Dictionary

All Word

44001 दृष्टि ना. ३. कुनै काम वा व्यवहारप्रतिको सोद्देश्य विचार वा राय।
44002 दृष्टि ना. ४. कुनै कुरा पाउने लालसाले हेर्ने काम; लोलुप हेराइ।
44003 दृष्टि ना. ५. लोकधारणाअनुसार बोक्सीविद्या जानेका आइमाईको र डाइनी आदिको हेराइ; कुदृष्टि।
44004 दृष्टि ना. ६. दृष्टिबन्धक; दृष्टिबन्धकी ( तमसुक )।
44005 दृष्टि ना. ७. वास्तु वा मूर्तिकलाका अनुसार सात मात्रा बराबरको नाप; सात अङ्गुल बराबरको नाप।
44006 दृष्टिकोण ना. १.कुनै पनि विषयवस्तुका बारेमा विशेष रूपले हेर्ने वा सोच्ने परिपाटी; विचार वा विवेचना गर्ने ढङ्ग।
44007 दृष्टिकोण ना. २. कुनै विषयका सम्बन्धमा प्रतिपादित कसैको मत; आफ्नै मनन तथा आत्मनिश्चयका साथ गरिएको राय।
44008 दृष्टिकोण ना. ३ हेर्ने अर्थात् ठम्याउने ढङ्ग; हेराइ।
44009 दृष्टिगत ना. १.दृष्टिमा आएको; देखा परेको; देखिएको।
44010 दृष्टिगत ना. २. आँखाकै अघिल्तिरको; आँखाकै सामुको।
44011 दृष्टिगोचर वि. १.आँखाले नै देखेको; दृष्टिग।
44012 दृष्टिगोचर वि. २. सामुन्नेको; साक्षात्कार भएको; प्रत्यक्ष।
44013 दृष्टिदोष ना. १.दोषपूर्ण हेराइ; दृष्टिको भुल।
44014 दृष्टिदोष ना. २. असावधानी वा हतारका कारणले लेख्ने-पढ्ने वा कुनै काम गर्ने कुरामा हुने बिराम।
44015 दृष्टिपथ ना. १.आँखाअगाडि देखिएजति ठाउँ; आँखाअगाडिको क्षेत्र।
44016 दृष्टिपथ ना. २. दृष्टिको फैलावट।
44017 दृष्टिपात ना. नजर लगाउने काम; आँखाले ठम्याउने काम; हेर्ने काम।
44018 दृष्टिबन्धक / बन्धकी ना. कुनै अचल सम्पत्ति धितो राखी इच्छामाफिकको ब्याज दिन कबुल गरी यति भाकाभित्र साँवाब्याजसमेत नबुझाएमा सो धितोबाट असुलउपर गर्नू भनी बन्धक राख्ता लेखिदिने तमसुक; दृष्टि।
44019 दृष्टिबन्धक / बन्धकी ना. (यसमा धनीका नाममा जग्गाजमिन धितो राखे पनि सो धितो रिनीले नै चलनचल्ती गरेको हुन्छ।)।
44020 दृष्टिभ्रम ना. हेर्दा भएको भुल; हेराइमा हुन गएको भ्रम; दृष्टिदोष।
44021 दृष्टिविक्षेप ना. १.कर्के आँखाले हेर्ने काम; कटाक्षपूर्ण दृष्टि,छड्के हेराइ।
44022 दृष्टिविक्षेप ना. २. दृष्टिपा।
44023 दृष्टिविन्दु ना. कुनै कृतिमा समाख्याताको स्थितिलाई जनाउने मुख्यतः चरित्र, कार्यव्यापार, परिवेश आदिको उपस्थापन पद्धति र कथन भूमिका।
44024 देउकी ना. आजन्म देवताको चेलीका रूपमा समर्पित भएकी नारी;पश्चिम नेपालका डोटी; बैतडीतिरको प्रचलनअनुसार देउलीका रूपमा आजीवन अविवाहित रहने नारी।
44025 देउघाट ना. चितौन जिल्लामा त्रिशूली र कालीगण्डकी नदीको सङ्गममा रहेको प्राकृतिक एवं धार्मिक स्थल।
44026 देउचेली ना. देउकी; देवकी।
44027 देउडा ना. १.पश्चिम नेपालको लोकगीतमा चल्ने गीतको एक ताल; देउरा; देउदुरा / द्यौडा।
44028 देउडा ना. २. सङ्गीतको प्रकारको ताल; सङ्गीतको तालभेद।
44029 देउता ना. १.देवता; द्यौता।
44030 देउता ना. २. सम्मान जनाउने शब्द; (जस्तो - बाहुनदेउता, राजादेउता इ.)।
44031 देउता ना. ३. धामीका आङमा चढेर कमाउने कुलाइन; बनझाँक्री आदि।
44032 देउतिनी ना. स्वास्नीमान्छेलाई खिस्याएर प्रयोग गरिने शब्द;द्यौतिनी।
44033 देउती ना. १.देउताको स्त्रीलिङ्गी रूप; देवी; द्यौती।
44034 देउती ना. २. देवता ( बालबोलीमा),द्यौती।
44035 देउतीमाता ना. १.देवी।
44036 देउतीमाता ना. २. जून ( बालबोलीमा )।
44037 देउतीर्थ ना. देवताको मन्दिर भएको ठाउँ वा तीर्थ; पुण्यस्थान; धार्मिक स्थल; धाम; द्यौतीर्।
44038 देउते वि. देउतालाई चढाउन भाकल गरिएको; देउतालाई चढाएको वा छुट्ट्याएको।
44039 देउते जात्रा ना. देउदेउताको जात्रा।
44040 देउते बोको ना. देवतालाई चढाउन भाकल गरिएको बोको।
44041 देउदुरा ना. हे. देउडा।
44042 देउदेउता ना. विभिन्न किसिमका देवताको समूह।
44043 देउनिगालो ना. निगालाका विभिन्न भेदमध्ये लेकमा हुने ठुलो खालको निगालो; द्यौनिगालो।
44044 देउनियाँ ना. झापा जिल्ला र यसका छेउछाउका गनगाईं; ताजपुरे र राजवंशीहरूलाई प्रयोग गरिने आदरवाची शब्द।
44045 देउनियाँ ना. स्त्री. देउनियाँनी।
44046 देउमा ना. हाँसखेल गर्ने तरुणी; रसिक युवती;रमाइली ठिटी।
44047 देउरानी ना. देवरकी पत्नी; देवरानी; द्यौरानी।
44048 देउरानी जेठानी ना. देवर र जेठाजुका पत्नीहरू; देउरानी र जेठानी।
44049 देउराली ना. १.पहाडको उकालो सिद्धिने ठाउँ; भन्ज्याङ परेका ठाउँमा बटुवाहरूले देवदेवीलाई सम्झन एकएक ढुङ्गा चढाउँदै जाँदा देवलजस्तो भएको थुप्रो; वनदेवी; द्यौराली।
44050 देउराली ना. २. थुम्की वा भन्ज्याङ परेको ठाउँ वा डाँडो।