Dictionary

All Word

43901 दूरदर्शिता ना. १.दूरदर्शी हुनाको भाव वा अवस्था।
43902 दूरदर्शिता ना. २. धेरै पछि हुने कुराको विचार गर्ने गुण वा शक्ति।
43903 दूरदर्शी वि. १.धेरै पछिसम्म हुने कुराको विचार पुऱ्याउने; भविष्यचिन्तक।
43904 दूरदर्शी वि. ना. २. पण्डित; विद्वान्।
43905 दूरदुहाइ ना. १.कुनै वस्तु वा अवस्थादेखि डराएर पर भाग्ने काम वा अवस्था।
43906 दूरदुहाइ ना. २. धोका पाएर वा अन्य कुनै कारणवश त्यस्तो काम फेरि नगर्ने हिसाबले गरिने प्रतिज्ञा; चेतेर होस पुऱ्याउने काम;कायल; चेतबाबा काशी।
43907 दूरदुहाइ ना. वि. ३. डराएको; भयभी।
43908 दूरदुहाइ ना. ४. कायल भएको।
43909 दूरदृष्टि ना. भविष्यका कुराको विचार गर्ने गुण वा शक्ति; दूरदर्शिता।
43910 दूर निरीक्षक ना. दूरबिन।
43911 दूरबिन ना. टाढा रहेका वस्तुलाई नजिकै भए जस्तै गरी स्पष्ट र ठुलो पारेर देखाउने यन्त्र; दूरवीक्षण; दूरनिरीक्षक।
43912 दूरभाष ना. टाढा बोलेको कुरालाई सुनाउने यन्त्र; आकाशवाणी;वायरलेस; बेतारको तार।
43913 दूरमुद्रण ना. कुनै ठाउँबाट टाइप गर्दा विद्युत्शक्तिको सहायताले टाढाको अर्को ठाउँमा आफै टाइप हुने प्रक्रिया; टेलिप्रिन्टिङ।
43914 दूरमुद्रण यन्त्र ना. त्यस्तो आफैँ टाइप हुने यन्त्र; टेलिप्रिन्टर।
43915 दूरवर्ती वि. धेरै टाढा पर्ने; टाढा रहेको; दूरस्।
43916 दूरवाणी ना. दूरभाष; टेलिफोन।
43917 दूरवीक्षण ना. १.टाढाको वस्तुलाई हेर्ने यन्त्र; दूरबीन।
43918 दूरवीक्षण ना. २. टाढासम्म देख्ने काम।
43919 दूरव्यापी वि. १.दूर ठाउँसम्म प्रभावित रहने।
43920 दूरव्यापी वि. २. धेरै पछिसम्म असर रहिरहने।
43921 दूरसञ्चार वि. धेरै टाढाटाढासम्म समाचार, सूचना आदि आदानप्रदान गर्ने, एक ठाउँदेखि अर्का ठाउँमा खबरसमाचार आदि पुऱ्याउने (क्रिया-प्रक्रिया आदि)।
43922 दूरसञ्चार सेवा ना. टाढाटाढासम्मका लागि समाचार, आदिको आदानप्रदानको कार्य गरिने सेवा।
43923 दूरस्थ / स्थित वि. टाढा रहेको; परै रहेको; दूरवर्ती।
43924 दूरागत वि. धेरै टाढाबाट आएको; दूर देशबाट आएको।
43925 दूरान्वय ना. १.विशेषण र विशेष्य, कर्ता र कर्म आदि उपयुक्त ठाउँमा नरही वरपर रहनाले अन्वय गर्न अप्ठ्यारो हुने स्थिति।
43926 दूरान्वय ना. २. साहित्यिक रचनामा त्यस्तो क्लिष्टता उत्पन्न हुने एक दोष।
43927 दूरी ना. हे. दुरी।
43928 दूर्वा ना. दुबो।
43929 दूर्वाष्टमी ना. हिन्दूहरूले व्रत बस्ने भाद्र शुक्ल अष्टमीको दिन।
43930 दूषक वि. १.अरूलाई दोष लगाउने; अरूमाथि दोष थोपर्ने।
43931 दूषक वि. २. अर्काको निन्दा गर्ने; निन्दक।
43932 दूषक वि. ना. ३. अरूमाथि दोषारोपण गर्ने व्यक्ति; दोष लाउने मानिस।
43933 दूषक वि. ४. दुष्ट स्वभावको व्यक्ति।
43934 दूषक वि. ५. घाउ लागेको ठाउँमा पकाउने वा दूषित पार्ने एक प्रकारको औषधी।
43935 दूषण ना. १.दोष लाउने क्रिया वा भाव; दोषारोपण।
43936 दूषण ना. २. दोषयुक्त स्वभाव; दोष।
43937 दूषण ना. ३. अवगुण; बैगुन; नजातीपन।
43938 दूषण ना. ४. रावणका भाइहरूमध्ये रामद्वारा पञ्चवटीमा मारिएको एक भाइ।
43939 दूषणीय वि. १.दोष लगाउन सकिने।
43940 दूषणीय वि. २. दोष निकाल्न सकिने।
43941 दूषिका ना. १.आँखाका कोसमा जम्ने मल; कचेरा; चिप्रा।
43942 दूषिका ना. २. चित्र बनाउने कुची।
43943 दूषित वि . १.दोष भएको; दोषयुक्त; दोषी।
43944 दूषित वि . २. खराब; नजाती; निन्दि।
43945 दूषित धुवाँ ना. प्राणीका स्वास्थ्यलाई असर गर्ने विषाक्त धुवाँ।
43946 दूषित बाफ ना. प्राणीहरूका स्वास्थ्यलाई हानि गर्ने खालको विषाक्त बाफ।
43947 दूषित विश्वास ना. नृतत्त्वशास्त्रका अनुसार अभिचारको भावनाले प्रेरित भएर गरिएको विश्वास वा आस्था।
43948 दूषित हावा ना. प्राणीहरूका स्वास्थ्यलाई हानि गर्ने दूषित वायु; विषाक्त हावा।
43949 दृक् ना. १.आँखा; नजर।
43950 दृक् ना. २. हेर्ने काम; हेराइ।