा राखिने चौकोसभन्दा माथितिरको बुट्टादार काठ।
44413 दैलादैली ना. सानाठुला धेरै दैलाको समूह।
44414 दैलेख ना. नेपालको मध्यपश्चिमाञ्चलस्थित भेरी अञ्चलको एक जिल्ला।
44415 दैलेठेलो ना. दैलाको तलतिर लगाइएको वा जडिएको ठेलो; सँघारको तेर्सो काठ।
44416 दैलो ना. १.घरमा पस्न वा निस्कनका निम्ति राखिएको ढोका; दहिलो; द्वार।
44417 दैलो ना. २. त्यो ठाउँ थुन्ने,खोल्ने फल्याक, चित्रो, तार आदिको साधन।
44418 दैव वि. १.देवतासम्बन्धी।
44419 दैव वि. २. देवता वा ईश्वरबाट भएको।
44420 दैव वि. ३. देवतालाई अर्पित गरिएको।
44421 दैव वि. ना. ४. ईश्वर।
44422 दैव वि. ५. भाग्य; प्रारब्ध;तगदिर।
44423 दैव वि. ६. आकाश।
44424 दैवगति ना. १.दैवको गति; ईश्वरीय घटना।
44425 दैवगति ना. २. ईश्वरको प्रेरणा वा माया।
44426 दैवगति ना. ३. प्रारब्ध; भाग्य।
44427 दैवगत्या ना. दैवगति।
44428 दैवज्ञ वि. १.दैवसम्बन्धी सबै कुरा जान्ने।
44429 दैवज्ञ वि. ना. २. भविष्यमा हुने कुरा जान्ने र अरूलाई बताउने व्यक्ति; ज्योतिषी।
44430 दैवत ना. १.देवदेवता; देवताहरूको समुदाय।
44431 दैवत ना. २. यास्क मुनिका निरुक्तको तेस्रो काण्ड।
44432 दैवत ना. वि. ३. देवतासम्बन्धी; देउदेउतासँग सम्बन्ध रहेको।
44433 दैव दुर्विपाक ना. देवताबाट भएको ठगाइ; भाग्यहीनता; दुर्भाग्य।
44434 दैवदोष ना. दैवले दिएको दोष; भाग्यहीनता।
44435 दैवपर वि. आफ्ना बलबुद्धिको वास्ता नगरी खालि भाग्यको भरमा रहेको; भाग्यवादी।
44436 दैवयोग ना. १.संयोग; मौका; चानस।
44437 दैवयोग ना. २. भाग्य; प्रारब्ध।
44438 दैववश / वशात् क्रि.वि. एकाएक; अचानक; संयोगले; अकस्मात्; भाग्यवश।
44439 दैववाणी ना. १.ईश्वरको बोली।
44440 दैववाणी ना. २. आकाशवाणी।
44441 दैववाणी ना. ३. संस्कृत भाषा।
44442 दैववादी वि. १.आफ्ना बलबुद्धिद्वारा कुनै पनि उपाय नगर्ने र खालि भाग्यका भरमा रहने।
44443 दैववादी वि. २. अल्छी;निरुद्योगी।
44444 दैवविद् ना. दैव जान्ने व्यक्ति; भविष्यको कुरा बताउने व्यक्ति;ज्योतिषी; दैवज्ञ।
44445 दैव विवाह ना. ज्योतिष्टोम आदि यज्ञमा ऋत्विक आचार्य आदिलाई दिइने कन्यादानका रूपमा हुने विवाह; आठ प्रकारका विवाहमध्ये एक।
44446 दैव श्राद्ध ना. देवप्रीतिका उद्देश्यले गरिने एक प्रकारको श्राद्ध।
44447 दैवहीन वि. भाग्य नभएको; अभागी; दुःखी।
44448 दैवागत / दैवात् क्रि.वि. १.भाग्यले गर्दा; दैवसंयोगले।
44449 दैवागत / दैवात् क्रि.वि. २. अब्मटसँग; अकस्मात्; अचानक।
44450 दैवाधीन वि. दैवका अधीनमा रहेको; भाग्यको भरमा रहने।