Dictionary

All Word

43851 दुस्साहसवादी वि. दुस्साहसवादको अनुयायी; दुस्साहसी।
43852 दुस्साहसी वि. दुस्साहस गर्ने।
43853 दुहाइ ना. दुहुने भाव, क्रिया वा प्रक्रिया।
43854 दुहाइनु क.क्रि. दुहुन लाइनु।
43855 दुहाई वि.बो. १.कुनै बिमारी हटाउन झारफुक गर्दा प्रयोग गरिने शब्द; दोहोलो।
43856 दुहाई वि.बो. २. सङ्कटमा परेका बेलामा रक्षाका निम्ति अरूलाई बोलाउने शब्द; गुहार।
43857 दुहाई वि.बो. ३. दुःखका बेलामा कतैबाट सहायता पाउन दीनतापूर्वक गरिने याचना।
43858 दुहाउनु प्रे. क्रि. दुहुन लाउनु; दुहुने पार्नु।
43859 दुहिता ना. छोरी।
43860 दुहिता ना. २. विवाह मण्डपमा बेहुलाबेहुलीले पासा खेल्दा उनीहरूको शिरमाथि ढाकी लावा, फूल, अक्षता आदि हालेर चलाइने कपडा।
43861 दुहिनु क.क्रि. दुहुने काम गरिनु; गाईबस्तुको थुन निचोरेर दुध निकालिनु।
43862 दुहुनी वि. १.दुध दिइरहेको; नथाकेको; बियाएको;लैनो (गाईभैँसी)।
43863 दुहुनी वि. ना. २. दुध; ओलन।
43864 दुहुनु स.क्रि. १.गाईभैँसी आदिको थुन निचोरी दुध निकाल्नु; बस्तुभाउबाट दुध झिक्नु।
43865 दुहुनु स.क्रि. २. कुरो धुत्नु; मन चोर्नु।
43866 दुहुनु स.क्रि. ३. बाटिएको धागो वा डोरी आदिका पोया छुट्ट्याउन हातले सेप्नु; खिप्नु।
43867 दुहुनु स.क्रि. ४. कुनै वस्तु सित्तै फुत्काएर लिनु।
43868 दुहुनो वि. दुध दिने; लैनो (गाई, भैँसी आदि); दुहुनी।
43869 दुहुवा वि. १.मनका कुरा धुत्न सक्ने।
43870 दुहुवा वि. २. दुहेर लिने; दुहुने खालको।
43871 दूत ना. १.खबर वा सन्देश ओहोरदोहोर गर्ने व्यक्ति; विमष्यार्थ, मितार्थ र शासनहारक नामका तीन दूतमध्ये कुनै एक; सन्देशवाहक; चर।
43872 दूत ना. २. राजनीतिक कार्यका निम्ति एक देशबाट अर्का देशमा गएर बसी कुटनैतिक काम गर्ने प्रतिनिधि; राजनीतिक प्रतिनिधि; राजदू।
43873 दूत ना. ३. प्रेमीप्रेमिकाको सन्देश ल्याउने वा लाने पात्र।
43874 दूत ना. ४. यताको कुरा उता र उताको कुरा यता लगाई झगडा पार्ने व्यक्ति; छुल्याहा।
43875 दूत ना. ५. कनसुत्लो लागेर गोप्य कुरा फेला पार्ने व्यक्ति; गुप्तचर।
43876 दूत ना. ६. नाटकका नायकको सन्देशवाहक; नाटकका नायकको एक किसिमको सहायक।
43877 दूतक ना. १.प्राचीन कालमा राजामहाराजाका आज्ञा तथा सन्देशहरू जनतामा प्रचार गर्ने व्यक्ति (कर्मचारी)।
43878 दूतक ना. २. दू।
43879 दूतत्व ना. दूतले गर्नुपर्ने काम; दूत हुनाको काम, भाव वा अवस्था।
43880 दूतावास ना. कुनै देशमा अन्य देशका राजदूत, वाणिज्यदूत आदि अधिकारीहरू रहने ठाउँ; राजदूतको आवास वा कार्यालय।
43881 दूतिका / दूती ना. १.दूतको काम गर्ने नारी; दूती।
43882 दूतिका / दूती ना. २. साहित्यमा, प्रेमीप्रेमिकाका सन्देश वा चिठीपत्रहरू ओहोरदोहोर पार्ने स्त्री; कुटुनी।
43883 दूध ना. हे. दुध।
43884 दून ना. हे. दुन।
43885 दूबो ना. हे. दुबो।
43886 दूर वि. १.देश, काल, स्थान, सम्बन्ध आदिका दृष्टिले कुनै निश्चित वस्तु, बिन्दु, व्यक्ति आदिभन्दा धेरै अन्तर भएको; निकै परको; टाढाको।
43887 दूर वि. क्रि.वि. २. त्यस्तो अन्तर वा फरकमा; निकै पर वा टाढा हुने गरी टाढा; पर।
43888 दूरगामी वि. टाढासम्म जाने; धेरै पर पुग्ने।
43889 दूरङ्गमा ना. बौद्ध धर्मका अनुसार दशभूमि र त्रयोदशभूमिको सातौँ भूमि।
43890 दूरचित्र ना. विद्युत्का सहायताले दुरीमा प्रस्तुत गरिने चित्र वा प्रतिकृति (टेलिफोटोग्राफ)।
43891 दूरता/त्व ना. दूर हुनाको भाव वा अवस्था; दुरी।
43892 दूरदर्शक ना. १.विद्वान्; पण्डि।
43893 दूरदर्शक ना. वि. २. दूरदृष्टि भएको; दूरदर्शी।
43894 दूरदर्शक ना. ३. पछि आउने परिणामको विचार पुऱ्याउने।
43895 दूरदर्शक ना. ४. बुद्धिमान्।
43896 दूरदर्शक यन्त्र ना. टाढासम्मको वस्तुलाई देखाउने यन्त्र; दूरबीन; दूरवीक्षक।
43897 दूरदर्शन ना. १.टाढासम्म दृष्टि पुऱ्याउने वा त्यहाँका दृश्यहरू अवलोकन गर्ने काम।
43898 दूरदर्शन ना. २. पछिसम्मका कुराको सोचाइ वा सम्झाइ।
43899 दूरदर्शन ना. ३. बिजुलीको यन्त्रद्वारा टाढाको वस्तु, दृश्य, कार्यक्रम आदिलाई प्रदर्शित गर्ने काम।
43900 दूरदर्शन ना. ४. त्यस्तो कार्यक्रमको प्रदर्शन गर्ने यन्त्र; बोल्ने, गाउने व्यक्तिहरूको स्वर सुन्नुका साथसाथै उनीहरूको अनुहार तथा हाउभाउ पनि देखिने रेडियोका ढाँचाको एक वैज्ञानिक उपकरण; टेलिभिजन।