Dictionary

All Word

44051 देउराली डाँडो ना. १.देउरालीजस्तो गरी उठेको डाँडो।
44052 देउराली डाँडो ना. २. देउराली भएको डाँडो।
44053 देउराली पाखो ना. देउरालीका वरपरको पाखो; द्यौरालीको पाखो।
44054 देउराहार ना. १.थारू जातिको कुलदेवता।
44055 देउराहार ना. २. देवताको स्थान; देवालय।
44056 देउराहार ना. ३. देवता पुज्ने कोठा; पूजाकोठा।
44057 देउरिसी ना. १.देवर्षि।
44058 देउरिसी ना. २. नेपालको सुदूर पश्चिमको पहाडी भेकतिर बस्ने नेपालीको एक जाति।
44059 देउला ना. लोग्नेको भाइ; देवर।
44060 देउला ना. पोडे जातिलाई 'पुजारी' भनी सम्मान गर्दा प्रयोग गरिने शब्द।
44061 देउले वि. देउलसँग सम्बन्धित; देवलको जस्तो।
44062 देउले च्याउ ना. धमिराको गुँडबाट उम्रने; लाम्चोलाम्चो आकारको एक थरी च्याउ।
44063 देउसिरे ना. देउसी भट्याउने फाँकी भट्याएपछि मण्डलीका अन्य सदस्यले गोल रूपमा भन्ने बोली; देउसी।
44064 देउसे ना. देउसी गाउने वा खेल्ने व्यक्ति; देउसी खेलका मण्डलीको सदस्य।
44065 देउसी ना. लक्ष्मीपूजाका भोलिपल्ट र पर्सिपल्ट अर्थात् हलतिहार र भाइतिहारका दिन बेलुकी भट्याइने गाथा; देउसिरे; द्यौसी।
44066 देउसी ना. २. त्यस्तो गाथा वा गीत गाउँदै माग्ने र आसिक दिने काम।
44067 देक्ची ना. हे. डेक्ची।
44068 देख्नु स.क्रि. १.दृष्टिशक्ति वा आँखाद्वारा कुनै वस्तु रूपरङ्ग, आकारप्रकार तथा दृश्य आदिको ज्ञान पाउनु; अवलोकन गर्नु; हेर्नु।
44069 देख्नु स.क्रि. २. कायल हुनु; चेत्नु।
44070 देख्नु स.क्रि. ३. अनुमान गर्नु; अड्कल काट्नु; विचार गर्नु; ठान्नु; मान्नु।
44071 देख्नु स.क्रि. (उदा.- उसले पछि हुने कुरा पहिले नै देखेको हुन्छ।)।
44072 देख वि. देखिने; दृष्ट; दृष्टिगोचर।
44073 देखअदेख वि. देखिने र नदेखिने; देखिएको वा नदेखिएको।
44074 देखतभुली ना. १.कुनै वस्तु देख्नासाथ आफैँलाई भुल्ने र हेरेकोहेऱ्यै हुने स्थिति; इन्द्रजाल; चटक; जादुगरी।
44075 देखतभुली ना. २. जालझेल; छलकपट।
44076 देखरेख ना. सुरक्षाका निमित्त हेरविचार गर्ने काम; रेखदेखको व्यवस्था; निगरानी।
44077 देखा क्रि.वि. १.सम्मुखमा; सामुन्ने।
44078 देखा क्रि.वि. २. देखे जस्तै गरी;अनुकरण वा नकल गरेर।
44079 देखा क्रि.वि. ना. ३. आँखाका अगाडिको ठाउँ;आँखाका सामुन्नेको ठाउँ।
44080 देखा क्रि.वि. ४. देखिने काम;हेराइ; दृष्टि।
44081 देखाइ ना. देख्ने क्रिया वा प्रक्रिया।
44082 देखाइनु क.क्रि. देख्न लाइनु।
44083 देखाउनु स.क्रि. / प्रे. क्रि. १.कुनै चिज आँखा अगाडि नै राखिदिनु; देख्न लाउनु; देखा पर्नु।
44084 देखाउनु स.क्रि. / प्रे. क्रि. २. कुराकानी गरेर सम्झाउनु;उदाहरण दिएर बुझाउनु।
44085 देखाउनु स.क्रि. / प्रे. क्रि. ३. निर्देश गर्नु; बाटो देखाउनु।
44086 देखाउनु स.क्रि. / प्रे. क्रि. ४. ज्योतिषी, वैद्य, झाँक्री आदिलाई दिनदशा, ग्रहगोचर, रोगव्याध आदि विचार गर्न लगाउनु; हेराउनुकेराउनु।
44087 देखादेख ना. १.परस्पर एकले अर्कोलाई देख्ने काम; हेराहेर।
44088 देखादेख ना. क्रि.वि. २. आँखाको अघिल्तिर भए जस्तै गरी;हेर्दाहेर्दै;देखादेखी।
44089 देखादेखी क्रि.वि. आँखाकै अघिल्तिर भए झैँ गरी; देख्दादेख्दै;हेर्दाहेर्दै।
44090 देखान ना. १.अरूलाई आपत् पर्दा खुब खुसी भएर हेर्ने काम; अर्काको कष्टलाई रमिता मानेर हेर्ने काम।
44091 देखान ना. २. कुनै कामकुरो बितिसक्दा पनि पक्क परेर हेरिरहने काम।
44092 देखार ना. १.अगाडि पर्ने काम; सामुमा पर्ने काम।
44093 देखार ना. २. दृष्टि।
44094 देखावट ना. भित्र केही नभए पनि बाहिर ढाँचाकाँचा देखाउने काम; आडम्बर; देखाउने रूपको स्वाङ।
44095 देखावटी वि. कुनै कुरा खुब सजधज गरी आँखा टिप्ने पारिएको; आडम्बरपूर्ण देखावटको; बनावटी; नक्कली; देखौवा।
44096 देखासिकी ना. अर्काले गरेको देखेर वा हेरेर आफूले पनि गर्न खोज्ने काम; अनुकरण; नकल; सिको; देखासिको।
44097 देखासिकी ना. देखासिकी गरी खा, आरिसे मरी जा (उखान )।
44098 देखासिको ना. देखासिकी।
44099 देखि प.स. १.कारकका चिह्नहरूमा अपादान कारकको एक चिह्न; पञ्चमी विभक्तिका रूपमध्ये एक; देखिन्; बाट; द्वारा।
44100 देखि प.स. २. सित;सँग; सा।